१४ भदौ, एजेन्सी ।
आँधी इडालिया बुधबार अमेरिकी राज्य फ्लोरिडाको पश्चिमी तटमा खतरनाक श्रेणी ३ आँधीको रूपमा पुगेको छ । कतिपय ठाउँमा आँधीका कारण समुद्रमा १५ फिटसम्मका छाल उठेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । इडालियाका कारण यस क्षेत्रमा भारी वर्षा भई जनजीवन प्रभावित भएको छ । धेरै क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
योसँगै यो आँधीका कारण एक हजारभन्दा बढी उडान रद्द गर्नुपरेको छ । अविरल वर्षाका कारण वरपरका गाउँमा बाढीको अवस्था रहेको र राहत कार्य व्यापक रुपमा भइरहेको छ । क्युबाको पश्चिमबाट पार गरेको एक दिनपछि मङ्गलबार बिहान इडालिया थप खतरनाक बनेको थियो । यसले घरहरूमा क्षति पु¥यायो, बिजुली अवरुद्ध भयो, गाउँहरू बाढीले डुब्यो र मानिसहरूको ठूलो संख्यामा बसाइँ सराएको थियो ।
यो आँधीका कारण बुधबार अमेरिकामा १ हजारभन्दा बढी उडान रद्द गर्नुपरेको थियो । इडालिया आँधी फ्लोरिडाको बिग बेन्ड क्षेत्रमा पुग्यो । तर, जर्जियातर्फ सर्दा आँधीले शक्ति गुमाएको थियो। दिउँसो १२ बजेसम्म साउथवेस्ट एयरलाइन्सले २२० भन्दा बढी उडान रद्द गरिसकेको थियो । डेल्टा एयरलाइन्सले १५७ उडान रद्द गरेको छ ।
उडान ट्र्याकिङ वेबसाइटका अनुसार करिब २,००० उडानहरू पनि ढिलो भएको थियो। केही विमानस्थलले उडान पूर्ण बन्द गर्दै आँधीको अवस्थाको अनुगमन गरिरहेको बताएका छन् । आँधीले मेक्सिकोमा विनाश भएपछि फ्लोरिडाको कमजोर तटीय क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई क्षेत्र छाड्न आदेश जारी गरिएको थियो।
फ्लोरिडा अझै पनि गत वर्षको आँधी इयानले गर्दा भएको विनाशको सामना गरिरहेको छ । अहिले इडालियाबाट कडा प्रहार हुने अनुमान गरिएको छ। इडालिया मंगलबार दिउँसो श्रेणी २ को आँधीमा तीव्र भएको थियो र बुधबार बिहान श्रेणी ३ आँधीमा बढेको थियो। आँधीलाई पाँच श्रेणीमा मापन गरिन्छ, जसमा पाँचौं श्रेणी सबैभन्दा शक्तिशाली हुन्छ।