ब्राजिलका स्थायी कप्तान बने नेयमार

ब्राजिलका स्थायी कप्तान बने नेयमार

एजेन्सी,भदौ २२
पेरिस सेन्ट जर्मेनका स्टार फरवार्ड नेयमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका स्थायी कप्तान बनेका छन् ।बिहीबार औपचारिक घोषणा गर्दै प्रशिक्षक टिटेले नेयमारलाई कप्तानको जिम्मेवारी सुम्पिएका हुन् ।

शुक्रबार संयुक्त राज्य अमेरिकाविरुद्ध हुने खेलबाट भने २६ वर्षीय नेयमार कप्तान हुने प्रशिक्षकले बताएका छन् ।प्रशिक्षक टिटेले नेयमारलाई जिम्मेवारी प्रदान गरेपछि उनले व्यक्तिगत रुपमा र टोलीलाई पनि नयाँ चुनौती पार गर्न फाइदा हुने बताएका छन् ।

‘मैले प्रशिक्षकले कप्तान बन्न गरेको प्रस्तावलाई सहर्ष स्वीकार गरें । कप्तान बनेपछि मैले धेरै कुरा सिक्ने मौका पाएँ र अझै सिक्ने विश्वास लिएको छु,’ नेयमारले भने ।विश्वकपको क्वाटरफाइनलमा बेल्जियमसँग पराजित भएकोमा भने उनले माफी मागे । उनले भने ‘हामीले सोचेभन्दा धेरै अगाडी विश्वकप यात्राबाट बिदा लिनु पर्यो । म समर्थकहरुसँग माफी माग्न चाहन्छु । हामीलाई विश्वास थियो कि हामीले नै उपाधि जित्छौं, तर त्यसमा हामी सफल भयौं, ।

यसअघि टिटेले हरेक खेलमा नयाँ कप्तान छानेर सबै सिनियर खेलाडीलाई पालैपालो कप्तान बनाउने गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.