२२ माघ ,विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतविरुद्धको अदालतको अपहेलनामा मुद्दामा लिखित जवाफ पेस गर्न आदेश भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र विष्णुप्रसाद अर्यालको इजलासले रिट निवेदकको माग अनुसार किन आदेश जारी… Continue reading पर्शुरामविरुद्धको मुद्दामा लिखित जवाफ पेस गर्न उच्चको आदेश
Tag: #‘कोशी’ प्रदेश
राजनीति फन्डा र चर्चै-चर्चाको प्रदेश, कोशी
५ भदौ, विराटनगर । राजनीतिक ‘चर्तिकला’ ले गर्दा कोशी प्रदेश पटक–पटक आलोचित बन्दै आएको छ । प्रदेशसभाको दोस्रो कार्यकालपछि सरकार बनाउने र भत्काउने खेलका कारण चर्चाको शिखरमा रहने कोशी प्रदेश मन्त्री–मुख्यमन्त्रीका कारण पनि उत्तिकै आलोचित छ । विशेषरी दोस्रो संसदीय निर्वाचनमा कुनै दलको बहुमत नपुग्नेगरी आएको जनमतका कारण गठबन्धन बन्ने र भत्किने क्रमले कोशीमा सभामुखसम्मले… Continue reading राजनीति फन्डा र चर्चै-चर्चाको प्रदेश, कोशी
कोशीको प्रदेशसभा बैठक भदौ १४ गते बस्ने
४ भदौ, विराटनगर । आगामी दुई सातापछि बस्नेगरी कोशी प्रदेशसभा बैठक डाकिएको छ । मंगलबार कोशी प्रदेशसभाका सभामुख अम्बरबहारदु विष्टले भदौ १४ गते बस्नेगरी प्रदेशसभा बैठक डाकेका हुन् । चालू आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित भएको प्रदेशसभाको बैठक पुनः बस्न सकेको थिएन । नेकपा माओवादी केन्द्र र सत्तारूढ नेकपा एमालेले पनि… Continue reading कोशीको प्रदेशसभा बैठक भदौ १४ गते बस्ने
कोशी प्रदेशमा अघिल्लो वर्षभन्दा धेरै धान रोपाइँ
२९ साउन, विराटनगर । कोशी प्रदेशमा साउन अन्तिम सातासम्ममा धान रोपाइँ करिब–करिब अन्तिम चरणमा पुगेको छ । कृषि विकास निर्देशनालय, कोशी प्रदेशको साउन २७ गतेको तथ्यांकअनुसार प्रदेशमा ९८.१७ प्रतिशत धान रोपाइँ भएको छ । निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार धान उत्पादन हुने कुल क्षेत्रफलको ९८.१७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । यो समयसम्मको आँकडा… Continue reading कोशी प्रदेशमा अघिल्लो वर्षभन्दा धेरै धान रोपाइँ
मधेसका आठ राज्यमन्त्रीहरू बर्खास्त, आलोचनाले गर्यो काम !
२९ साउन, विराटनगर । ‘जम्बो’ मन्त्रिपरिषद् गठन गरेपछि सर्बत्र आलोचनाको शिकार बनेका मधेसका शतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। २० सदस्यीय मन्त्रीमण्डल विस्तार गरेर विवादमा तानिएका मुख्यमन्त्री सिंहले मंगलबार आठ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।जनमत पार्टीका नेता सिंह गत जेठ १५ गते मधेशको तेस्रो मुख्यमन्त्री बनेका थिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत… Continue reading मधेसका आठ राज्यमन्त्रीहरू बर्खास्त, आलोचनाले गर्यो काम !
कोशी प्रदेशले अब योजना बैंक मार्फत योजना छान्छौंः मुख्यमन्त्री
१८ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैङ्क मार्फत बजेटमा योजनाहरू समावेश गरेर अगाडि बढ्न सके बजेटमा देखिएको समस्याहरू निरूपण भएर जाने बताएका छन् । उनले योजना एक तिर बजेट अर्को तिर हुने परिपाटी भएकाले यसको अन्त्य गरिने बताए । उनले भने, हामीले योजना एकातिर र बजेट अर्को तिर हुने परिपाटी… Continue reading कोशी प्रदेशले अब योजना बैंक मार्फत योजना छान्छौंः मुख्यमन्त्री
कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
२ असाढ, विराटनगर । कोशी प्रदेशमा सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालू आर्थिक वर्षकोभन्दा एक अर्ब रुपैयाँ कमको बजेट प्रस्तुत गरेका छन् । कोशी प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र… Continue reading कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट
कोशीमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, सेवाग्राही बेखबर
२ फागुन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रदेश सरकारले केही समयअघि मात्रै १० वर्षमुनिका बालबालिकाहरुका लागि घोषणा गरिएको निःशुल्क उपचार लागू भए नभएको बारे अनुगमन गरेका छन् । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकालाई गतमाघ १५ गतेबाटै निःशुल्क उपचारको प्रबन्ध गरिसकेको छ । प्रदेश सरकारले उपचारका लागि पहिलो सम्पर्क अस्पताललाई प्रदेश मातहतका सबै… Continue reading कोशीमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, सेवाग्राही बेखबर
प्रदेशस्तरीय निबन्धमा शिक्षादीपका एन्जल र सुगम प्रथम
३ असोज, विराटनगर । राष्ट्रिय शिक्षा दिवसका अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित निबन्ध प्रतियोगितामा छात्रा र छात्र दुवै तर्फ विराटनगरको शिक्षादीप मावि प्रथम भएको छ । शिक्षादीपका विद्यार्थीहरु छात्रातर्फ कक्षा १२ विज्ञान समूहकी एन्जल राई र छात्रमा कक्षा ११ विज्ञान समूहकै सुगम ढकाल प्रथम भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त प्रतियोगितामा छात्रामा विकेभिएम… Continue reading प्रदेशस्तरीय निबन्धमा शिक्षादीपका एन्जल र सुगम प्रथम
कोशीको कामचलाउ मुख्यमन्त्री को हो ?
१२ साउन, विराटनगर । एमालेले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग मिलेर आधा–आधा कार्यकाल सरकार चलाउन तयार रहेको जनाएको छ। एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले आफूहरु कांग्रेससँग मिलेर सरकार चलाउन तयार रहेका बताएका हुन्। निर्वतमान मुख्यमन्त्र उनले प्रजातन्न्त्र संस्थागत गर्नेदेखि अन्य कुरा मिलेमा कांग्रेससँग मिलेर सरकार चलाउन तयार रहेको बताए।… Continue reading कोशीको कामचलाउ मुख्यमन्त्री को हो ?
एमालेका नेतामाथि पहिचानवादीको आक्रमण,ओली आगो
२५ जेठ, काठमाण्डौ । कोशी प्रदेशमा उपसभामुख सृजना दनुवारमाथि आक्रमण भएको छ । बिहीबार उदयपुरको त्रियुगा नगरपालिकाबाट फर्किने क्रममा त्रियुगा १२ बुद्धचोकमा उनीमाथि आक्रमण भएको हो । कोशी प्रदेश नामकरणको विरोधमा रहेको जातीय पहिचान पक्षधर संघर्ष समितिसम्बद्ध कार्यकर्ताहरूले उपसभामुख दनुवारमाथि आक्रमण गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । ढुंगामुढाका कारण उपसभामुख दनुवारको गाडीको… Continue reading एमालेका नेतामाथि पहिचानवादीको आक्रमण,ओली आगो
कोशी नाममा विवाद नगर्न माधव नेपालको आग्रह
२४ वैशाख, काठमाण्डौ । एक नम्बर प्रदेशको नाम कोशी राखिएको विरोधमा पहिचान पक्षधरहरुले आन्दोलन जारी राखेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व आएर कोशी नामको पक्षमा आफ्नो र पार्टीको अडान टसकोमस नहुने अडान राखे । यसका लागि उनले गृहजिल्लादेखि पूर्वका ठाउँ ठाउँमा कालो झण्डा र विरोधको सामना गरे । ओलीको यो लाइनमा उनका कट्टर… Continue reading कोशी नाममा विवाद नगर्न माधव नेपालको आग्रह
बेनामे प्रदेशले ‘कोशी’ नाम पायो
१८ फागुन, विराटनगर । बाँकी सबै प्रदेशले नाम पाइसक्दा पनि बेनामे रहेको प्रदेश एकले अन्ततः आफ्नो नाम पाएको छ । बुधबार प्रदेश १ को प्रदेशसभाले प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै प्रदेशको नाम अब कोशी प्रदेश रहने भएको छ । बुधबार भएको मत विभाजनमा पक्षमा ८२ मत परेको थियो भने… Continue reading बेनामे प्रदेशले ‘कोशी’ नाम पायो