×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

दिपकराज गिरीले किन भने अब राष्ट्रघाती बनौं ?

२० पुष २०८०

२० पुष,काठमाण्डौ ।
भारतले नेपालस्थित आफ्नो दूतावासबाट २० करोडसम्म सिधैं आफु खुशी खर्च पाउने गरी द्धिपक्षीय सम्झौता भएपछि यसको चौतर्फी आलोचना भईरहेका बेला चर्चित सिने अभिनेता दिपकराज गिरीले भने भारतसँग दोस्ती गरेर मात्रै नेपालले वर्तमान अवस्थाबाट मुक्ति पाउने भन्दै अब राष्ट्रवादी नभई राष्ट्रघाती बन्नु पर्ने टिप्पणी गरेका छन् ।

भारतको आलोचना गर्ने वा भारतविरोधी कित्तामा उभिनुलाई नेपालमा बलियो राष्ट्रवादी मानिने सोचाईतर्फ लक्षित गर्दै गिरीले अब अवस्था परिवर्तनका लागि भारतसँग दोस्ती नै एकमात्रै विकल्प रहेको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, धेरै भो राष्ट्रबादी भएको आज अलिकता राष्ट्घाती बनौ है? नेपालले बर्तमान अबस्था बाट मुक्ति पाउने एक मात्रै बिकल्प भारत संगको स्पष्ट र मजÞबूत दोस्ती नै हो ।

गिरीको यो अभिब्यक्तिमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणमा क्रममा महत्वपूर्ण ४ सम्झौताहरु भएका छन् । जसमा नेपालले बनाएको स्याटेलाइट भारतले प्रक्षेपण गरिदिने देखि १० वर्षमा १० हजार मेगावाट विद्युत भारतले खरिद गर्नेसम्म रहेका छन् ।

यसका साथै विदेशमन्त्रीले नेपाली क्रिकेट टिमलाई विश्वकप टि २० विश्वकपलाई आवश्यक सहयोग गर्ने भनी दिएको वचनको समेत प्रशंसा भईरहेको छ । यद्यपि भारतले अबदेखि नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने बाटो खुलेको विषय भने निक्कै आलोचित बनेको छ ।

यो सहमतिपछि अब भारतले सिधै लगानी गर्ने पाउने विकास आयोजनाको रकमको सीमा ५ करोडबाट बढेर चार गुणा बढी अर्थात २० करोड पुगेको छ। यो सहमतिको तीव्र राजनीतिक नेताहरुबाट समेत आलोचना भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भने नेपालस्थित भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड रुपैयाँ सिधै खर्च गर्न नपाउने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीवार काठमाडौंस्थित भारतीय दुतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको स्वीकार गर्दै दुतावासले सिधै मनलाग्दी खर्च गर्न नपाउने बताए ।

उनले भारतीय दुतावासले जहाँ मन लाग्छ त्यहीँ गएर लगानी गर्न नपाउने र त्यसको लागि प्रक्रिया रहेको बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top