×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

बैंकको ब्याज घटेपछि नेप्सेमा अर्धसतक

२ माघ २०८०

२ माघ, काठमाण्डौ ।

सेयर बजारमा दुई वर्षयताकै उच्च कारोबार भएको छ । आज ८ अर्ब रुपैयाँ माथिको सेयर किनबेच भएको छ । बैंकको ब्याजदर घटेको प्रभावस्वरुप नेप्सेले अर्ध सतक हान्दा नेप्सेमा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो । त्यो दिन ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार नेप्से ५४.५४ अंकले बढेको छ ।

आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक २१७५.१७ विन्दुमा बन्द भएको छ । यो ६ महिनायताकै उच्च विन्दु हो । ६ महिनाअगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो । हिजो (सोमबार) नेप्से २१२० विन्दु कायम थियो ।

आज २१४ कम्पनीको सेयर मूल्य बढेको छ । ३१ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र साम्लिङ पावर कम्पनी छन् । १३ वटै उपसमूहले नेप्से बढाएका हुन् । फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ ।

यो उपसमूहको सूचक ४.७५ प्रतिशतले बढेको हो । यस्तै, लगानी, लघुवित्त र जलविद्युत उपसमूहको सूचक ३ प्रतिशतभन्दा बढी उकालो लागेको छ । बैंक, विकास बैंक, व्यापार, उत्पादनमूलक र अन्य उपसमूहको सूचक पनि २ प्रतिशत भन्दा धेरै उकालो लागेको छ । बजार खुलेदेखि नै नेप्से उकालो लागेको थियो ।

२१४ कम्पनीको सेयर मूल्य बढेकामा एक दर्जभन्दा बढी कम्पनीको मूल्य सर्किट लागेर उकालो लागेको छ । सर्किट लागेकामध्ये ९ वटा जलविद्युत कम्पनी हुन् । ८ अर्ब २ करोड रुपैयाँको सेयर कारोबारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । यो कम्पनीको सबैभन्दा धेरै २८ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।

यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २३ करोड २६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक र कारोबार रकममा वृद्धिलाई विश्लेषकहरुले लगानीकर्तामा कन्फिडेन्स बढेको रुपमा लिएका छन् ।

बैंकले ब्याजदर घटाएपछि लगानीकर्तामा कन्फिडेन्स बढेको विश्लेषण गरिएको छ । यस्तै लगानीका अन्य क्षेत्र त्यति चलायमान नभएकाले लगानीकर्ता सेयर बजारमा सक्रिय हुँदा बजार बढेको पनि विश्लेषकहरुले बताएका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top