NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

सोझै विश्वकप छनोट खेल्न नेपालले के गर्नुपर्छ ?

मङ्लबार फाल्गुन १ , २०८०
Reading Time: 1 min read
A A
सोझै विश्वकप छनोट खेल्न नेपालले के गर्नुपर्छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ फागुन,विराटनगर ।
आइसीसी क्रिकेट विश्वकप लिग २ सिरिज नेपालबाट सुरु हुँदैछ । विहीबार नेपाल र नामिबिया आमनेसामने भएसंगै लिग २ को २०२४–२७ को चक्र सुरु हुँनेछ । नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग–२ र टि२० त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

जेरार्ड एरास्मसको कप्तानीमा नामिबियाले बलियो टोली घोषणा गरेको छ । टोलीमा दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका स्टार अलराउन्डर डेविड विजा भने समावेश छैनन् ।

टोलीमा अन्य अधिकांश खेलाडी भने पछिल्लो पटक नेपाल भ्रमणमा आएका नै छन् । नामिबियाले भर्खर सम्पन्न यू १९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका युवा बलर ज्याक ब्रेसललाई टोलीमा समेटेको छ । उनले नामिबियाबाट यसअघि नै टि२०आई खेलिसकेका छन् ।

LS Auto

नेपालको टोलीमा आरिफ शेख, भीम सार्की, देव खनाल, कुशल भुर्तेल, रोहित पौडेल, अनिलकुमार साह, विवेक यादव, दिपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, पवन सर्राफ, रिजन ढकाल, आसिफ शेख, अर्जुन साउद, गुल्सन झा, ललित राजवंशी, प्रतिस जिसी, सोमपाल कामी र सुर्य गुरुङ रहने छन् ।

यो प्रतियोगिताका लागि १५ सदस्यीय स्क्वाड पहिल्यै घोषणा गरिएको थियो । उक्त स्क्वाडमा अनिल साह छैनन् । क्यानडाविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका देव खनाल पनि अनुपस्थित छन् । उनीहरू दुवैलाई रिजर्भमा राखिएको छ ।

लिग २ का लागि प्लेइङ ११ को छनोट गर्दा नियमित स्क्वाडमा रहेका १५ जनाभित्रबाट गर्नुपर्छ । उनीहरूमध्ये कोही खेलाडी घाइते भएको वा अरू विशेष कारणले खेल्न नसक्ने भएमा मात्रै रिप्लेसमेन्ट गरेर रिजर्भका खेलाडीलाई समावेश गर्न सकिन्छ ।

त्यसैले सामान्य अवस्थामा अनिल र देवले लिग २ खेल्न पाउँदैनन् । तर, उनीहरूले क्यानडाविरुद्ध गरेको प्रदर्शनका कारण दुवैलाई मुख्य स्क्वाडमा समावेश गर्नका लागि आइसीसीलाई क्यानले पत्राचार गरेको छ ।

तीन वर्षको अवधिमा ८ टोलीबीच हुने २४ त्रिकोणात्मक सिरिजले सन् २०२७ को विश्वकपअघि ग्लोबल क्वालिफायर्स खेल्ने बाटो खोल्नेछ । सन २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा हुँदैछ ।

क्यानडा, ओमन, स्कटल्याण्ड, यूएई, नेपाल, अमेरिका र नेदरल्याण्डसले लिग २ मा प्रतिस्पर्धा गर्दैछन् । यीमध्ये शीर्ष चारमा पर्ने टोलीले विश्वकपको ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछन् । यो लिगको वरीयतालाई पनि आइसीसीले एकदिवसीय मान्यताको आधार बनाउने गरेको छ ।

पछिल्लो संस्करणमा पनि नेपालले विश्वकम क्वालिफायर्स खेलेको थियो । उक्त क्वालिफायर्सबाट जिम्बावे, आयरल्याण्ड, वेष्ट इण्डिजजस्ता टेस्ट राष्ट्र विश्वकपमा छनोट हुन नसक्दा एसोसिएट टोली नेदरल्याण्डस् छनोट हुन सफल भएको थियो ।

आईसीसीले २०२७ सम्म चल्ने लिग–२ को शीर्ष चार टोली सोझै विश्वकप छनोट खेल्न पाउने बताएको छ । २४ वटा त्रिकोणात्मक सिरिजमा कुल १४४ खेल हुनेछन् । जसबाट शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । पुछारका चार टोलीले विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

विश्वकप च्यालेन्ज लिगबाट आउने शीर्ष चार टोलीसँगै पुन विश्वकप छनोटमा पुग्न प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्लेअफबाट भने एक टोलीमात्रै पुन विश्वकप छनोटमा पुग्नेछ । यसअघि २०१९ देखि २०२३ सम्मको लिग २ मा ७ टोलीको सहभागिता थियो ।

नेपाल, स्कटल्यान्ड र ओमानले शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेलेका थिए । तर यसपटक नेदरल्यान्ड्स पनि लिग २ मा आएको छ । नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो ।

लिग–२ मा क्यानडा, नामिबिया, नेपाल, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई र अमेरिका छन् । क्यानडा च्यालेन्ज लिगबाट प्लेअफ हुँदै ओडीआई मान्यता फिर्ता गर्दै आएको हो ।

विश्वकप छनोटमा लिग– २ का शीर्ष चार टोली, प्ले अफबाट आउने ४ टोली र ओडीआई वरियताबाट छनोट नभएका टोलीले प्रतिस्पर्धा गर्नेछन् । आईसीसीका अनुसार विश्वकप छनोटबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

आइसीसीका हेडअफ इभन्ट क्रिस टेट्लेले लिग २ क्रिकेट क्यालेन्डरको महत्वपूर्ण हिस्सा भएको भन्दै त्यसले टी २० विश्वकपका लागि पनि सहयोग पुर्याउने बताएका छन् । लिग २ खेलिरहेका धेरै टोली अमेरिका र वेष्ट इण्डिजमा हुने आउँदो टी २० विश्वकप पनि खेल्दैछन् ।

लिग २ सिरिजले एकदिवसीय खेलहरुसंगसंगै टी २० म्याचहरु प्नि अघिपछि गर्ने अवसर दिन्छ, उनले भनेका छन् । टेट्लेले भनेजस्तै नेपालले पनि लिग २ मा नामिबिया र नेदरल्याण्डससंग एकदिवसीय खेल खेलेपछि टी २० फम्र्याटमा पनि सिरिज खेल्ने तयारी गरेको छ ।

विश्वकप नजिकिँदै गर्दा टी २० फम्र्याटमा ढल्न नेपाललाई यसले सहयोग गर्ने देखिन्छ । यसैबीच नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले क्यानडासंगको खेलमा क्लिनस्वीपसंगै लिग २ अघि नेपालको कन्फिडेन्ट उच्च रहेको बताएका छन् ।

पौडेल भन्छन्, टी २० विश्वकप सुरु हुन चार महिना भन्दा कम समय छ र एकदिवसीय विश्वकप २०२७ को छनोट प्रक्रिया पनि सुरु भइसकेको छ । यो हाम्रो लागि उत्साहजनक छ ।लिग २ मा नेपालको पहिलो सिरिजको खेल तालिका अनुसार फागुन ३ गते नेपालले नामिबियासंग खेल्नेछ ।

त्यसपछि फागुन ५ गते नेदरल्याण्ड्ससंग खेल्नेछ । फागुन ७ गते भने नेदरल्याण्डस् र नामिबिया भिड्नेछन् । फागुन ९ गते फेरि नेपाल भर्सेस नामिबिया, ११ गते नामिबिया भर्सेस नेदरल्याण्डस्, १३ गते नेपाल भर्सेेस नेदरल्याण्ड्स बीचको खेल तय भएको छ ।

नेपालले खेल्न लागेका यी खेलहरुमा तपाईका सुझाव, टिप्पणी भए अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #विश्वकप छनोट#नेपाल टाइम्स् ट्रेडिंग#विश्वकप पुग्ने अवसर#क्रिकेट विश्वकप लिग २ नेपालमा

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.