Nepal Times
Nepal Times
3
Shares

भाइरल फिल्म १२ औं फेलका वास्तविक IPS अफिसर मनोज को हुन् ?

भाइरल फिल्म १२ औं फेलका वास्तविक IPS अफिसर मनोज को हुन् ?

२३ पुष,विराटनगर ।
अहिले सामाजिक सञ्जालहरूमा एउटा हिन्दी चलचित्रले निकै चर्चा पाइरहेको छ– १२वीं फेल । यो फिल्म विधुविनोद चोपडाले बनाएका हुन्। उनी सामान्य कथालाई टिपेर भव्य फिल्म बनाउने निर्देशकका रूपमा चिनिन्छन्। सिनेमा हलहरूमा यो फिल्म सलमान खानको ’टाइगर’ सँगै भिडेको थियो।

विक्रान्त मासे, मेधा शंकर, सञ्जय बिस्नोइ, हरिश खन्ना लगायत कलाकारको मुख्य भूमिका रहेको यो फिल्म सुरूमा ’टाइगर’ को चपेटामा प¥यो। तर दर्शकहरूले प्रशंसा गर्दै जाँदा केही दिनपछि फिल्मले राम्रै कमाइ ग¥यो र हिटमा दर्ज भयो। केही दिनअघि मात्र यो फिल्म युट्युबमा पनि उपलब्ध भयो।

त्यसपछि भारत मात्र नभई नेपाली दर्शकहरूका माझ पनि यो फिल्म लोकप्रिय भयो।यो फिल्मको कथा सामान्य छ, तर यसले दर्शकमा बलियो प्रभाव छाडेको छ । यो मनोजकुमार शर्माको जीवनमा आधारित फिल्म हो। यो फिल्म हेरेपछि उनलाई जान्न खोज्ने दर्शकको संख्या उल्लेखीय पाइएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यो फिल्म अनुराग पाठकको उही नामको सर्वाधिक बिक्रि हुने पुस्तकमा आधारित छ । यो आईआरएस अधिकारी श्रद्धा जोशी र आईपीएस अधिकारी मनोज कुमार शर्माको वास्तविक जीवनका अनुभवहरूबाट प्रेरित छ। शर्मा कठिन परिवेशमा हुर्केका थिए । उनको जन्म १९७७ मा मध्य प्रदेश जिल्ला मोरेना, बिलगाउँको सानो गाउँमा भएको थियो।

उनका बुबा कृषि विभागमा कार्यरत थिए र परिवार आर्थिक रूपमा संघर्ष गरिरहेको थियो। उनी कक्षा ९ र १० मा थर्ड डिभिजनमा पास भए । उनले कक्षा ११ पास गरे तर कक्षा १२ पास गर्न सकेनन् । उनले सबै विषय पास गरे तर हिन्दीमा फेल भएका थिए । तर, पछि उनले परीक्षा पास गरे । उनी दिल्ली पुग्दा शर्माको यात्रा निकै कठिन थियो।

टेम्पो चलाउने, पुस्तकालयमा काम गर्ने र धनी मानिसहरूका कुकुरहरू हेर्नेदेखि लिएर, उनले आफ्ने खर्च टार्न र आफ्नो शिक्षण शुल्क तिर्न विभिन्न कामहरू गरेका थिए । तर उनले कहिल्यै हार मानेनन् । पुस्तकालयमा काम गर्दा शर्माले म्याक्सिम गोर्की, अब्राहम लिंकन र मुक्तिबोध जस्ता प्रसिद्ध लेखकहरूका धेरै पुस्तकहरू पढेका थिए ।

जसले उनलाई जीवनको अर्थ र उद्देश्य बुझ्न मद्दत ग¥यो। आफ्नो यूपिएससी कोचिङको क्रममा उनी उत्तराखण्ड निवासी श्रद्धा जोशीसँग प्रेममा परेका थिए ।जोशी ग्एक्ऋ उत्तीर्ण गरेपछि अहिले आईएएस अधिकारी छन् । चलचित्रमा चोपडाले १२ कक्षामा आफ्नो अनुभव र उनले कसरी यूपीएससी पास गरे भन्ने बारेमा बताएका छन् ।

नको प्राथमिक लक्ष्य एस डिएम सब डिभिजन मजिस्ट्रेड बन्ने थियो। तर जब उनी १२ औं कक्षा पूरा गरेपछि ग्वालियर गए उनले थाहा पाए कि डिस्ट्रिक्ट म्याजिस्ट्रेट (डीएम) एक एसडीएम भन्दा माथिल्लो पदको जागिर हो । र उनले त्यो बन्नको लागि यूपीएससी परीक्षा पास गर्नुपर्ने थियो । उनले नतिजा स्वरूप सिभिल सेवा परीक्षाको तयारी गर्न दिल्ली जाने निर्णय गरे।

आफ्नो दृढ संकल्पका साथ, मनोजले आफ्नो चौथो प्रयासमा यूपिएससी लोक सेवा परीक्षा पास गरे र आईपीएस अधिकारी बने। उनी २००५ मा महाराष्ट्र क्याडरमा सामेल भए र हाल मुम्बईमा पश्चिम क्षेत्रको अतिरिक्त आयुक्तको रूपमा कार्यरत रहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भारतमा सबैभन्दा कठिन प्रतिस्पर्धात्मक परीक्षाहरू मध्ये एक संघ लोक सेवा आयोग यूपिएससी द्वारा प्रशासित लोक सेवा परीक्षा सीएसई हो। सीएसइमा फराकिलो र विविध पाठ्यक्रमहरु हुन्छन् । त्यसैले यसको लागि अध्ययन गर्न धेरै समय लाग्छ।

सामान्यतया प्रारम्भिक उमेरदेखि नै एकेडेमिक रूपमा उत्कृष्ट भएकाहरूले सीएसईमा राम्रो गर्न सक्ने मान्यता राखिन्छ । विधुविनोद चोपडाले निर्माण गरेका ’मुन्नाभाइ एमबिबिएस’, ’सन्जु’, ’थ्री इडियट्स’, ’पिके’, ’वजिर’ लगायत फिल्म बहुचर्चित छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.