×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-16-2026 || Nepal Times
May 16, 2026
Playing
Taiwanलाई हति यार बेच्ने कि नबेच्ने निर्णय गर्दै Trump || Nepal Times
May 16, 2026
Playing
नेपाली दूतावासको जग्गा श्रीलंकामा कसले बेचिदियो ?|| Nepal Times
May 16, 2026
Playing
विश्व राजनीतिमा नयाँ संकेत, नेपालजस्ता मुलुकका लागि के अर्थ राख्छ ?|| Nepal Times
May 16, 2026
Playing
विश्वकप यात्रा जोगाउन नेपाललाई जित अनिवार्यजस्तै|| Nepal Times
May 16, 2026
Playing
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का || Nepal Times
May 16, 2026
Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026

इरान र पाकिस्तान किन भिडे ? २ इस्लामिक देशको रामकहानी ?

५ माघ,विराटनगर ।
रुस र युक्रेनको युद्ध जारी रहदा इजरायल र हमासबीच अर्काे युद्ध सुरु भयो । यही युद्धकै बीच हमाससँग नजिकिएको इरानले छिमेकी राष्ट्र पाकिस्तानमाथि आक्रमण गरेपछि  अहिले  इरान र पाकिस्तानबीच अहिले अर्काे युद्धको ठीक सामुन्ने रहेका छन् । इरानले पहिलो आक्रमण गरेपछि पाकिस्तान–इरानले एकअर्कालाई आक्रमण गरेका छन् ।
दुवैले आक्रमण आम नागरिक नभई आतङ्ककारीविरुद्ध भएको दाबी गरेका छन् । यसअघि इरानले पाकिस्तानको बलुचिस्तानमा आक्रमण गरेको थियो । त्यसको एक दिनपछि पाकिस्तानी सेनाले इरानमा हवाई हमला गरेको थियो । यी घटनाहरूले मध्यपूर्वबाट सुरु भएको आगोलाई दक्षिण एसियासम्म फैलाएको छ ।
युरोपमा जारी युद्ध र गाजाको तहसनहसले शान्तिको कामना गरिरहेका विश्वका जनतालाई दक्षिण एसियामा बढ्दो तनावले झनै त्रसित बनाएको छ ।   पाकिस्तान–इरानको सीमा ९०० किलोमिटर छ । एकातिर पाकिस्तानको बलुचिस्तान प्रान्त छ। अर्कोतर्फ इरानको सिस्तान र बलुचिस्तान छन्। दुवै देशले सीमावर्ती बलुच क्षेत्रमा लामो समयदेखि आतंकवादीसँग लड्दै आएका छन्।
दुबैको साझा शत्रु छ जुन पृथकतावादको भावना हो। सीमामा बसोबास गर्ने बलुच समुदायले लामो समयदेखि स्वतन्त्रताका लागि विरोध गर्दै आएका छन् । उनीहरुले पाकिस्तान र इरानप्रति सधैं असन्तुष्टि व्यक्त गरेका छन् । यस कारणले गर्दा यो क्षेत्र विद्रोहीहरूको अड्डा हो। सिमानाको दुबै तर्फ समान प्रभाव छ । वर्षौंदेखि सीमामा बारम्बार घातक झडपहरू भइरहेका छन्।
इरानले जैश अल अदलको लक्ष्यमा आक्रमण गरेको स्पष्ट पारेको छ । जैश अल–अदल एक आतंकवादी संगठन हो। यो २०१२ मा स्थापित भएको थियो। सन् २०१३ देखि सीमामा तैनाथ इरानी सेनामाथि आक्रमण गर्दै आएको छ । उक्त समूहले सन् २०२३ को डिसेम्बरको मध्यमा इरानको एउटा प्रहरी चौकीमा आक्रमण गरी ११ इरानी प्रहरीको हत्या गरेको थियो।
जैश अल–अदलको दर्शन यो हो कि यो इरानको सिस्तान र बलुचिस्तान प्रान्तको स्वतन्त्रता र बलुच जनताको अधिकारको लागि लडिरहेको छ। दुवै देशका साझा शत्रु छन् । उनीहरु पृथकतावादी हुन् । यस्तो अवस्थामा एक अर्कामाथि आक्रमणलाई अनौठो मानिएको छ । इरानले पाकिस्तानलाई सीमापार आक्रमणका लागि जिम्मेवार जैश–अल–अदल जस्ता आतंकवादी समूहहरूलाई शरण दिएको र समर्थन गरेको आरोप लगाएको छ।
अर्कोतर्फ इरानको आक्रमणका कारण पाकिस्तानमा सरकारप्रति जनताको आक्रोश लगातार बढिरहेको थियो । चुनावअघि कामचलाउ सरकार यो आन्दोलनको सामना गर्न सक्ने अवस्थामा थिएन। यस्तो अवस्थामा पाकिस्तानले जवाफी कारबाही गर्ने निर्णय गरेको छ । बृहत्तर क्षेत्रीय द्वन्द्वले इरानलाई आफ्नो सिमाना बाहिर सक्रिय हुन प्रोत्साहित गरेको छ।
विशेष गरी अमेरिकाले इरानको वरपरको क्षेत्रलाई नियन्त्रण गर्न सैन्य शक्ति बढाएको छ। पाकिस्तानमा आक्रमण भएको एक दिन अघि इरानले इराक, सिरियामा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । इरानले इजरायली सेना र इरानी विरोधी आतंकवादी समूहको जासुसी बेसलाई निशाना बनाएको दाबी गरेको छ । लेबनानको सीमा क्षेत्रमा इजरायल र हिजबुल्लाहबीच भिडन्त जारी छ ।
अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीसँग लडिरहेको छ, जसले गाजामा इजरायली आक्रमणको बदलास्वरूप जहाजमा आक्रमण गरेका थिए। सम्पूर्ण घटनाको बीचमा, इरान यस क्षेत्रमा एक नेताको रूपमा उभिन खोजिरहेको छ। इरानको आक्रमणको एक दिनपछि बुधबार, भारतको विदेश मन्त्रालयले इरान–पाकिस्तान तनावको बारेमा एक विज्ञप्ति जारी ग¥यो।
परराष्ट्र मन्त्रालयले भन्यो, यो मामिला इरान र पाकिस्तानको हो, तर जहाँसम्म भारतको सवाल छ, हाम्रो देशको आतंकवादको विषयमा शून्य सहनशीलताको नीति छ । हामी बुझ्छौं कि धेरै देशहरूले आत्मरक्षामा काम गर्छन्। अर्कोतर्फ अमेरिकाले इरानले गरेको आक्रमणलाई गलत भनेको छ । चीनले दुवै देशले संयमता अपनाउनुपर्ने बताएको छ ।
 पाकिस्तानी सेनाले जवाफी कारबाही गरेपछि फेरि एकपटक इरानको आक्रमणको खतरा देखिएको छ । यस खतरालाई ध्यानमा राख्दै पाकिस्तानको सेना उच्च सतर्कतामा छ र कार्यवाहक प्रधानमन्त्री अनवरुल हक कक्कड डाभोसको भ्रमण सकेर फर्किएका छन् । पाकिस्तानमा राष्ट्रिय सुरक्षा समितिको आकस्मिक बैठक बोलाइएको छ ।
यसैबीच इरान र पाकिस्तानबीच जारी तनाव अन्त्य गर्न चीन, टर्की र रुस सक्रिय भएका छन् । चीनले दुवै पक्षलाई मध्यस्थताको प्रस्ताव समेत गरेको छ ।   इरानले पनि तनाव कम गर्न चाहेको संकेत गरेको छ । यसअघि पाकिस्तानले जवाफी कारबाही गरेपछि इरानसँग मेलमिलापका लागि अपिल गरेको थियो । पाकिस्तानले थप तनाव भड्काउन नचाहेको बताएको छ ।
रुस, चीन र टर्कीको दबाबपछि इरानले अहिले तनाव कम गर्ने संकेत गरेको पाकिस्तानी मिडियाहरुले दाबी गरेका छन् । इरानले शत्रुलाई दुई देशबीचको सम्बन्ध बिगार्न नदिने बताएको छ ।  क्षेत्रीय देशको दबाबपछि पाकिस्तान र इरानले तनाव कम गर्न जोड दिएको बताइएको छ । पाकिस्तानी सञ्चारमाध्यमले चीन, रुस र टर्कीले तनाव कम गर्न दुवै द्वन्द्वरत देशसँग पटकपटक वार्ता गरेको बताएको छ ।
टर्कीका विदेशमन्त्री हाकान फिदानले पाकिस्तान र इरानका विदेशमन्त्रीहरूसँग कुराकानी गरेका छन् । दुवैलाई संयमता अपनाउन आग्रह गरेका छन् ।   तनाव अन्त्य गर्न   रुस पनि सक्रिय भएको छ । रुसले यो अप्रत्याशित तनावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ । रुसी कूटनीतिज्ञहरूले पर्दा पछाडि रहेका दुवै देशलाई मनाउन खोजिरहेका बेला रुसी विदेश मन्त्रालयले इरान र पाकिस्तान दुवैलाई ’अधिकतम संयम’ देखाउन आग्रह गरेको छ।
रुसले पाकिस्तान र इरानले कूटनीतिक माध्यमबाट आफ्ना मतभेदहरू समाधान गर्नुपर्छ अन्यथा सम्पूर्ण क्षेत्रमा अराजकता फैलाउन चाहने देशको हातमा पर्न सक्ने बताएको छ । रुसले दुवै एससीओका सदस्य राष्ट्र भएको बताएको छ । रुसले भनेको छ, ’हामीले सम्बन्ध विकास गरिरहेका एससीओका मित्र राष्ट्रहरूबीच यस्तो भइरहेको हुनु दुःखद हो।’चीनले पनि यस सम्पूर्ण मामिलामा गम्भीर चासो व्यक्त गर्दै मध्यस्थताको प्रस्ताव गरेको छ। तर पाकिस्तानले भने अब बल इरानको कोर्टमा रहेको बताएको छ ।
यदि इरान र पाकिस्तानबीच तनाव बढ्यो भने यसले चीन र रुस दुवैको समस्या बढाउनेछ । चीनले इरानमा अर्बौं डलर लगानी गरेको छ । चीन र इरानबीच अर्बौं डलरको सम्झौता पनि भएको छ । अमेरिकालाई हराउन चीन र इरानले हात मिलाएका छन् । उही समयमा, इरानले रूसलाई ठूलो मात्रामा किलर ड्रोन उपलब्ध गराएको छ जसको साथ उसले युक्रेनमा आक्रमण गरिरहेको छ। इरान र पाकिस्तानबीच तनाव बढ्यो भने रुस र चीनका लागि समस्या निम्त्याउन सक्छ ।
इरानले तीनवटा हवाई हमला गरेर आफ्नो शक्ति देखाएको छ । इराक, सिरिया र पाकिस्तानको सिमानामा रहेको इरानको रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले आक्रमण गरेको हो । यी आक्रमणहरूले इरान क्षेत्रीय सैन्य शक्ति बनेको देखाउँछ। आईआरजीसीले खुला धम्की दिएको छ कि मध्यपूर्वमा रहेको अमेरिकी अड्डाहरू साथै तेल अभिभ र हाइफामा रहेको इजरायली आधारहरू यसको ब्यालिस्टिक मिसाइलको दायरामा छन्।
मंगलबार उसले २४ घण्टाभित्र तीनवटा छुट्टाछुट्टै आक्रमण गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ ।  इरानले सोमबार पनि सिरियामा मिसाइल प्रहार गरेको थियो । आईआरजीसीका अनुसार उसले उत्तरपश्चिमी इदलिब प्रान्तमा इस्लामिक स्टेट र अन्य आतङ्ककारी समूहहरूको स्थानमा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको थियो।
इदलिब राष्ट्रपति बसर अल–असदको सरकार विरुद्ध १२ वर्षको युद्ध पछि सिरियाली विपक्षीहरूको अन्तिम गढ हो। रुस र इरानले राष्ट्रपतिको सरकारलाई समर्थन गरेका छन् । इदलिबमा इस्लामिक समूह हयात तहरीर अल–शर्मको प्रभुत्व रहेको छ, यद्यपि त्यहाँ आइएस र अल–कायदाको उपस्थिति छ।
यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।  महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह गरेको प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरेका छन् ।
महासचिव गुटेर्रेसले दुई देशबीचका सबै सुरक्षा चिन्ताहरूलाई सार्वभौमिकता, क्षेत्रीय अखण्डता र असल छिमेकी सम्बन्धका सिद्धान्तअनुसार शान्तिपूर्ण संवाद र सहयोगको माध्यमबाट सम्बोधन गर्नुपर्ने विषयमा जोड दिएका छन् ।
यी दुई शक्तिसम्पन्न राष्ट्रबीच युद्ध भयो भने नयाँ प्रलय मच्चिन सक्नेछ । किन कि पाकिस्तानको सबैभन्दा ठूलो शक्ति परमाणु बम हो भने  इरान ड्रोन र मिसाइलका  लागि बादशाह मानिन्छ । यद्यपि इरानसँग समेत गोप्य परमाणु रहेको अनुमान गरिन्छ ।
यस वाहेक  अमेरिकाका शीर्ष आणविक वैज्ञानिकहरुका अनुसार पाकिस्तानसँग हाल कूल १७० आणविक हतियार (वारहेड) छन् जुन देशको विशेष सैन्य आधारमा राखिएको छ। यदि पाकिस्तानले यसै गतिमा आफ्नो भण्डार बढाउने हो भने सन् २०२५ सम्ममा उसको आणविक हतियारको संख्या २०० पुग्न सक्छ ।
यस्तो अवस्थामा आणविक हतियार सम्पन पाकिस्तानसँग  इरानले निहुँ खोज्नुलाई तपाईले कसरी हेर्नु भएको छ ? आप्ना विचार अवश्य ब्यक्त गर्नुहोला  । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top