×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

जीबीसँग पूर्वडीआइजी छविलालको छैन् कनेक्सन, घरपनि भाडामा

३ फाल्गुन २०८०

३ फागुन ,काठमाण्डौ ।

बहुचर्चित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले जिल्ला प्रहरी कार्यालय कास्की, सम्पत्ति शुद्धीकरण लगायतबाट अनुशन्धान भईरहेको छ भने यो विषय अदालतमा समेत विचाराधीन छ । अनुशन्धानकै क्रममा काठमाडौंस्थित पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको र त्याहाबाट सहकारीको सम्पूर्ण सर्बर फेला पारेको खबर बाहिरिएपछि यो घटनामा पूर्वडीआईजी जोशीको नाम समेत जोडिरहेका बेला जोशीले भने जीबी राई जोडिएको सहकारीमा आफ्नो कुनै सरोकार नरहेको दाबी गरेका छन् ।

जीबीले रकम हिनामिना गरेको आरोपमा अनुसन्धान चलिरहेको सहकारीको सामान आफूले नराखेको जोशीले बताएका छन् । नेचरहब्स कम्पनीमा पहिले आफू पनि संलग्न रहेको तर जीबी राईसँगको व्यापारिक साझेदारी तीन वर्षअघि नै छोडिसकेको प्रमाण पनि जोशीले नेपाल टाइम्सलाई उपलब्ध गराएका छन् । नेचरहब्सले नै आफ्नो शंखमूलस्थित घर दुई वर्षका लागि भाडामा लिएको बताएका छन् ।

नेपाल टाइम्ससँगको कुराकानीमा जोशीले भनेका छन्, ’मैले जीबी राईसँग नेचरहब्ससँगको साझेदारी २०७७ सालमै छोडेको हो । नेचहब्सले मेरो घर दुई वर्षका लागि भाडामा लिएको थियो । २०८१ मा सम्झौता सकिन्छ,’ यसको सम्पूर्ण प्रमाण मसँग रहेको छ । उनले भनेका छन् भाडामा दिएको घरमा के राखिएको छ भन्ने कुरा मलाई कसरी थाहा हुन्छ ।

उनले आफ्नो सालग्नता रहदै नरहेको विषयमा आफुसमेत मतियार रहे जसरी एकतर्फी रुपमा समाचार सार्वजनिक भएकोमा समेत आपत्ति जनाएका छन् । उनले आफू राष्ट्र सेवक नेपाल प्रहरीको पूर्व सदस्य भएकाले कुनै पनि गलत काम गरेको प्रमाणित भए दोब्बर सजाय भोग्न तयार रहेको बताएका छन् । राईले सहकारीको रकम लगानी गरेको भनिएको गोर्खा मिडिया ग्रुपबाट सञ्चालित ग्यालेक्सी टेलिभिजन पनि प्रसारण भएकै दिन आफूले छोडेको जोशीले बताएका छन् ।

गत माघ २५ गते जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मारेको थियो । काठमाडौँ महानगरपालिका वडा नम्बर १० स्थित जोशीको सो घरमा चार वर्षदेखि नेचर हर्ब्स कम्पनी प्रालिले कार्यालय राखेको छ । जोशीले कागज गरेर घर भाडामा दिएका थिए । प्रहरीले सहकारीका कागजात खोज्ने क्रममा घर छापा मारेको हो । छापा मार्नुअघि जिबीको योजनाअनुसार सहकारीका डाटा मेसिन त्यहाँ राखिएको थियो ।

नेचर हर्ब्समा जिबीकै लगानी छ । त्यहाँ कुमार रम्तेलकी श्रीमती कविता तामाङ्गले हेर्दै आएकी थिइन । सूर्यदर्शन सहकारी ठगीमा जेल परेका रम्तेलकी श्रीमती कविता पनि अहिले फरार छिन् । रम्तेल जिबीका अर्का पार्टनर हुन् । उनीहरुको योजनामा कवितामार्फत सहकारीका डाटा उक्त घरमा राखिएको थियो । शुरुमा स्वर्णलक्ष्मी सहकारीका म्यानेजर नविन अछामीले नेचर हर्ब्सकी कर्मचारी पुजना श्रेष्ठलाई सर्भर राखिदिन मौखिक आग्रह गरेका थिए ।

तर,उनले मानिनन् । त्यसपछि पुस १८ गते औपचारिक पत्र लेखेर सर्भर मेसिन राखिदिन पुनः दबाब दिएको देखिन्छ । नेचर हर्ब्सका प्रशासन विभाग प्रमुखलाई सम्बोधन गर्दै नवीनले लेखेको पत्रमा ’स्वर्णलक्ष्मी सहकारी लगायतका संस्थाहरुको डाटा सुरक्षणका लागि अत्यन्त जरुरी भएकाले सिस्टम रुममा सर्भर मेसिन राख्न मिल्ने स्थान उपलब्ध गराई दिनुहुन’ भन्ने व्यहोरा छ । नवीन जिबी अध्यक्ष रहेको स्वर्णलक्ष्मीका मेनेजर हुन् ।

 

जोशीले घर भाडावापत काठमाडौँ महानगर पालिकालाई तिरेको आयकरको रसिद पनि प्रमाण स्वरुप हामीलाई उपलब्ध गराएका छन् । उनले भनेका छन्, यसको सबै जिम्मा नेचर हर्ब्सले लिनुपर्छ ।’ यसबारे अनुसन्धान गर्न पनि उनले माग गरेका छन् । ’अहिले पनि राज्यको पेन्सन खाने मान्छे हुँ । दोषी भए मलाई दोब्बर सजाय होस् नत्र यसरी बदनाम गर्न पाइँदैन’, सहकारी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

जीबीराईसहित १४ जना भने अझै फरार छन्। सूर्यदर्शन सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३ जना र संस्था समेत गरी १८ जनाविरुद्ध पुरक जाहेरी समेत दिएका छन्। सहकारी ठगीका मुख्य नाइके भनिएका जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन्।

उनीविरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ। कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। यो मुद्दा अहिले कास्की अदालतमा विचाराधीन छ। सहकारी प्रकरणमा रविले पनि पटक पटक विभिन्न माध्यामबाट आफ्नो सम्लग्नता नरहेको भन्दै यसको छानविनमा सहयोग गर्ने बताउँदै आएका छन् ।

उनले सहकारीको घोटालाका मुख्य अभियुक्त मानिएका जीबीलाई सरकारले नै पक्राउ गर्न नचाहेको बताउँदै आएका छन् । जीबीविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भइसकेको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top