×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

११ भाद्र २०८०

११ भदौ, काठमाण्डौ ।
सहकर्मी कलाकार सारुक ताम्राकारको निधनलाई लिएर अनेकौ आशंका र प्रश्न गरिएपनि लामो समयसम्म मौन बसेकी अभिनेत्री नम्रता श्रेष्ठले बल्ल मौनता तोडेकी छिन् । तर उनले मौन रहनु गल्ती स्वीकार गर्नु नभएको स्पष्ट पारेकी छन् । नम्रताले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी पनि दिएकी छन् ।

अभिनेता सारुक ताम्राकारको आत्महत्यासँग आफूलाई जोडेर भ्रामक र एक पक्षीय समाचार आएको भन्दै उनले यसबारे आफ्नो कानुनी टिमले अध्ययन गरिरहेको बताएकी छन् । आफू विरामी रहेका कारण मिडियामा नआएको उनको भनाइ छ । “म बिरामी थिएँ । म र मेरो परिवारले चलचित्र ह्यासट्याग माया’को निर्माण युनिट र सारुकको परिवारसँग सम्पर्क गर्ने प्रयास गरेको थियो । तर, उहाँहरू सम्पर्कमा आउनु भएन,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

आफू क्यानडा गएको भन्ने समाचारमा सत्यता नरहेको पनि उनले स्पष्ट पारेकी छन् । यसबारे प्रहरी पनि जानकार रहेको उनी बताउँछिन् । आफूले प्रहरीसमक्ष बयान दिएको बताएकी उनले बुटी बाँध्न लगाएको र कालो बोका काटेको भन्ने हल्लामा पनि सत्यता नरहेको उनको दाबी छ । बुटी र बोको पूजा गर्ने भनेर नाम जोडिएका तान्त्रिक गुरुको पनि प्रहरीले बयान लिइसकेको उनले जानकारी दिएकी छन् ।

सारुक सहयोगी र राम्रो कलाकार भएको भन्दै नम्रताले उनको न्यायका लागि अपिलसमेत गरेकी छन् । नम्रतासँगै चलचित्र ‘ह्यासट्याग माया’मा सँगै काम गरिरहेका अभिनेता सारुकले असार २१ गते आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका थिए । सारुकको मृत्युमा नम्रतामाथि विभिन्न खाले प्रश्न उठिरहेका थिए । सारुक आत्महत्याको केस प्रहरीसम्म पुगेको छ ।

प्रहरीले घटनाको दाोषी भनिएका मानिसलाई बोलाएर सोधपुछ गरिरहेको छ । यसैबिच शनिबार सारुकको मृत्युपछि अचेत भएका उनका बुवा तथा वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भयो । सारुकको मृत्युमा सामाजिक सञ्जालमा मौन देखिएकी नम्रताले श्रद्धाञ्जली व्यक्त गरिन्। त्यहाँ पनि उनी माथि प्रश्न उठे । त्यसपछि नम्रताले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो धारणा व्यक्त गरेकी हुन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top