×

NEPAL TIMES UPDATES

Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026

नेपालगञ्जमा कागजविनाका इ–रिक्सा नष्ट

२६ पुष २०८०

२६ पुष, काठमाण्डौ ।
नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रूपमा सञ्चालित इ–रिक्सा नष्ट गर्न थालेको छ । लामो समयदेखि इ–रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका इ–रिक्सा नष्ट गर्न थालेको हो । गत मंसिर १९ गतेदेखि अवैध रूपमा सञ्चालित इ–रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले पछिल्लो समय पाँचवटा इ–रिक्सा नष्ट गरेको छ ।

आवश्यक कागजात नभएका ती इ–रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो । यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले इ–रिक्सा धनी तथा चालककै रोहवरमा कागजात अद्यावधिक भए÷नभएका, चेसिज नम्बर मिले÷नमिलेको वा भए÷नभएको प्राविधिक जाँच गरेका थिए ।

उपमहानगरपालिकाले इ–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ–रिक्साका कागजपत्र अद्यावधिक गर्न समय दिइएको थियो । नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैधरूपमा सञ्चालित इ–रिक्सा पूर्णरूपमा सञ्चालनमा प्रतिबन्ध लगाउने अभियानमा उपमहानगरपालिका दृढ भएर लागेको बताएका छन् ।

‘हामीले पटक–पटक भनेका हौं, अद्यावधिक गर्न समय पनि दिएका थियांै, नियन्त्रणमा लिइएका धेरै इ–रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छाडेका छौं, अवैध सञ्चालित इ–रिक्सा हामीले नष्ट गर्न शुरु गरेका छौं’– नगर प्रमुख विष्टले भनेकाछन्, ‘अब हामी निरन्तर अगाडि बढ्छौं, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन ।’

उपमहानगरपालिकाले हालसम्म छ सय २३ इ–रिक्सा नियन्त्रण लिएको छ । तीमध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि पाँच सय ३८ इ–रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ इ–रिक्सा नियन्त्रणमै छन् । ती इ–रिक्सामाथि पनि छानबिन भइरहेको उपमहानगरले जनाएको छ । तराईका जिल्लाहरुमा अहिले इ रिक्साको प्रयोगले व्यापकता पाएको छ ।

कुनै बेला रिक्सा नै रिक्साले भरिने सडकमा अहिले इ रिक्सा मात्रै देखिने गरेका छन् । केही समयअघि इटहरी उपमहानगरले पनि रिक्साका कारण सडकमा असहज भएको भन्दै टाइमकार्ड लागू गरेको थियो । यस्तै कोशी प्रदेशको राजधानी विराटनगरमा समेत इरिक्साको संख्या अत्यधिक रहेको छ ।

यसअघिका मेयर भीम पराजुलीले रिक्सा संचालनका लागि कोटा निर्धारण गर्ने गरी नियन्त्रणको प्रयास गरेपछि चालकहरुको विरोधपछि विराटनगरमा पनि इरिक्साले व्यापकता पाएको छ । अत्याधिक रिक्साकै कारण सडकमा ट्राफिक समस्या हुनुका साथै दिनभरिमा ग्राहक समेत नपाउने समस्या भोग्नु परेको इरिक्सा चालकहरुले बताउने गरेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top