×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

आज २०२३ को पहिलो सुपरमुन देखिने

१८ असार २०८०

१८ असार, एजेन्सी ।
पृथ्वीवासीहरूले २०२३ मा चारवटा सुपरमुन देख्नेछन्, जसमध्ये पहिलो आज देखिनेछ । यो यस वर्षको अन्य पूर्णिमाको सुपर मुन भन्दा उज्यालो र ठूलो हुनेछ । सुपर मुन पूर्णिमा आज सोमबार जुलाई ३ मा पृथ्वीबाट देखिनेछ । सफा मौसममा यो कुनै पनि वैज्ञानिक उपकरण बिना पनि देख्न सकिन्छ।

यो पूर्ण चन्द्रमा पृथ्वीबाट करिब ३,६१,९३४ किलोमिटर दुरीमा रहनेछ । हरेक वर्ष प्रायः १२ वटा सुपरमुन देखिने गरेको भए पनि यसपटक पृथ्वीवासीले १३ पटक यो सुपर मुन देख्ने छन् । अगस्टमा दुई पटक सुपरमुन देखिनेछ । यस अवधिमा ’ब्लु मुन’ पनि देख्न सकिन्छ जुन यस वर्ष पृथ्वीको सबैभन्दा नजिकको चन्द्रमा हुनेछ ।

Advertisement

२०२३ को चौथो र अन्तिम सुपरमुन सेप्टेम्बर २९ मा देखिनेछ। सामान्य दिनको तुलनामा आकाशमा चन्द्रमा अलिकति ठूलो र चम्किलो देखिएमा त्यसलाई ‘सुपरमुन’ भनिन्छ । सुपरमुन हेर्नको लागि सबैभन्दा राम्रो समय यो उदाउदै वा अस्ताउने समय हो । यदि आकाशमा बादल छैन भने यस समयमा यो आकाशमा सबैभन्दा ठूलो देखिन्छ। जुन प्रायः जुलाईमा हुन्छ ।

कुनै पनि उपकरण बिना सुपरमुन हेर्न सकिन्छ। अन्यथा, राम्रो दृश्यको लागि दूरबीन वा टेलिस्कोप प्रयोग गर्न सकिन्छ। खगोलीय घटनाहरूमा रुचि राख्ने मानिसहरूका लागि यो राम्रो अवसर हो। जुलाईको सुपर मुनलाई ’बक मुन’ वा ’थन्डर मुन’ पनि भनिन्छ।

भाले मृगका नयाँ सिङ सामान्यतया जुलाईमा निस्कने भएकाले यसलाई बक मुन भनिन्छ। अमेरिकाका केही ठाउँमा गर्मीमा देखिने भएकाले यसलाई ‘हट मुन’ पनि भनिन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ ।

Advertisement

चन्द्रमा जब पृथ्वीको सबैभन्दा नजिक पुग्छ त्यसलाई महाचन्द्र अर्थात ‘सुपरमुन’ भनिन्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने विन्दूलाई ‘पेरिग्री’ भनिन्छ भने सबैभन्दा टाढा पुग्ने बिन्दूलाई ‘आपोजी’ भनिन्छ । नासाका अनुशार सुपर मुन अन्य समयको तुलनामा ७ प्रतिशत ठूलो र १५ प्रतिशत चम्किलो हुने गर्दछ ।

भर्खरको समाचार

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

सम्बन्धित खबरहरु

Scroll to Top