×

NEPAL TIMES UPDATES

Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026

गाजामा इन्टरनेट दिँदै मस्क,रिसायो इजरेल

१२ कार्तिक २०८०

१२ कार्तिक,एजेन्सी ।
प्यालेस्टाइनको विद्रोही समूह हमासलाई सिद्धाउने भन्दै गाजाक्षेत्रमा इजरायलले दोस्रो चरणको युद्ध शुरु भएको घोषणा गरेको छ । तीन साता अघि हमासको आक्रमणपछि इजरायलले गरेको जवाफी हमलाबाट गाजा तहसनहस भएको छ । गाजा अहिले चरम मानवीय संकटमा छ । लाखौं मानिस विस्थापित हुँदा हजारौंले ज्यान गुमाइसकेका छन्। मारिनेमा ३ हजारभन्दा बढी बालबालिका छन्।

इन्टरनेटको पहुँच नहुँदा सहायताका लागि पुगेका संस्थाले समेत काम गर्न सकेका छैनन् । करिब २० लाख प्यालेस्टाइनी जनतालाई मानवीय सहायता दिन पुगेका संस्थाहरु नै बिचल्लीमा पुग्दा एक्स (पहिला ट्वीटर)का मालिक एलन मस्कले गाजामा अन्तर्राष्ट्रिय क्षेत्रबाट मान्यताप्राप्त संस्थालाई इन्टरलिंकले ‘कनेक्टिभिटी’ दिएर सहयोग गर्ने घोषणा गरेका छन् ।

तर, एलन मस्कको सो घोषणापछि इजरायल क्रुद्ध बनेको छ । इजरायलका संचारमन्त्री सोलमो खरीले मस्कले दिने भनेको इन्टरनेट ‘कनेक्टिभिटी’ हमास समूहले प्रयोग गर्न सक्ने भन्दै आलोचना गरेका हुन्। उनले गाजामा इन्टरनेट दिए स्टारलिंकसँगको सबै सम्बन्ध तोड्ने चेतावनी पनि दिए । इजरायलले स्टारलिंकले दिने भनेको सेवालाई सबै प्रयासबाट विफल बनाउने बताएको छ ।

जवाफमा भने मस्कले आफूहरु मूर्ख नभएको र सो सेवा मानवीय कार्यका लागि मात्रै गर्ने बताएका छन् । इजरायलको निरन्तरको हवाई आक्रमणबाट गाजामा संचार सेवा अवरुद्ध हुँदै आएक छ । जसकारण सहायता गर्न पुगेका संस्थालाई समेत गाह्रो भइरहेको छ। हाल गाजा क्षेत्रमा संचार सेवा आंशिक रुपमा स्थापना भएको छ ।

तर, मस्कले मानवीय सहायता दिन पुगेका संस्थालाई ‘कनेक्टिभिटी’ दिन्छु भन्दा इजरायलले रोक्न खोजेको भन्दै आलोचना भइरहेको छ । मस्कले हमासका लागि नभइ प्यालेस्टाइनी जनतालाई सहयोग गर्न पुगेका संस्थालाई इन्टरनेट दिने बताउँदै इजरायलले रोक्न नहुने आवाज उठिरहेको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले नै गाजामा मानवीय सहायताका लागि युद्धविराम गर्ने प्रस्ताव परित गरिसकेको छ । तर, इजरायलले सो प्रस्तावलाई नै खारेज गरेको छ। सो प्रस्तावको विपक्षमा अमेरिकासमेत उभिएको छ । युद्धको ३ साता बित्दा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने गाजामा युद्ध निकै लामो हुने बताएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि हमास समूहको आक्रमणको निन्दा गर्दै गाजामा अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन भएको बताइसकेका छन्। तर अमेरिकासहित केही पश्चिमा देश भने त्यसलाई सहर्ष स्वीकार गर्न मानिरहेका छैनन्।

हमासलाई देखाएर उनीहरु इजरायलले गरिरहेको आक्रमणकोविरुद्ध बोल्न सकेका छैनन्। सर्वसाधारण मारिँदा पनि इजरायललाई जवाफदेही बनाउन उनीहरुले पहल गरिरहेका छैनन्। जसकारण अमेरिकासहित देशको पनि आलोचना भइरहेको छ ।

भर्खरको समाचार

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top