×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

नेपाली क्रिकेटरका लागि ‘स्पेसल हाई–पर्फमेन्स क्याम्प’

५ श्रावण २०८०

५ साउन, एजेन्सी ।
एसीसी इमर्जिङ टिम्स एसिया कपमा निराशाजनक खेल प्रर्दशन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदै गरेको एसिया कपलाई लक्षित गरेर श्रीलंकामा विशेष तयारी गर्ने भएको छ।नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक सूचना जारी गर्दै १५ दिनसम्म खेलाडीलाई श्रीलंकामा विशेष तयारी गराउने जनाएको छ।

एसिया कपलाई लिएर निकै उत्साहित बनेको नेपाली टोलीले उत्कृष्ट फर्म कायम गर्नका लागि भन्दै श्रीलंकामा १५ दिनसम्म ‘स्पेसल हाई–पर्फमेन्स क्याम्प’ सञ्चालन गर्ने क्यानले उल्लेख गरेको छ। ‘खेलाडीहरुलाई अनुभवी प्रशिक्षक तथा स्पोर्टस् स्टाफबाट प्रशिक्षित पनि गराइनेछ,’ क्यानले उल्लेख गरेको छ।

नेपालमा वर्षात्मा क्याम राखेर ट्रेनिङ दिन पनि असहज हुने भएकाले श्रीलंकामा विशेष तयारी गराउन लागिएको हो। अहिले श्रीलंकामै रहेको नेपाली टोली १५ दिन ट्रेनिङ सकाएपछि मात्रै नेपाल फर्किने भएको छ। सो क्रममा नेपाली टोलीले श्रीलंकन डेभलपमेन्ट टिमसँग ४ अभ्यास खेल खेल्ने बताइएको छ।

नेपालमा बर्खाको समय भएकोले श्रीलंकामै क्याम्प राख्ने व्यवस्था मिलाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताएका छन् । राम्रो टिम विरुद्ध खेल सुनिश्चित गर्न सहयोग गरेकोमा क्यानले श्रीलंका क्रिकेटलाई धन्यवाद दिएको छ ।

एसिया कप क्रिकेट आगामी अगस्ट ३० देखि पाकिस्तान र श्रीलंकामा हुँदैछ। नेपालले पहिलो खेल घरेलु टोली पास्तिानसँग अगस्ट ३० मै खेल्दैछ। भारतसँग भने श्रीलंकामा सेप्टेम्बर ४ मा खेल्दैछ । नेपालको समूहमा भारत, पाकिस्तान छन्। अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

दुवै समूहका शीर्ष २ टोली सुपर चारमा प्रवेश गर्नेछन्। सुपर चारमा हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष २ टिमले फाइनल खेल्नेछन्। नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको हो ।बैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

हाल नेपाली क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंकामै छ । नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ । समूह चरणमा भारत र ए र पाकिस्तान ए सँग पराजित भएको नेपालले युएई ए लाई पराजित गरेको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top