NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

पासपोर्ट कति शक्तिशाली भनेर कसरी छुट्ट्याउने ? नेपालको पासपोर्ट कमजोर ?

बिहिबार पुस २६ , २०८०
Reading Time: 1 min read
A A
नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा पनि कमजोर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ पुष, विराटनगर।
विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको छ । नेपालको पासपोर्ट संयुक्त राष्ट्रसंघसहित पश्चिमा राष्ट्रहरुले कठोर प्रतिबन्ध लगाएको उत्तर कोरियाको भन्दा कमजोर रहेको छ । हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको हो ।

नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिनाभिसा जान सकिन्छ । नेपाल सूचीको ९८औँ स्थानमा रहेको छ । गजबलाग्दो कुरो के भने संसारभरबाट एक्लिएको वर्षौंदेखि नाकाबन्दी झेलेका उत्तरकोरियाको पासपोर्ट नेपालभन्दा माथि छ। बिनाभिसा ४२ देशमा सिधै इन्ट्री गर्न पाउँछ यसले।

मानवाधिकार हनन व्यापक भएको म्यान्मार होस् वा वर्षौंदेखिको भोकमरी, अनिकाल पीडित देश इथियोपिया ४७ देशमा, सुडानबाट छुट्टिएको देश साउथ सुडान ४६ देशमा होस् वा अहिले टाट पल्टिसकेको देश भनेर चर्चामा रहेको श्रीलंकाको पासपोर्ट सबै नेपालभन्दा शक्तिशाली छन्।

LS Auto

सोचनीय कुरा उनीहरू त्यस्तो अवस्थामा पनि यो स्तर अनि नेपालको पासपोर्ट चाहिँ किन यत्ति धेरै कमजोर ? वास्तवमा पासपोर्ट भनेको एउटा सामान्य ‘ट्राभल डकुमेन्ट’ हो। खाली नियमनका लागि प्रत्येक देशले निश्चित नियम र सर्त पूरा गरेर अन्य देशका नागरिकलाई आफ्नो देश जान÷आउन सहज बनाएको न हो। आखिर हाम्रो देशको पासपोर्ट किन यति धेरै कमजोर भएको होला त ?

सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको रहेको छ । सुरुमै भिसा नलिइ टिकट मात्र काटेर जान सकिन्छ भन्ने आधारमा विश्वका विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले सूचीकृत गर्ने गरेको छ । हेन्लीले यो डाटा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)बाट लिने गरेको छ ।

पहिलो नम्बरमा रहेका ६ देशको पासपोर्ट हुनेहरूले १९४ देश तथा क्षेत्रमा प्रिभिसा बिनानै प्रवेश गर्न पाउँछन् । नेपालभन्दा बलियो श्रीलंकाको पासपोर्टले ४३ र बंगलादेशको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ । ८०औँ स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिन्छ ।

६२औँ स्थानमा रहेको चीनको पासपोर्टले ८५ देशमा प्रवेश गर्न सकिन्छ । यो सूचीमा भुटान निकै माथि रहेको छ। भुटान सूचीको ८७ औं स्थानमा छ जबकि भुटानबाट विना भिसा ५५ देशमा जान सकिन्छ । अमेरिकाको पासपोर्ट सातौँ स्थानमा छ । यसले १८८ देशमा अग्रिम भिसाबिना नै प्रवेश गर्न सकिन्छ ।

सूचीमा नेपालभन्दा पछि रहेका देशहरुमा भने सोमालिया, यमन, पाकिस्तान, इराक, सिरिया र अफगानिस्तान रहेका छन् । हेन्ली एण्ड पार्टनर्स विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता हो। यसले सन् २००६ देखि निरन्तर रूपमा विश्वका सबैभन्दा शक्तिशाली (भ्रमणमैत्री) र कम शक्तिशाली पासपोर्ट मापन गर्दै आएको छ।

जुन देशले सबैभन्दा बढी मुलुकमा अन अराइभल भिसा पाउँछ अर्थात् विश्वका कति देशले भिसा विना नै (भिसा फ्री स्कोर) ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त संस्थाले यसरी ¥याङ्किङ गर्ने गर्दछ। यो अन्तर्राष्ट्रिय हवाई यातायात आयोगले प्रदान गर्ने तथ्यांकमा आधारित छ।

नेपालको राहदानी कमजोर हुनुमा भिसा नियम उल्लङ्घन गर्ने प्रवृत्ति लगायत थुप्रै कारण रहेका छन्। नेपालका कूटनीतिज्ञ वा अधिकारीले राहदानी दुरूपयोग गरेको वर्षौंदेखि कैयौं घटना भएका छन्। आम नागरिकको कुरा गर्दा पर्यटक भिसामा नेपाल प्रवेश गरेको वा विदेशी मुलुकमा गैरकानुनी रूपमा बसोबास गर्ने धेरै घटना छन्। धेरै देशमा नेपाली फर्किंदैनन् भन्ने धारणा छ।

उनीहरूले हामीलाई पर्यटक वा आगन्तुकको रूपमा हेर्दैनन्। या त हामीलाई आप्रवासी कामदार वा अवैध आप्रवासीको रूपमा हेरिन्छ। नेपालको राहदानीको स्थिति मुख्यतया देशको आर्थिक विकास र त्यहाँका नागरिकहरूको सामाजिक–सांस्कृतिक स्थितिले निर्धारण गर्छ।

लन्डन स्कूल अफ इकोनोमिक्सका भूगोलका प्राध्यापक एरिक न्युमायरले भिसा व्यवस्थामा महत्वपूर्ण हुने धेरै कारक पहिचान गरेका छन्, जसमा देशको जीडीपी, राजनीतिक स्वतन्त्रतामा प्रतिबन्ध, सशस्त्र द्वन्द्व, आतंकवादी हमला, बाह्य पर्यटक, पर्यटन प्राप्ति, द्विपक्षीय व्यापार र सांस्कृतिक र सभ्यता समानता रहेका छन्।

यी कतिपय कारकहरू पनि हाम्रा कमजोर अवस्थामा छन्। युरोपेली मुलुकमा नेपालीलाई सहज पहुँच थियो। तर नेपालीहरूले भिसाभन्दा बढी समय र गैरकानूनी रूपमा बसाइँ सर्न थालेपछि यो सबै रोकियो। हाम्रो राहदानी ¥याङ्किङ भिसा पहुँचमा आधारित छ र हाम्रो अर्थतन्त्र र खर्च क्षमताका कारण हाम्रो पहुँच कम छ।

¥याङ्किङमा हाम्रो गतिशीलता, यात्रा, व्यापार र प्रत्येक देशका नागरिकहरूसँग संलग्नताको स्तरमा पनि यो निर्भर रहन्छ। राहदानी अनुक्रमाणिकाले पासपोर्ट सम्बन्धी समाचार क्युरेट गर्ने व्यापक ब्लग र विश्वव्यापी गतिशीलता, सुरक्षा, प्रविधि, ब्रान्डिङ र विश्वभरका भिसा नीतिहरूमा विचारहरू पनि समावेश गर्दछ।

यसले राष्ट्र प्रतिको विश्वसनीयतालाई पनि प्रतिविम्बित गर्दछ। राष्ट्र र राष्ट्रका नागरिकहरूलाई हेर्ने एक दृष्टिकोण पनि हो यो। यसले राष्ट्रको प्रभावकारिता र सक्षमतालाई पनि मापन गर्दछ। त्यसैले पनि मुलुकको पासपोर्ट शक्तिशाली हुनु अति आवश्यक मानिन्छ।

चिन्ताको विषय यो हो कि क्रमशः सरकारहरूले यसलाई सम्बोधन गर्न कुनै सक्रिय कदम चालेको देखिंदैन। यसलाई सच्याउन भिसा नियम उल्लङ्घन गर्ने प्रवृत्तिको न्यूनीकरण गर्नुपर्छ। नेपालीहरुको गतिशीलता दर उच्च छ, समयमै फर्कनुहोस् र राम्रोसँग खर्च गरियो भने हाम्रो ¥याङ्किङ स्वतः माथि जान्छ भन्नुपर्छ। जबसम्म हामीले आर्थिक समृद्धि हासिल गर्दै कामका लागि विदेश जाने संस्कृतिलाई सम्बोधन गर्दैनौं, तबसम्म हाम्रो यही अवस्था हुनेछ। यस विषयमा राष्ट्रसँगै प्रत्येक नागरिक गम्भीर भई भिसा नीति, नागरिकता, देश ब्रान्डिङ, विश्वव्यापी गतिशीलता, सार्वजनिक सुरक्षा, परोपकार र विदेश नीतिमा छलफललाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ।
पज
विदेशमा खेल्न हिँडेका खेलाडी खेलबीचमै हराउने, तालिम वा अध्ययनमा गएका कर्मचारी उतै हराउने, सांस्कृतिक कार्यक्रमका लागि टोली लिएर विदेश जाने अनि आधा फर्किने, आधा यतै अल्मलिने कारणले हुन सक्छ, नेपाली पासपोर्ट यति कमजोर भएको।

इतिहासको अध्ययन गर्दा करिब एक सय वर्ष अगाडि कुनै दिन यही देशको पासपोर्ट बोकेर तत्कालीन बझाङी राजा तथा नेपालका राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह ३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा अतिथिको रूपमा निम्ता पाएर अमेरिका पुगेका थिए।

त्यो समयमा उनी त्यहाँ पुग्ने संभवत पहिलो एक्ला नेपाली हुन् । त्यसैगरी उनै सिंह राणा सरकारको अवरोधको बाबजुद नेपाली भएरै सन् १९२९ मार्च २५ देखि सेप्टेम्बर ४ सम्म करिब साढे ५ महिना युरोपमा मानवतावादबारे चर्चा गर्न निम्तो पाएर सम्पूर्ण युरोप भ्रमण गरे।

तर एक सय वर्ष पछाडि हाम्रो पासपोर्टको यस्तो हविगत किन भयो ? पासपोर्ट कति शक्तिशाली भनेर छुट्ट्याउने आधार के ? नेपाली पासपोर्टलाई किन विश्वास गर्न नसकेको होला ? के सरकारले यो कुरालाई नोटिसमा लिएको छ ? तपाईसँग पनि नेपाली पासपोर्टलाई कमजोर भएको अनुभूति दिलाउने कुनै घटना भए ? अवश्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

 

Tags: #नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

थप समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने
समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान
समाचार

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.