×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

प्यालेस्टाइनका प्रधानमन्त्रीले किन दिए राजीनामा ?

१५ फाल्गुन २०८०

१५ फागुन, एजेन्सी।
प्यालेस्टाइनी मन्त्रिपरिषदका सबै सदस्यले राजीनामा दिएका छन् । गाजामा चर्को संकटको समयमा केही गर्न नसकेको भन्दै प्रधानमन्त्रीसहित सबै मन्त्रीले राजीनामा दिएका हुन् । प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका हुन् । यो निर्णय गाजापट्टीमा प्यालेस्टाइनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमका कारण रहेको उनले बताएका छन् ।

श्तायेहको सरकार सन् २०१९ अप्रिलमा राष्ट्रपतिको आदेशद्वारा गठन गरिएको थियो । सरकारलाई प्यालेस्टाइनी मेलमिलाप र निर्वाचनको तयारीको जिम्मा दिइएको थियो । सोमबार लिखित रूपमै राजीनामा बुझाएको उनको भनाइ छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी हप्ताभित्र इजरायल र हमासबीच युद्धविराम हुने बताएका छन् ।

अमेरिकाको न्यूयोर्कमा भएको एक अन्तरक्रियात्मक कार्यक्रममा बाइडेनले युद्धविरामका लागि प्रयास जारी रहेको भन्दै आगामी सोमबारभित्र युद्धविराम हुने बताएको सीएनएनले जनाएको छ । बाइडेनले आफ्ना सुरक्षा सल्लाहकारले आफूहरु युद्धविरामको नजिक रहेको बताएको उल्लेख गर्दै उनले आउँदो सोमबारभित्र युद्धविराम हुने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकी अधिकारीहरुका अनुसार हमासको कब्जामा रहेका इजरायली बन्धकको रिहाइको सहमति भइसके पनि इजरायली सेना गाजाबाट फिर्ता हुने विषयमा कुरा मिल्न बाँकी छ । हालै फ्रान्सको राजधानी पेरिसमा अमेरिका, इजिप्ट र इजरायली खुफिया एजेन्सीका प्रमुखहरुबीच भएको छलफलमा हमासले इजरायली सैनिकको पूर्णफिर्तिलाई प्रमुख मुद्दा बनाएको बारे जानकारी गराइएको थियो ।

यसअघिको युद्धविराममा हमासले इजरायलमा रहेका प्यालेस्टाइनी बन्दीको रिहाइलाई आफ्नो मागका रुपमा अघि सारेको थियो। तर, अहिले इजरायली सैनिकको फिर्तीको मागले युद्धविराममा सहमति नजुटेको हो । इजरायल आफै भने युद्धविराम गर्न नचाहिरेको अधिकारीहरुले जनाएका छन् ।

इजरायलले गाजा पूर्णरुपमा हमासमुक्त बनाउने र नयाँ प्रशासनसहितको सहर बनाउने योजनामा जुटेको छ । लामो समयदेखि गाजामा इजरेली आक्रमणका कारण लाखौं मानिस विस्थापित भएका छन् भने २९ हजारभन्दा बढिले ज्यान गुमाइसकेका छन् । पछिल्लो तथ्याङ्कअनुसार त्यसयता इजरायली सेनाले गरेको आक्रमणमा २९ हजार ६९२ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ६९ हजार ८७९ जना घाइते भएका छन् ।

यसअघि इजिप्ट, कतार र संयुक्त राज्यले अमेरिकाले इजरायल र हमासबीच एकहप्ता लामो युद्धविराम मध्यस्थता गरेका थिए । सो युद्धविराममा प्यालेस्टिनी कैदीहरू र इजरायली बन्धकहरू आदानप्रदानका साथै गाजामा थप मानवीय सहायता वितरण गरिएको थियो।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top