NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार बिहिबार अशोज ३० , २०८२
२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ? बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ? बिहिबार अशोज ३० , २०८२
रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ? बिहिबार अशोज ३० , २०८२
जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान बिहिबार अशोज ३० , २०८२
Next
Prev

समाचार

एमालेका नेतामाथि पहिचानवादीको आक्रमण,ओली आगो

बिहिबार जेष्ठ २५ , २०८०
Reading Time: 1 min read
A A
ज्ञानेन्द्रले उधुम मच्चाउँदा प्रचण्डको साथ थियोः ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ जेठ, काठमाण्डौ ।
कोशी प्रदेशमा उपसभामुख सृजना दनुवारमाथि आक्रमण भएको छ । बिहीबार उदयपुरको त्रियुगा नगरपालिकाबाट फर्किने क्रममा त्रियुगा १२ बुद्धचोकमा उनीमाथि आक्रमण भएको हो ।

कोशी प्रदेश नामकरणको विरोधमा रहेको जातीय पहिचान पक्षधर संघर्ष समितिसम्बद्ध कार्यकर्ताहरूले उपसभामुख दनुवारमाथि आक्रमण गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

ढुंगामुढाका कारण उपसभामुख दनुवारको गाडीको सीसामा क्षति पुगे पनि उपसभामुख सुरक्षित रहेको उनका स्वकीय सचिव भुवन दाहालले जानकारी दिए । उनका अनुसार आक्रमणबाट उपसभामुख दनुवार चढेको बा २ झ ३७३८ नम्बरको गाडीमा क्षति पुगेको छ ।

LS Auto

पहिचानवादीको नाममा मोटरसाइकलमा आएका ८–१० जनाको समूहले छापामार शैलीमा आक्रमण गरेको गौतमले बताए । उनले घटनामा संलग्नहरूको खोजी भइरहेको भन्दै कानुनी कारबाही गर्ने पनि बताएका छन् ।

दनुवारको गाडीभन्दा अगाडि रहेको त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई चढेको गाडीमा समेत पहिचान पक्षधर समूहले ढुंगामुढा गरेका छन् । ढुंगामुढाले लागेर उपमेयर राई चढेको गाडीको सिसा फुट्नुका साथै गाडी पनि क्षतिग्रस्त भएको जनाइएको छ ।

बिहीबार नै नेकपा एमाले संसदीय दलका उपनेता एवं कोशी प्रदेश सभाका सदस्य राम रानामाथि समेत इलाममा दुर्व्यवहार भएको छ । पहिचानवादी समूहले इलाम नगरपालिका–११ सोयाकमा राना चढेको गाडीमा मोबिलको बाल्टी नै फ्याँकेर दुर्व्यवहार गरेको जनाइएको छ ।

राना कोशी प्रदेश नामकरणको प्रस्तावका प्रस्तावक हुन् । यसैबीच आफ्ना पार्टीका नेताहरुमाथि आक्रमण र दुव्र्यवहारको भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि खनिएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले नै पहिचानवादीहरूलाई प्रोत्साहित गरेर एमालेमाथि आक्रमण गराइरहेको आरोप ओलीले लगाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला भइरहेको बताए ।

एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने उनको भनाइ छ । “अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ । सरकार केही गर्दैन । प्रहरीलाई टाउको फुटे पनि केही नगर्नू भनेको छ ।

पहिचानका नाममा एउटै मानिसहरू बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा । कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, अपराधिक घटनाहरू भइरहेका छन्, आफैँले आफ्नै मान्छे मारे सुरुमै ।

हामीमाथि हमला भयो, कहिले बन्द भनेके छ, कहिले तोडफोड, कहिले अनेक छ,“ उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशभर पहिचानको विष फैल्याउने कोसिस गरे पनि सफल नबनेको ओलीको आरोप छ ।

पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै उनले प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे । “अब नेकपा (एमाले)ले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ । सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन ।

हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ भने, गुण्डाहरू न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहित गरेको छ प्रचण्ड सरकारले । अब जवाफ दिनुपर्ने बेला आइसकेको छ । पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरू प्रचण्डपथ हो । प्रचण्डपथ अझै गएको छैन । यो देशद्रोही र अपराधी पथ हो,“ ओलीले भनेका छन् ।

Tags: #‘कोशी’ प्रदेश#उत्तेजित ओली#एमालेका नेतामाथि पहिचानवादी#पहिचानवादीको आक्रमण#प्रचण्डपथ कसरी देशद्रोही ?

लोकप्रीय

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२

विचार

थप समाचार

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने
खेलकुद

ताजा समाचार

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ?

बिहिबार अशोज ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२

हालका पोस्टहरू

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.