×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

ताइवानले चीनविरुद्ध लड्न ‘समुद्री राक्षस’ बनायो

१२ आश्विन २०८०

१२ असोज, एजेन्सी ।
ताइवानले आफ्नो पहिलो स्वदेशी पनडुब्बी विश्वसामु प्रस्तुत गरेको छ । बिहीबार ताइवानका राष्ट्रपति साई इङ वेनले यस पनडुब्बीको प्रशंसा गर्दै चिनियाँ सेनाको आक्रमणको बढ्दो खतराको बीचमा यसले प्रतिरोधात्मक क्षमता प्रदान गर्ने बताएकी छन् । यो डिजेल–विद्युतीय पनडुब्बी ताइवानको काओसिङ शहरमा रहेको शिपयार्डमा आयोजित एक कार्यक्रममा अनावरण गरिएको हो।

यसलाई ‘नर्वल’ वा ‘समुद्री राक्षस’ नाम दिइएको छ। ताइवानी राष्ट्रपतिले भनेकी छन् कि यो पनडुब्बीले देशको रक्षाप्रति ठोस प्रतिबद्धता देखाउँछ। ताइवानका राष्ट्रपतिले भविष्यको तयारीका हिसाबले यो हाम्रो नौसेनाका लागि प्रमुख हतियार भएको छ । उनले ’धेरै वर्षदेखि मानिसहरूले हामीलाई पनडुब्बी बनाउन असम्भव छ भन्ने सोचेका थिए तर हामीले बनाएका छौं भन्दै खुशी ब्यक्त गरेकी छन् ।

साई इङ वेन को लागि यो एक धेरै विशेष अवसर थियो किनभने २०१६ मा सत्तामा आउँदा उनले पनडुब्बीहरू निर्माण गर्न आदेश दिएकी थिइन्। अहिले उनले सत्ता छोड्न लागेपछि यो पनडुब्बी तयार भएको छ । ताइवानी सेनाका प्रमुखहरूले पनि यो पनडुब्बीले चीनलाई आक्रमण गर्नबाट रोक्न निकै प्रभावकारी साबित हुने आशा व्यक्त गरेका छन् ।

चीनले ताइवान आफ्नो अभिन्न अंग भएको दाबी गरेको छ र प्रायः आफ्नो लडाकु विमान र युद्धपोत पठाएर ताइवानलाई धम्की दिदै आएको छ । ताइवानले विश्वलाई आफ्नो पनडुब्बी अवश्य देखाएको छ तर सुरक्षा कारणले आफ्नो शक्ति खुलासा गरेको छैन। यस कार्यक्रममा ताइवानका लागि अमेरिकी राजदूत सान्ड्रा ओडकिर्क पनि सहभागी थिए ।

साथै जापान र दक्षिण कोरियाका राजदूतहरुको समेत सहभागिता रहेको थियो । साई इङ्ग–वेनले आफ्नो सम्पूर्ण कार्यकालमा पनडुब्बी परियोजनालाई प्राथमिकतामा राखेकी थिइन्। सन् २०२५ सम्ममा ताइवानसँग ३ वटा पनडुब्बी हुने बताइएको छ । ताइवानसँग पहिले नै दुई डच पनडुब्बीहरू छन्, जुन १९८० को दशकमा समावेश गरिएको थियो।

ताइवानले आफ्नो नौसेनामा जम्मा ८ वटा स्वदेशी पनडुब्बी समावेश गर्ने योजना बनाएको छ । ताइवानी विज्ञहरूका अनुसार यो पनडुब्बीले चीनलाई ताइवानलाई घेरा हाल्नबाट रोक्न महत्वपूर्ण भूमिका खेल्नेछ। ताइवानी पन्डुब्बीको विषयमा चीनले पनि तत्कालै प्रतिक्रिया दिएको छ ।

चीनको रक्षा मन्त्रालयले ताइवानको पहिलो पनडुब्बी प्रक्षेपणलाई अस्वीकार गर्दै यो राष्ट्रिय एकीकरणको लहरलाई रोक्ने अभ्यास मात्र नभएको बताएको छ। चीनको रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल वु छियानले ताइवानमा स्वदेशी निर्मित पहिलो पनडुब्बी प्रक्षेपणको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हन् ।

प्रवक्ता वुले ताइवानको सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीका पदाधिकारीहरूले जतिसुकै हतियार किन्ने वा किनेको भए पनि उनीहरूले राष्ट्रिय एकीकरणको सामान्य प्रवृत्ति वा पिपुल्स लिबरेसन आर्मी (पीएलए)को दृढ संकल्प, दृढ इच्छाशक्ति र शक्तिलाई रोक्न नसक्ने बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top