×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

प्रसाईँपछि शेखर पनि खनिए बैंकविरुद्ध

२३ मंसिर २०८०

२३ मंसिर,काठमाण्डौ ।

केही वर्षदेखि नेपालका बैंक तथा वित्तिय संस्थाविरुद्ध निरन्तर आगो ओकल्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पछिल्लो समय यसैका लागि विरोध प्रदर्शनीदेखि बैंकका कर्मचारीमाथि दुव्र्यवहारसम्मका गतिविधि दोहोर्याइ रहँदा प्राय सबै राजनीतिक दलहरुले यसलाई अराजक, कानूनविपरित भन्दै आलोचना गरिरहेका छन् ।

Advertisement

केहीले त प्रसाईँलाई पक्राउ गर्नुपर्नेसम्मका टिप्पणी गरिरहेका छन् । तर यसैबीच हाल संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसकै एक प्रभावशाली नेता दुर्गा प्रसाईँकै लाइनमा देखिएका छन् । संस्थापन इतरका नेता डा.शेखर कोइराला प्रसाईँकै शैलीमा बैंकमाथि जाइलागेका छन् ।

उनले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् । चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरु भएको बताए । उनले भने, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरु भए ।’

देश आर्थिक रुपले अप्ठेरो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको उनले बताए । ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि,’ डा. कोइरालाले भने, ‘तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?’ सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए ।

‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ उनले भने, ‘१०÷२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले । तर एउटा अरबपतिले म कृषिमा लगानी गर्छु भनेर गयो भने तुरुन्तै दिन्छ ।’ यस्तै उनले एनसेल प्रकरणमा राजनीतिज्ञहरुको संलग्नता रहेको पनि आरोप लगाएका छन् ।

‘भ्रष्टाचारको कुरा गर्दा जहाँ कुरा गर्नुस् जुनै भ्रष्टाचार नेताहरुसँगै जोडिएको छ’, उनले भने, ‘जतिसुकै जसले जे भनेपनि राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरु नमिली यस्तो भ्रष्टाचार हुनै सक्दैन । एनसेलको प्रकरण पनि त्यही हो ।’ देशमा सबै चिज अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको कोइरालाको टिप्पणी छ ।

यसैबीच स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयास पूर्ण नभएको बताएका छन् । भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहान आयोजना गरेको कार्यक्रममा सुशासनका लागि सरकारले गरिरहेको प्रयत्न पनि पूर्ण नरहेको उनको भनाइ छ ।

Advertisement

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको उनले बताए । भ्रष्टाचार नियन्त्रण नगरेसम्म सुशासन कायम हुन नसक्ने भन्दै यसका लागि सरकार दृढ रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  भ्रष्टाचारका कारण पहिचान गरेर त्यसको अन्त्यका लागि राज्यका सबै संयन्त्रहरूले काम गर्नुपर्नेमा उनको जोड छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top