×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

विराटमा प्राइमेरी केयरका चिकित्सकलाई प्रिभेन्टिभ अनकोलोजी तालिम

२९ भाद्र २०८०

२९ भदौ, विराटनगर । विराट मेडिकल कलेज तथा टिचिङ्ग अस्पतालमा क्यान्सर रोकथाम सम्बन्धि प्रिभेन्टिभ अनकोलोजी वर्कसर्पको आयोजना गरिएको छ ।

शुक्रबार नेप्लीज सोसाइटी फर प्राइमेरी केयरको आयोजना तथा बिराट मेडिकल कलेज तथा टिचिङ्ग अस्पतालको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो ।

Advertisement

क्यानसर रोगले जटिल रुप लिनु अगाडि पत्ता लगाउन सके अधिकांश क्यान्सर पूर्ण रुपमा निको हुनसक्ने भएकाले रोगको पहिचान गर्न आवश्यक छ । सोही कुरालाई मध्यनजर गर्दै यो कार्यशालामा प्राइमरी केयरमा काम गर्ने चिकित्सकहरुका लागि भाद्र २९ र ३० अर्थात शुक्रबार र शनिबार दुई दिन तालिमको आयोजना भइरहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जनाएको छ ।

यस तालिममा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पाचन प्रणाली सम्बन्धि क्यान्सर, तथा सुर्तीजन्य पदार्थको सेवनका रोकथाम विधि सम्बन्धि विभिन्न विशेषज्ञ डाक्टरहरुबाट तालिम दिइँदैछ ।

कार्यशालामा कोशी प्रदेशका क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरुको उपस्थिति रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलकी क्यान्सर रोग विशेषज्ञ तथा कार्यशाला निर्देशक अस्मिता रायमाझीले जानकारी दिइन् ।

उनले बिरामीहरु ढिलो गरी अस्पताल आउने र क्यान्सर रोग भनेर ढिलो पत्ता लाग्दा बिरामीको ज्यान नै जोखिममा हुन सक्ने हुँदा चाँडो पत्ता लगाइ निदान गर्न र भरसक लाग्नै नदिन अपनाउनु पर्ने कुरा बारे जागरण गर्न चिकित्सकहरुलाई तालिमको व्यवस्था गरिएको बताइन् ।

नेपालमा क्यान्सर रोकथाम सम्बन्धि जागरण एकदमै कम रहेकाले क्यान्सर रोगलाई चाँडो पत्ता लगाउन प्राइमरी केयरमा काम गर्ने चिकित्सकहरुलाई अझै प्रोत्साहन, सशक्तिकरण गर्न, क्यान्सरको प्रारम्भिक निदान र समयमै रेफरलहरू मार्फत क्यान्सर सम्बन्धि मृत्युदर घटाउन पनि कार्यशाला आयोजना गरिएको हस्पिटलका सामुदायिक चिकित्सा विभागका सहायक प्राध्यापक तथा कार्यशाला आयोजनाका सचिव डा. पर्थ गुरागाईंले बताए ।

जटिल रुप लिनु अगाडि क्यान्सर रोगको पहिचान गर्न आवश्यक सम्बन्धी विभिन्न क्यान्सर रोग विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् । गएको ३ बर्षमा ३६ हजार क्यान्सर रोगका नयाँ बिमारी थपिएको तथ्याङ्क छ ।

Advertisement

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top