×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गर्न प्रस्ताव

७ मंसिर २०८०

७ मंसिर,काठमाण्डौ ।
निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आउँदो माघ ११ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ । आयोगले बिहीबार सरकारलाई परामर्श दिँदै माघ ११ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको हो । आयोगले राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुन आउने एक तिहाइ सदस्य पदहरूको प्रत्येक दुई वर्षमा निर्वाचन गर्दै आएको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा ९३० बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य १ र निर्वाचित सदस्य १९ जना) सदस्यको आगामी फागुन २० मा पदावधि समाप्त हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पदावधि सकिनु पैँतीस दिन पहिले नै निर्वाचन सम्पन्न गरि सक्नुपर्ने व्यवस्था रहेको छ ।

जसअनुसार माघ १५ गतेसम्म रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ । निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने समय समेतलाई मध्यनजर गरी निर्वाचन मिति तोक्न उपयुक्त हुने देखिएकोले माघ महिनाको ११ गतेको मिति तोक्न सुझाव दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगका पदाधिकारी टोलीले बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको मितिबारे परामर्श दिएको हो । प्रधानमन्त्रीले आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने बताएको प्रवक्ता पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसबीच राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको मतभार पनि फेरिएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षको नयाँ मतभार कायम गरेको हो ।

निर्वाचन आयोगका सह–सचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बसेको आयोगको बैठकले मतभार परिवर्तन गरेको हो ।फेरिएको नयाँ मतभार अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ कायम भएको छ । यसअघि प्रदेशसभा सदस्यको मतभार ४८ थियो ।

त्यस्तै, स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षको मतभार १९ कायम भएको छ । यसअघि सो मतभार १८ कायम थियो । राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भएकाले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा मतभार फेरिएको आयोगले जनाएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top