मौद्रिक नीतिको समिक्षाःरेमिट्यान्स ३० प्रतिशतले वृद्धि

२२ मंसिर ८०, शुक्रबार

२२ मंसिर,काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गर्दै रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भएको जनाएको छ । त्यस्तै यो वर्ष खाद्यान्न र पेय पदार्थको मुल्यवृद्धि ८ दशमलब ३८ प्रतिशतसम्म रहेको भन्दै सिमेन्ट र विद्युत निर्यातले व्यापार घाटामा केही कमी आएको जनाएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावका कारण आपूर्ति श्रृंखलामा भएको व्यवधान र अमेरिकी डलरसँग नेपाली रूपैयाँ अवमूल्यन भएका कारण उपभोक्ता मूल्यमा चाप परेको हो । खासगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा बढी चाप परेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षामा भनिएको छ– केही मुलुकहरुले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्ध र स्वदेशी बजार अनुगमन प्रभावकारी नहुँदा सोको फाइदा उठाउने प्रवृत्तिले गर्दा पनि मूल्यमा चाप पर्न गएको छ । पछिल्लो समय मध्यपूर्वी एशियाली मुलुकमा शुरु भएको भू–राजनीतिक तनावले मूल्यमा थप चाप पर्न सक्ने जोखिम रहेको छ ।

Advertisement

तर, भारतमा पछिल्ला महिनाहरुमा मूल्यवृद्धि घट्न थालेकोर नेपालको थोक मूल्यवृद्धि कम रहेकोले मूल्यवृद्धिमा सुधार हुने अपेक्षा रहेको छ । यस्तै राष्ट्र बैंकले सेयर धितो ऋणलाई सहजीकरण गरेको छ। साथै रियलस्टेट ऋणमा पनि लचकता अपनाएको छ।

राष्ट्र बैंकले रियलस्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरिदिएको छ। ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाइ दिएको छ । ५० प्रतिशतको अनुपातलाई बढाएर ६० प्रतिशत पुर्याइदिएको हो । यसले निर्माण क्षेत्र चलायमान बनाउन मद्दत गर्ने छ।

Advertisement

घर कर्जालाई प्रवर्द्धन गर्न बिशेष स्किम ल्याएको छ। कात्तिकको भुकम्पले क्षतिग्रस्त घरहरुलाई कर्जा सुविधाको ब्यवस्था गरेको छ। २५ लाख रुपैयाँसम्मको आवासीय घरकर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम लिन नपाउने ब्यवस्था गरेको छ । बैंक दर र नीतिगत दरहरु घटाएको छ।

बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ। नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ। साथै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकले ब्याज दर घटाउन पहल गरेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top