रोल्पाको सुलिचौरमा तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ।।, आजको अन्नपुर्णपोष्टको पहिलो पृष्ठमा यो खबर छ ।
रोल्पा २ सिमलबाङका २९ बर्षीय रोहित पुनमाथि आईतबार साँझ गोली प्रहार भएको थियो ।उनी तरुण दलका रोल्पा नगर इन्चार्ज हुन् ।
सुलिचौर इलाका प्रहरी कार्यलायनजिकैको रेस्ट प्वाईन्ट रेस्टुरेन्टमा गोली चलेको हो ।
घटनालगत्तै स्वास्थ्य केन्द्रमा उनलाई ल्याईएको थियो, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरकी इन्चार्ज डा. प्रकृति भट्टराईले भनिन्, तर, ल्याउनुअघि नै मृत्यु भईसकेको थियो । उनको देव्रे छातीमा गोली लागेको थियो ।