×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

एक शसस्त्र प्रहरीले नै पाएनन् न्याय

१२ माघ २०८०

१२ माघ,विराटनगर ।
शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रर्दशनकारीहरुबाट जलाइएको मोटरसाइकलको सरकारले क्षतिपूर्ति नदिएपछि धनुषाका एक शसस्त्र प्रहरी जवानले क्षतिपूर्तिका लागि गुहार लगाएका छन् ।

मधेश प्रदेशको धनुषा जिल्लास्थित हंसपुर नगरपालिका सुगानिकासस्थित प्रहरी कार्यालयमा गएको पुस ६ गते स्थानीयले आक्रमण गरेपछि शान्ति सुरक्षाका लागि शसस्त्र प्रहरीको सुरक्षा बेस सोनिगामाबाट गएको शसस्त्र प्रहरीको टोलीले प्रयोग गरेको निजी मोटरसाइकल स्थानीयले आगजनी गरेका थिए ।

शसस्त्र बेसमा सरकारी सवारी साधन नभएको अवस्थामा शसस्त्र प्रहरी निरिक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको टोलीले प्रयोग गरेको शसस्त्र प्रहरी जवान सुदीपकुमार साहको प्रदेश २–२–०२–००२ प ९८४७ नम्बरको मोटरसाइकल इलाका प्रहरी कार्यालयकै परिसर भित्र स्थानीयले आगजनी गरिदिएपछि क्षतिपूर्तिका लागि शसस्त्र प्रहरी बेस हुँदै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत गृहमन्त्रालयमा सिफारिस गरिएपनि अहिलेसम्म कुनै चासो नदिइएको प्रहरी जवान सुदिपले गुनासो गरेका छन् ।

नम्बर ८ गण धनुषा दरबन्दी भएका शसस्त्र प्रहरी जवान साहले आगजनीबाट पूर्ण नष्ट भएको मोटरसाइकल आफूले चलाएपनि आफ्नो दाजुको नाममा रहेको भन्दै आफुले २ वर्षको तलब जम्मा गरेर पनि बाइक किनेर दिन सकिने अवस्था नरहेको बताएका छन् ।

साहले भनेका छन्, सिपाइ मान्छे सुरक्षाका लागि जाँदा मोटरसाइकलमा आगजनी गरिदिए मैले २ वर्षको तलबले पनि मोटरसाइकल किन्न सक्दिन , यो कुरा माथिल्लो निकायले सुनिदियोस् । गएको पुस ९ गते भने स्थानीय सुगानिकासमा सोही स्थानमा शंकर ठाकुर र जय नारायणमण्डलबीच झगडा हुँदा जय नारायण घाइते भएका थिए । तर घाइतेलाई प्रहरी कार्यालय लगेर उपचारका लागि जनकपुर अस्पताल पठाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि जयनारायणलाई प्रहरीले नै नियन्त्रणमा लिएर थप कुटपिट गरेको र उपचारमा पठाउन ढिलाइ गरेको भन्दै २ सय जति स्थानीयले इलाका प्रहरी कार्यालयलाई घेराउ गरी ढुंगामुढा गरेपछि थप सुरक्षाका लागि शसस्त्र प्रहरी निरिक्षक लिम्बुको कमाण्डमा ६ जनाको टोली घटनास्थल पुग्दा प्रहरी जवान साहको मोटरसाइकल स्थानीयले तोडफोड गरी आगजानी गरिदिएका थिए । प्रहरी जवान साह अहिले धनुषाकै बेस क्याम्प सोनिगामामा कार्यरत रहेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top