×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

राजीनामा माग भइरहेका बेला किन भन्सार पुगे अर्थमन्त्री ?

११ श्रावण २०८०

११ साउन,काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष र आफ्नै दलका सांसदले समेत सार्वजनिक रुपमा राजीनामा माग गरिरहेका बेला नेकपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारको अवलोकन गर्न पुगेका छन् । गत मंगलबार भन्सारबाट जाँचपास भएको करिब एक क्विन्टल सुन राजस्व विभागले सिनामंगलबाट पक्राउ गरेपछि गृहमन्त्रीसहित अर्थमन्त्रीको भूमिकामा प्रश्न उठाउदै राजीनामा समेत माग गरिएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा यसै विषयमा प्रमुख प्रतिपक्ष दलहरुले सरकारले तत्काल उच्चस्तरीय संसदीय छानविन समिति बनाउनु पर्ने भन्दै संसद नै अवरुद्ध गरेका छन् ।यता विमानस्थल भन्सारको अवलोकनपछि अर्थमन्त्री डा. महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भुमिका आवश्यक रहेको बताएका छन् ।

Advertisement

अर्थमन्त्री महतले सरकारी निकायहरुले समन्वयकारी रुपमा एक अर्कालाई सूचना आदानप्रदान गरी काम गर्नुपर्ने बताए ।उनले एउटा मात्रैको भुमिकाले राम्रो परिणाम आउन नसक्ने बताए । उनले करिव एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको बताए ।

मन्त्री महतले सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले काम गर्दा गैरकानूनी गतिविधिलाई न्युनिकरण गर्न सकिने बताए ।उनले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयात्मक भुमिका भए मात्रै गैरकानूनी गतिविधि कम गर्न सकिने उल्लेख गरे ।

अर्थमन्त्री महतले अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेको भन्दै विमानस्थल भन्सारमा जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्नुपर्ने बताए ।उनले प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने प्रविधि,जनशक्ति अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने प्रविद्धता पनि जनाएका छन् ।

अर्थमन्त्री महतले विमानस्थल भन्सारमा गैरकानूनी रुपमा भइरहेका गतिविधिलाई अनुसन्धानमा जोडिएका निकायहरुले निगरानी गर्नुपर्ने बताए । अपराध गर्ने मानसिकता भएका व्यक्तिहरुले यात्रुको रुपमा वा कार्गोमार्फत व्यापारको नाममा दुरुपयोग गर्ने प्रयास गर्ने गरेको भन्दै उनले उनीहरुको प्रयास विफल बनाउन सबै निकायहरु शतर्कताका साथ काम गर्नुपर्ने बताए ।

अर्थमन्त्री महतले कुनै बहानामा सरकारी निकायहरुले उदासिनता देखाउने वा आ–आफ्नो जिम्मेवारीमा क्रियाशील नहुने कुरा मान्य हुन नसक्ने समेत बताएका छन् । उनले त्रिभुवन विमानस्थल भन्सारबाट क्विन्टल सुन कसरी बाहिरिन सफल भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए । मन्त्री महतले विमानस्थलको भन्सारमा आधिकारीक व्यक्ति बाहेक जोसुकै व्यक्ति भएपनि भन्सारको निश्चित प्रक्रिया पूरा गरेर मात्रै प्रवेश दिन आग्रह गरेका छन् ।

अर्थमन्त्रीको पार्टी भित्रैबाट सांसद डा सुनिल शर्माले राजीनामा माग गरेका छन् । उनले अर्थमन्त्रीको शंकास्पद भूमिका देखिएको भन्दै सार्वजनिक रुपमा नै सार्वजनिक गरेका छन् । तर नोबेल मेडिकल कलेज विराटनगरका संचालक समेत रहेका सांसद डा शर्मा नोबेलले वीमाको उपचार वापतको रकम नपाएपछि आफूमाथि खनिएको अर्थमन्त्रीले आरोप लगाएका छन् ।

Advertisement

भर्खरको समाचार

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top