×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

रवि होमवर्क गर्दै, जनअपेक्षा कसरी पूरा गर्छन ?

२५ फाल्गुन २०८०

२५ फागुन , काठमाण्डौ ।
पार्टी भित्र र बाहिरबाट समेत सरकारमा जान नहुने सुझाव रहदा रहदै देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी आफूले रोजे अनुशारकै ४ मन्त्रालय लिएर सरकारमा गएको छ । पूराना नेतृत्वबाट परिवर्तन र जनताका अपेक्षा पूरा नहुने भन्दै बहुमतिसहितको सरकार बनाउने लक्ष्यका साथ मिसन ८४ चलाइरहेको दल अप्रत्यासित रुपमा सरकारमा गएपछि आशा र आलोचना दुवै बढेका छन् ।

जनताका यस्तै विभिन्न आशंकाहरुलाई सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मेट्ने प्रयास गरेका छन् । लामिछानेले आफू सरकारमा कामको चेकलिष्टसहित आएको तर केही समय होमवर्कमै रहेको दाबी गरेका छन्। बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका रवि लामिछानेले यस्तो दाबी गरेका हुन्।

गृहसहित चार मन्त्रालय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा गएपछि लामिछाने आफूसहित सबै मन्त्रीहरु चेक लिस्टसहित आएको दाबी गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘चेक लिस्टसहित आएका छौं। कम्प्रोमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौं।’

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिएर सरकारमा भएको छ। रास्वपा प्रचण्ड सरकारमा गएको भन्दै आलोचना भइरहेको बेलामा उनले कम्प्रोमाइज नहुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेको नेतृत्वमा विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र डिपी अर्याल सरकारमा सहभागी भएका छन्।

रवि गृहमन्त्री र अर्याल श्रम मन्त्रीमा दोहोरिएका हुन् भने विराज र सुमना पहिलो पटक सरकारमा सहभागि भएका हुन् । रवि जस्तै अन्य मन्त्रीहरुले पनि कर्मचारीहरुसँगको समन्यवयमा आगामी कार्ययोजना बनाउने बताएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा महत्वपूर्ण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको जिम्मेवारी पाएकी सुमना श्रेष्ठले कर्मचारीहरूसँग छलफल गरेर मात्रै कार्ययोजना बनाउने भएकी छन् ।

स्थायी सरकार ब्यूरोक्रेसी भएको भन्दै मन्त्री श्रेष्ठले पहिला टिमसँग छलफल गरेर मात्रै आफ्नो कार्ययोजना बनाउने बताएकी हुन् । ‘स्थायी सरकार भनेको ब्यूरोक्रेसी हो । पहिला टिमसँग बस्छु । अपडेट लिन्छु । बेसलाइन के हो ? थाहा पाउँछु । बेसलाइन थाहा पाएपछि सबैभन्दा पहिला के गरेपछि रिजल्ट आउँछ । त्यसपछि कार्ययोजना बनाउँछु’ मन्त्री श्रेष्ठले भनेकी छन् ।

केही दिनमा कार्ययोजना बनाएर त्यसपछि सार्वजनिक गर्ने उनको भनाई छ । उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्राथमिकतामा राखेर काम गर्ने समेत बताएकी छन् । अब सरकारको सजिलो बाटो नभएको तर, सबैको साथ, सहयोग र सहकार्यबाट सफलतामा पुग्न सकिने उनको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाबाट मन्त्री बनेकाहरुसँग उनीहरुले जनाएका प्रतिवद्धताकै आधारमा जनअपेक्षा बढेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top