×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

रोहित–मोन्टी मिसनः एक मात्र लक्ष्य विश्वकप

१२ कार्तिक २०८०

१२ कार्तिक, काठमाण्डौ ।
भोलिबाट सुरू हुने टी–२० विश्वकप क्वालिफायरअघि नेपाली राष्ट्रिय क्रिकेट टीम उत्साहित र आत्मविश्वासी देखिएको छ । प्रतियोगितापूर्व पत्रकारसँगको अन्तरक्रियामा नेपाली टीमका कप्तान र प्रशिक्षकले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगितामा नेपालका लागि ठूलो अवसर भएको बताए ।

प्रशिक्षक मोन्टी देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको उल्लेख गरे । उनले भने, ‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं ।

’ देसाईले ‘एकपटकमा एउटा खेल’ को रणनीति लिएर अघि बढ्ने बताए । ‘हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ,’ उनले भनेका छन् । देसाईले टी–२० मा एक–दुई खेलाडीको प्रदर्शनले पनि नतिजा फरक पर्न सक्ने भएकाले त्यही अनुसार खेलाडीको ‘टेम्परमेन्ट’ मा पनि काम गरेको बताए ।

त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनको भनाइ छ । कप्तान रोहित पौडेलले विगत ६–७ महिनादेखि नेपाली टीमले राम्रो खेलिरहेको तर, त्रिकोणात्मक सिरिजको फाइनलमा केही गल्तीका कारण हार्नुपरेको बताए । उनले भने, ‘हामीले सुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं । तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो ।

दिप्पीदाइ र मेरो विकेट महत्वपूर्ण थियो ।’ सोमपाल कामीले फास्ट बलरलाई राम्रो खेल्न सक्ने भनेर ३ नम्बरमा खेलाइएको उनले प्रष्ट पारे । आगामी म्याचमा कन्डिसनलाई हेरेर कसलाई कुन ब्याटिङ क्रममा खेलाउने भन्ने निर्णय लिइने उनको भनाइ छ । ‘हामी लचक हुनुपर्छ । उनले भनेका छन्, ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ,’ ।

सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने प्रशिक्षक र कप्तान दुवैको भनाइ थियो । देसाईले भने, ‘सन्दीपलाई अलिकति ब्रेक चाहिएको थियो । अब ऊ नयाँ इनर्जीका साथ ड्रेसिङ रूममा फर्किएको छ । उसको उपस्थितिले धेरै फरक पर्नेछ ।’ कप्तान पौडेलले पनि सन्दीप आएपछि टीममा ब्यालेन्स भएको बताए । ‘उहाँ अनुभवी र राम्रो बलर हुनुहुन्छ ।

उहाँको उपस्थिति महत्वपूर्ण छ,’ पौडेलले भने । कन्डिसन हेरेर सन्दीपलाई कसको स्थानमा खेलाउने भन्ने निर्णय हुने उनको भनाइ छ । कप्तान पौडेलले कुनै पनि टीमलाई कमजोररूपमा नलिइने र आफ्नो बेस्ट क्रिकेट खेल्ने पनि बताएका छन् । मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् ।

८ टिमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीम विश्वकपका लागि छनोट हुनेछन् । नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् ।

समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपालले भोलि सिंगापुर तथा १४ गते मलेसिया र १६ गते ओमानसँग त्रिवि मैदानमा खेल्नेछ । आइसिसी टी–२० विश्वकपको आगामी संस्करण २०२४ को जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुनेछ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top