NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स शनिबार भदौ २८ , २०८२
रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ? शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ? शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद् शनिबार भदौ २८ , २०८२
धेरै क्षेत्रमा हट्यो कफ्र्यु–निषेधाज्ञा,जनजीवन लयमा, अब सबै सच्चिऔं शनिबार भदौ २८ , २०८२
Next
Prev

समाचार

कडा सुरक्षा चिर्दै संसद्मा कसरी पसे लघुवित्त पीडितहरू ?

मङ्लबार फाल्गुन १५ , २०८०
Reading Time: 1 min read
A A
कडा सुरक्षा चिर्दै संसद्मा कसरी पसे लघुवित्त पीडितहरू ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ फागुन, विराटनगर ।
बानेश्वरस्थित संसद् भवनभित्र हिजो प्रवेश गरेर नाराजुलुस गरेका लघुवित्त पीडितलाई प्रहरीले म्याद थप्ने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीले कानुनबमोजिम सार्वजनिक स्थान तथा महत्त्वपूर्ण स्थानमा प्रवेश गरी हुलहुज्जत गरेकाले पक्राउ परेका उनीहरुलाई म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ ।

LS Auto

उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन्।

समितिलाई लघुवित्तका ऋणीहरू कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ–कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन भनिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार साँझ नै सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका थिए ।

यो घटनापछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी पनि खोसेको छ । यसैबीच प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि आजदेखि निषेध गरेको छ । सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।

त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ । त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ । सिंहदरबार र बानेश्वरका फुटपाथमा अघिल्ला दिनहरुमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।

उनीहरुले सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएको छैन । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन्। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सुरक्षा संवेदनशीलतालाई हेरेर तत्कालीन व्यवस्थापन गरिएको प्रतिक्रिया दिए ।

विगतमा फुटपाथ बन्द गरिएको भन्दै आलोचना भएपछि संसद् भवन अगाडिको फुटपाथ खुल्ला गरिएको थियो । अहिले त्यहाँ फुटपाथमा ब्लक राख्ने काम पनि चलिरहेको छ । त्यो काम पनि भइरहेका बेला मंगलबार उक्त क्षेत्रमा नयाँ डोरी टाँगिएको छ । अब पैदल यात्रीले संसद् भवन अघिको पैदल मार्गबाट हिँड्न पाउने छैनन् ।

विभिन्न असन्तुष्ट समूहले काठमाडौंका मुख्य स्थान केन्द्रित धर्ना, जुलुसलगायत विरोधका कार्यक्रम बढाएपछि जिल्ला प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने, सिंहदरबार बाहिरी क्षेत्र, शीतलनिवास, बालुवाटारलगायत अति विशिष्ट व्यक्तिका कार्यालय एवं निवास तथा आउजाउ हुने संवेदनशील ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

पुस ४ मा काठमाडौं प्रशासनले निषेधित क्षेत्र तोक्दा संसद् भवन बाहिरको भागलाई पनि समेटेको थियो । त्यसपछि यी स्थान तथा वरपर बाक्लो रूपमा प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गराइएको थियो ।

तर, अति संवेदनशील एवं सरकारबाटै निषेधित क्षेत्र तोकिएको स्थान हुँदै ठूलो समूहले प्रहरीलाई झुक्याई संघीय संसद् भवन छिरेर प्रदर्शन गरेको हो । संसद् भवन सुरक्षार्थ तैनाथ प्रहरीलाई छक्याउँदै प्रदर्शनकारीले नयाँ बानेश्वर पानीट्यांकीतर्फको गेटबाट भित्र छिरेर नाराजुलुस गरेका हुन ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दीपक थापाका अनुसार पानीट्यांकीतर्फको गेटमाथि दुई जना सेन्ट्री बसेका थिए । गेटमा दुई जना तैनाथ थिए । त्यही बेला एक जना प्रहरी काम विशेषले संसद् परिसरभित्र छिरेका बेला गेटको सुरक्षामा एक जना मात्र प्रहरी हुन पुगे ।

त्यही बेलामा यताउता छरिएर रहेका मानिसहरू एकत्रित भई गेटबाट सुरक्षाकर्मीलाई धकेलेर प्रवेश गरे । उनीहरूले संसद्को मुख्य भवन बाहिरको खुला स्थानमा नाराबाजीसहित प्रदर्शन गरे । संसद् भवन परिसरमा झन्डै तीन दर्जन प्रदर्शनकारीहरू प्रवेश गर्दा भित्र राष्ट्रिय सभाको बैठक चलिरहेको थियो ।

प्रदर्शनकारीहरूले संसद् भवनको मुख्य द्वारअघि नाराबाजी गरेर आफ्ना मागबारे सांसदहरूको ध्यानाकर्षण गराएका थिए । लघुवित्तका कारण आफूहरू मर्कामा परेको भन्दै विभिन्न जिल्लाबाट आएका दर्जनौँ मानिसहरूले गत सातादेखि राजधानीका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । यो घटनाले सुरक्षा कमजोरीलाई सतहमा ल्याएको छ ।

अर्कातर्फ यो घटनाले प्रदर्शनकारीहरू कसरी आफ्ना माग पूरा गर्न जस्तोसुकै जोखिम मोलेर पनि निषेध गरिएको ठाउँमा पुग्छन् भन्ने पक्ष उजागर गरिदिएको छ । संसद् भवन परिसरको सम्पूर्ण सुरक्षा कमान्ड नेपाल प्रहरीको हुन्छ । संसद्को हलभित्र सांसदको सुरक्षा भने संसद् सचिवालयमातहत रहने मर्यादापालकले गर्छन ।

संसद् परिसर क्षेत्रको सुरक्षाका लागि त्यहाँ इन्स्पेक्टरको नेतृत्वमा विशेष कार्यदलको एउटा टुकडी नै तैनाथ छ । संसद् भवन परिसरमा विशेष प्रवेशपास लिएर मात्रै प्रवेश दिइने व्यवस्था छ । प्रवेश गर्ने व्यक्तिहरूलाई पनि विशेष सुरक्षाजाँच गर्ने गरिएको छ । संसद् भवनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिने गरेका छन् ।

भवनभित्र प्रवेश गर्ने व्यक्तिहरूको चेकजाँच भने नेपाल प्रहरीले गर्दै आएको छ । त्यसलाई समेत छलेर प्रदर्शनकारी भित्र प्रवेश गर्नुले सुरक्षा अवस्था नाजुक देखाएको छ । संसद् भवन परिसरमा तीनवटा ढोका छन् । नयाँबानेश्वर चोकतर्फको दुई नम्बर गेटबाट उनीहरू प्रवेश गरेको प्रहरीले संसद् सचिवालयलाई जानकारी गराएको छ ।

उक्त ढोकाबाट सांसदहरूको आवतजावतका लागि मात्रै खोल्ने गरिएको छ । संसद् भवनभित्र आन्दोलनकारी प्रवेश गरेको घटना गम्भीर भएको भन्दै सभामुख देवराज घिमिरेले लघुवित्त ऋणीहरूको समूह हूलहुज्जतसहित प्रवेश गरेको र नाराबाजी गरेको विषयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग जानकारी लिएका छन ।

यस्तै संवेदनशील क्षेत्रमै यसरी प्रदर्शनकारी छिरेको घटना गम्भीर रहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा सावधानी अपनाउन पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले संसद् भवनको बाहिरी सुरक्षामा तैनाथ प्रहरीको टोलीलाई तानेर सोमबारै अर्को टोली खटाएको छ । यसबारे तपाईँ टिप्पणीहरु अवस्य अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

Tags: #जनतासँग डरायो सरकार#नेपाल टाइम्स् ट्रेडिंग#बानेश्वरमा हिँड्न पनि निषेध

लोकप्रीय

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२

विचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२

थप समाचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स
ताजा समाचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?
ताजा समाचार

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्
ताजा समाचार

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.