NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स शनिबार भदौ २८ , २०८२
रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ? शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ? शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद् शनिबार भदौ २८ , २०८२
धेरै क्षेत्रमा हट्यो कफ्र्यु–निषेधाज्ञा,जनजीवन लयमा, अब सबै सच्चिऔं शनिबार भदौ २८ , २०८२
Next
Prev

समाचार

भारतले नेपाललाई २५ हजार टन चिनी दिने

शुक्रबार कार्तिक १७ , २०८०
Reading Time: 1 min read
A A
चिनीमा युरिया भेटिएपछि प्रशासनद्वारा कारबाही शुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ कार्तिक,काठमाण्डौ ।
भारतले नेपाललाई २५ हजार मेट्रिक टनसम्म चिनी आयात गर्न अनुमति दिएको छ । भारतको कृषि मन्त्रालयले हालै गरेको निर्णय अनुसार नेपाललाई उक्त परिमाण बराबरको चिनी निर्यात गर्ने अनुमति दिएको हो । यसअघि भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । जसका कारण बजारमा चिनी अभाव भएको थियो ।

विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक भारतले नै उत्पादनमा कमी आएको भन्दै अन्य मुलुकमा निर्यात गर्न रोकेको थियो । ३–४ महिनाअघिदेखि चिनीको निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा परेको थियो । तर अब यो आयातको कोटामा खुलाएको २५ हजार मेट्रिक टनले बजारमा अहिलेलाई गर्जो टर्ने देखिएको छ ।

यो कोटाको चिनी आउनासाथ यसले अबको ३ महिना धान्ने बताइएको छ । यसपछि नेपालमै चिनी क्रसिङ हुन लागेकाले नयाँ चिनी आन्तरिक बजारमै आउने भएकाले अब बजारमा अभाव नहुने पनि अधिकारीहरु बताउँछन् । नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी आवश्यक पर्छ । नेपाल भित्रै १ लाख ५० हजार मेट्रिक टन चिनी उत्पादन हुन्छ ।

५० प्रतिशत जतिमात्रै आन्तरिक उत्पादनले धान्छ । यसपछि बाँकी ५० प्रतिशत आयात नै गर्नुपर्छ । तर पछिल्लो समय भारतबाट आयात नहुँदा आपुर्ती श्रृङ्खला बिग्रिएकोले असहज स्थिति आएको थियो । यसैबीच तिहारमा चिनीको अभाव हुन नदिने गरी तयारी भइरहेको सरकारले जनाएको छ । दशैँको जस्तै तिहारमा पनि विभिन्न उद्योगहरुसँग सहकार्य गरेर बजारमा चिनी पठाउन थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो एक सय १७ रुपैयाँमा बिक्री गर्नेछन् । यो मूल्यभन्दा बढी नतिर्न उपभोक्तालाई आग्रह गरिएको छ । सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना हरेक पसलमा टाँस गर्न पनि आग्रह गरिएको छ । यस्तै हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय पनि गरेको थियो।

बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो । बैठकले नेपाल प्रहरीले सबै चिनी उद्योगको मौज्दात अवस्था जाँच गर्ने र मौज्दात चिनी बजारमा पठाउन उद्योगीसँग छलफल गर्ने, अवैध ढङ्गले भित्रिएका वा गोदाममा थन्किएको चिनीको खोजीका लागि अनुगमन गर्ने निर्णय पनि गरेको छ ।

यसैबीच, प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा जानकारी दिन आग्रह गरेको छ । प्रहरीले सूचना निकालेर चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा पैसा नलाग्ने १०० नम्बरसहित हेलो सरकार वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरेको हो ।

LS Auto
Tags: #चिनी कालोबजारी#भारतले नेपाललाई चिनी दिने

लोकप्रीय

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२

विचार

थप समाचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स
ताजा समाचार

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्
ताजा समाचार

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.