×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

रास्वपाले मागेको मन्त्रालय कुन–कुन हुन् ?

२२ फाल्गुन २०८०

२२ फागुन, काठमाण्डौ ।

नयाँ सत्ता समीकरणमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नालागि ४ मन्त्रालय मागेको छ । जसमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालयमा उसको दाबी छ । सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको रास्वपाले भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि मागेको छ ।

रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा छन् । निर्णय हुन बाँकी छ । “गृहसहित पर्यटन‚ भौतिक पूर्वाधार‚ सहरी विकास मन्त्रालय लिने विषयमा छलफल भइरहेको छ‚” उनी निकट एक नेताले भने । रास्वपाले गृह मन्त्रालय जुनसुकै हालतमा आफूले पाउनुपर्ने अडान राखेको छ ।

नेकपा (एमाले)को पनि यही अडान छ । यता हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि गृह मन्त्रालय नछाड्ने मनस्थिति बनाएका छन् । यसका लागि आज उनी एमाले अध्यक्ष केपी ओलीलाई मनाउँन भन्दै बालकोट पनि पुगेका थिए । गृह मन्त्रालय आफूलाई दिन प्रस्ताव गर्दै बालकोट पुगेका माओवादी केन्द्रका उपाध्यक्षलाई एमाले अध्यक्षले भने निराश पारेका छन् ।

उनले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बनाउनुपर्ने जवाफ दिएका हुन् । ओलीले गृह नै चाहिने भए रवि लामिछानेसँग कुरा गर्न पनि श्रेष्ठलाई सुझाए । गृह नपाइने जस्तो भएपछि श्रेष्ठले अर्थ मन्त्रालयको प्रस्ताव ओलीसमक्ष गरेका थिए ।

अर्थबारे प्रधानमन्त्री प्रचण्डसँगै कुरा गर्न भनेपछि श्रेष्ठ बालकोटबाट बाहिरिएका थिए । यता नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top