२९ भदौ ,काठमाडौं ।
साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला छ सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।बिहीबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।