×

NEPAL TIMES UPDATES

Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026

कडा सुरक्षा चिर्दै संसद्मा कसरी पसे लघुवित्त पीडितहरू ?

१५ फाल्गुन २०८०

१५ फागुन, विराटनगर ।
बानेश्वरस्थित संसद् भवनभित्र हिजो प्रवेश गरेर नाराजुलुस गरेका लघुवित्त पीडितलाई प्रहरीले म्याद थप्ने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीले कानुनबमोजिम सार्वजनिक स्थान तथा महत्त्वपूर्ण स्थानमा प्रवेश गरी हुलहुज्जत गरेकाले पक्राउ परेका उनीहरुलाई म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन्।

समितिलाई लघुवित्तका ऋणीहरू कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ–कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन भनिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार साँझ नै सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका थिए ।

यो घटनापछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी पनि खोसेको छ । यसैबीच प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि आजदेखि निषेध गरेको छ । सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।

त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ । त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ । सिंहदरबार र बानेश्वरका फुटपाथमा अघिल्ला दिनहरुमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।

उनीहरुले सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएको छैन । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन्। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सुरक्षा संवेदनशीलतालाई हेरेर तत्कालीन व्यवस्थापन गरिएको प्रतिक्रिया दिए ।

विगतमा फुटपाथ बन्द गरिएको भन्दै आलोचना भएपछि संसद् भवन अगाडिको फुटपाथ खुल्ला गरिएको थियो । अहिले त्यहाँ फुटपाथमा ब्लक राख्ने काम पनि चलिरहेको छ । त्यो काम पनि भइरहेका बेला मंगलबार उक्त क्षेत्रमा नयाँ डोरी टाँगिएको छ । अब पैदल यात्रीले संसद् भवन अघिको पैदल मार्गबाट हिँड्न पाउने छैनन् ।

विभिन्न असन्तुष्ट समूहले काठमाडौंका मुख्य स्थान केन्द्रित धर्ना, जुलुसलगायत विरोधका कार्यक्रम बढाएपछि जिल्ला प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने, सिंहदरबार बाहिरी क्षेत्र, शीतलनिवास, बालुवाटारलगायत अति विशिष्ट व्यक्तिका कार्यालय एवं निवास तथा आउजाउ हुने संवेदनशील ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

पुस ४ मा काठमाडौं प्रशासनले निषेधित क्षेत्र तोक्दा संसद् भवन बाहिरको भागलाई पनि समेटेको थियो । त्यसपछि यी स्थान तथा वरपर बाक्लो रूपमा प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गराइएको थियो ।

तर, अति संवेदनशील एवं सरकारबाटै निषेधित क्षेत्र तोकिएको स्थान हुँदै ठूलो समूहले प्रहरीलाई झुक्याई संघीय संसद् भवन छिरेर प्रदर्शन गरेको हो । संसद् भवन सुरक्षार्थ तैनाथ प्रहरीलाई छक्याउँदै प्रदर्शनकारीले नयाँ बानेश्वर पानीट्यांकीतर्फको गेटबाट भित्र छिरेर नाराजुलुस गरेका हुन ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दीपक थापाका अनुसार पानीट्यांकीतर्फको गेटमाथि दुई जना सेन्ट्री बसेका थिए । गेटमा दुई जना तैनाथ थिए । त्यही बेला एक जना प्रहरी काम विशेषले संसद् परिसरभित्र छिरेका बेला गेटको सुरक्षामा एक जना मात्र प्रहरी हुन पुगे ।

त्यही बेलामा यताउता छरिएर रहेका मानिसहरू एकत्रित भई गेटबाट सुरक्षाकर्मीलाई धकेलेर प्रवेश गरे । उनीहरूले संसद्को मुख्य भवन बाहिरको खुला स्थानमा नाराबाजीसहित प्रदर्शन गरे । संसद् भवन परिसरमा झन्डै तीन दर्जन प्रदर्शनकारीहरू प्रवेश गर्दा भित्र राष्ट्रिय सभाको बैठक चलिरहेको थियो ।

प्रदर्शनकारीहरूले संसद् भवनको मुख्य द्वारअघि नाराबाजी गरेर आफ्ना मागबारे सांसदहरूको ध्यानाकर्षण गराएका थिए । लघुवित्तका कारण आफूहरू मर्कामा परेको भन्दै विभिन्न जिल्लाबाट आएका दर्जनौँ मानिसहरूले गत सातादेखि राजधानीका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । यो घटनाले सुरक्षा कमजोरीलाई सतहमा ल्याएको छ ।

अर्कातर्फ यो घटनाले प्रदर्शनकारीहरू कसरी आफ्ना माग पूरा गर्न जस्तोसुकै जोखिम मोलेर पनि निषेध गरिएको ठाउँमा पुग्छन् भन्ने पक्ष उजागर गरिदिएको छ । संसद् भवन परिसरको सम्पूर्ण सुरक्षा कमान्ड नेपाल प्रहरीको हुन्छ । संसद्को हलभित्र सांसदको सुरक्षा भने संसद् सचिवालयमातहत रहने मर्यादापालकले गर्छन ।

संसद् परिसर क्षेत्रको सुरक्षाका लागि त्यहाँ इन्स्पेक्टरको नेतृत्वमा विशेष कार्यदलको एउटा टुकडी नै तैनाथ छ । संसद् भवन परिसरमा विशेष प्रवेशपास लिएर मात्रै प्रवेश दिइने व्यवस्था छ । प्रवेश गर्ने व्यक्तिहरूलाई पनि विशेष सुरक्षाजाँच गर्ने गरिएको छ । संसद् भवनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिने गरेका छन् ।

भवनभित्र प्रवेश गर्ने व्यक्तिहरूको चेकजाँच भने नेपाल प्रहरीले गर्दै आएको छ । त्यसलाई समेत छलेर प्रदर्शनकारी भित्र प्रवेश गर्नुले सुरक्षा अवस्था नाजुक देखाएको छ । संसद् भवन परिसरमा तीनवटा ढोका छन् । नयाँबानेश्वर चोकतर्फको दुई नम्बर गेटबाट उनीहरू प्रवेश गरेको प्रहरीले संसद् सचिवालयलाई जानकारी गराएको छ ।

उक्त ढोकाबाट सांसदहरूको आवतजावतका लागि मात्रै खोल्ने गरिएको छ । संसद् भवनभित्र आन्दोलनकारी प्रवेश गरेको घटना गम्भीर भएको भन्दै सभामुख देवराज घिमिरेले लघुवित्त ऋणीहरूको समूह हूलहुज्जतसहित प्रवेश गरेको र नाराबाजी गरेको विषयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग जानकारी लिएका छन ।

यस्तै संवेदनशील क्षेत्रमै यसरी प्रदर्शनकारी छिरेको घटना गम्भीर रहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा सावधानी अपनाउन पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले संसद् भवनको बाहिरी सुरक्षामा तैनाथ प्रहरीको टोलीलाई तानेर सोमबारै अर्को टोली खटाएको छ । यसबारे तपाईँ टिप्पणीहरु अवस्य अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top