१२ असार, एजेन्सी ।
का छन् । विश्वचर्चित ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत टुरिस्ट भिसामा मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।
उनी काठमाडौंमा अवतरण भएको पुष्टि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले गरेका छन् । उनका अनुसार ज्याक माले विमानस्थल अध्यागमनमा आफू चीनबाट नेपाल आएको विवरण टिपाएका छन् ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सात जना चिनियाँ सवार चार्टर्ड जहाज अवतरण गरेको बताए । उनी बंग्लादेशबाट भीटीसी एमए चार्टर फ्लाइटमा विमानस्थलमा अवतरण गरेका अध्यागमन विभागले जनाएको छ ।
विमानस्थलबाटै उनले १५ दिनको पर्यटक भिसा लिएका छन् । ज्याक मासँगै ६ जना पुरुष र एक महिला गरी सातजना आएका हुन् । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ । अन्य को–कोसँग भेट गर्ने भन्नेबारे केही खुलेको छैन ।
दुई वर्षअघि ज्याक मा ’गायब’ भएको चर्चा सञ्चारमाध्यममा छाएको थियो । दुई महिना बढी सार्वजनिकरूपमा देखा नपरेपछि उनी गायब भएको चर्चा संसारभरि छाएको थियो । राष्ट्रपति सी जिनपिङको नीतिको आलोचना गरेको भन्दै चीन सरकारले उनलाई नजरबन्दमा राखेको चर्चा पनि चलेको थियो ।
लामो समयको अन्तरालपछि उनी सार्वजनिक कार्यक्रममा देखा परेका थिए । उनी सार्वजनिक भएसँगै अलिबाबाको सेयरसमेत उकालो लागेको थियो । ज्याक मा अलिबाबाबाहेक ‘ज्याक मा फाउन्डेसन’ पनि चलाउँदै आएका छन् ।
उनले यही फाउन्डेशनमार्फत् ग्रामीण क्षेत्रमा देखा परेका समस्याहरूको उजागर गर्दै आएका छन् । ज्याक मा पछिल्लो समयमा जापानमा बस्दै आएका थिए । उनी एसियाकै धनाढ्यमा पर्छन् । ज्याक मा को खास नाम मा यूङ् हो । उनी सेप्टेम्बर १०, १९६४ मा झेजियांग प्रान्तको हांग्जोमा जन्मिएका हुन् ।
व्यावसायिक रूपमा उनी ज्याक मा को नामबाट प्रसिद्ध छन् । उनी अलिबाबा समूहका संस्थापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन् । ज्याकले सन् १९९६ मा चाइना येलो पेजेजको सुरुवात गरेका थिए ।
त्यो बेलासम्म चीनमा सर्वसाधारणको घरसम्म कम्प्युटर पुगेको थिएन । त्यसको तीन वर्षपछि सन् १९९९ मा ज्याक माले आफ्नो अपार्टमेन्टमा आफ्ना १७ जना साथीहरुसँग मिलेर इ कमर्श वेबसाइट अली बाबा सुरु गरेका थिए ।
कम्पनी खोल्नका लागि चाहिने ६० हजार डलर रकम उनले दक्षिणी चीनका आफ्ना ८० जना साथीहरुसँग् ऋण खोजेर जुटाएका थिए । अलिबाबाले ताओबाओ डटकम पनि चलाउँछ । यो चीनको सबैभन्दा ठूलो सपिङ वेबसाइट हो । पढ्ने बेलादेखि नै साथै रहेकी केथी झांग ज्याककी पत्नी हुन् । उनीहरुका दुईजना सन्तान छन् ।