NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल आइतवार भदौ २२ , २०८२
सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ? शनिबार भदौ २१ , २०८२
सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने शनिबार भदौ २१ , २०८२
Next
Prev

समाचार

कांग्रेस सरकार टिकटक बन्द गर्ने, गगन थापा विरोध गर्ने ,रवि भए आगो

सोमवार कार्तिक २७ , २०८०
Reading Time: 1 min read
A A
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ कार्तिक, काठमाण्डौ ।
सरकारले आजैबाट चर्चित सामाजिक संजाल टिकटक बन्द गर्ने निर्णय गरेपछि यसको पक्ष र विपक्षमा सामाजिक संजालमै अभिब्यक्तिहरु आइरहेका छन् । सरकार अचानक आजैबाट टिकटक बन्द गर्ने गरी मन्त्रिपषिद् बैठकबाट निर्णय गरेर यसको कार्यान्वयनका लागि इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरिसकेका छ ।

तर सरकारको निर्णयको सत्तारुढ दलकै प्रभावशाली नेताहरुबाट विरोध भएपछि प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सत्तारुढ दलको दोहोरो चरित्रमाथि समेत प्रश्न उठाएका छन् । रविले लेखेका छन्, सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन। समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होईन।

अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्। प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त? यो निर्णय गर्ने सत्ता धारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् ।

के अब पार्टी नै बन्द गरिदिने हो त? मुलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरु सामाजिक संजालबाट उदाए, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरे, सामाजिक संजालले फैलाएका कयौ अफवाहलाई मुलधारले फेक प्रमाणीकरण गरे। आजको युगमा सोसियल मिडियाको बिकल्प सुधारिएको (द्यभततभच, क्ष्mउचयखभम बलम म्ष्कअष्उष्लिभम ) सोसियल मिडिया हो।

रविले सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ बुझिएन भन्दै प्रश्न सोधेका छन्, के यो निर्णय माओवादी केन्द्रको मात्रै हो? यसअघि सरकारको निर्णयपछि नेपाली काग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको भन्दै सामाजिक संजालमार्फत नै असन्तुष्टि जनाएका थिए ।

उनले लेखेका छन्, सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ’अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो।

सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन। यस्तै सत्तारुढ दल कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि गर्धनमा पिलोआयो भने गर्धननै काट्ने प्रधानमन्त्रीज्यु ? भन्दै सरकारको निर्णयको विरोध गर्दै लेखेका छन् ।
कि जोखिम रहित उपचार खोज्ने ? टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लेउ
१) आज टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रीयो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने ? सरकार स्पष्ट होस्, राज्यले ञस्वच्छन्दताझ नियन्त्रण गर्ने हो ञस्वतन्त्रताझ नियन्त्रण गर्ने होइन !
२) सामाजिक–धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको शुसासनले हुने हो । सामाजिक संजाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं ितार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं !
३) सामाजिक द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ त्यही व्यक्तिको टिकटक बन्द गर, ल्य अयmmभलत तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ ।
४) टिकटक मनोरञ्जनको साझा स्टेज बनेको छ कलाकार जन्माएको छ,  कयौंले कमाएका छन् । व्यवसाय प्रवर्द्धन गरेका छन् । कयौंले सकारात्मक सम्प्रेषण गरेका छन् । दुरुपयोग जो जसले गरे, तिनलाई निरुत्साहित र नियन्त्रणको कडा बिधि बनाउ ।तर टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता लेउ । नेपाली काग्रेस संसदको सबैभन्दा ठूलो पार्टी हो ।

कांग्रेससहितको गठबन्धनकै बलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् भने सरकारमा कांग्रेसले नै उपप्रधानसहित धेरै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ । सरकारले आज टिकटक बन्द गर्ने निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भनेका छन्, ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौँ । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेपछि कुनैपनि बेला टिकटक नेपालमा पूर्ण प्रतिबन्ध हुने छ ।

Tags: #टिकटक बन्द#टिकटक बन्द गरेपछि

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल
खेलकुद

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?
अन्तर्राष्ट्रिय

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.