×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

मोदीका कटु आलोचक केजरीवाल पक्राउ, के हो घोटाला प्रकरण ?

९ चैत्र २०८०

९ चैत , एजेन्सी।

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् । आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री आतिशीका अनुसार केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो।केजरीवाललाई निर्देशनालयको टोलीले बिहीबार साँझ ९ बजे दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको हो । साँझ ७ बजेर १० मिनेटमा केजरीवालको घरमा पुगेको निर्देशनालयको टोलीले उनीसँग २ घण्टा सोधपुछ गरेको थियो ।

Advertisement

उनलाई मदिरा नीति मुद्दामा पक्राउ गरिएको बताइएको छ । मन्त्री अतिशीले भने मुख्यमन्त्री केजरीवालले जेलबाटै भएपनि सरकार चलाउने बताएकी छन् । मुख्यमन्त्री केजरीवालको कानुनी टिमले भारतीय सर्वोच्च अदालतलाई यो घटनाको तत्काल सुनुवाइ गर्न माग गर्दै अपिल समेत जारी गरेको छ । यसअघि बिहीबार दिउँसो २ ः३० बजे उच्च अदालतले मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो।

केजरीवाल पक्राउ परेसँगै भारतमा चर्को प्रतिक्रिया उत्पन्न भएको छ । भारतमा आमनिर्वाचन सुरु हुन केही साता मात्रै बाँकी रहँदा सरकारको यो कदमलाई विश्लेषकले राजनीतिक प्रतिशोधका रुपमा ब्याख्या गरेका छन् । केजरीवाल भारतका चर्चित राजनीतिज्ञ हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक हुन् । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी ताकिरहेका मोदीले केजरीवाललाई पक्राउ गरेर आफ्ना विरोधीहरुलाई कडा सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।

मोदी सरकारको अनुदार र अतिवादी छविलाई यो घटनाले अझै धेरै प्रस्फुटन गरेको विश्लेषण पश्चिमी मिडियाहरूले गरेका छन् । भारतीय मिडियाहरू भने सधैँजस्तो मोदीकै प्रतिरक्षामा उभिएका छन् । केजरीवाल र उनको आम आदमी पार्टी (आप) माथि मदिरा नीति निर्माण गर्दा अनियमिता गरेको आरोप लगाइएको छ । उनले मदिरा डिलरहरुसँगै आर्थिक लेनदेन गरेर उनीहरूको स्वार्थमा काम गरेको भन्दै छानबिन सुरु गरिएको थियो ।

यद्यपि, केजरीवालले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् र उनको पार्टीले यो गिरफ्तारीमा राजनीतिक षडयन्त्र रहेको बताएको छ । यही विवादमा आपका अन्य दुई जना नेतालाई यसअघि नै गिरफ्तार गरिएको थियो । विजेपीका वरिष्ठ नेता रवि शंकर प्रसादले भने केजरीवाल पक्राउ पर्नु स्वभाविक भएको बताएका छन् । भ्रष्टाचारविरोधी अभियान चलाएर नै नै राजनीतिमा उदाएको हो केजरीवालको आम आदमी पार्टी ।

सन् २०१५ को चुनावमा आपले दिल्लीमा बहुमत ल्याउँदै सरकार बनाएको थियो भने पाँच वर्षपछि दोस्रो कार्यकालका लागि चुनाव जित्यो । १५ वर्षपछि दिल्लीलाई कांग्रेसको हातबाट खोस्दै केजरीवाल, जो एक पूर्व कर आयुक्त थिए, मुख्यमन्त्री बनेका थिए । भारतको मुख्य प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसले विजेपीमाथि कर विभागलाई प्रयोग गरेर आफ्नो पार्टीको वित्तीय प्रणाली अवरुद्ध तुल्याएको आरोप लगाएको केही घण्टापछि नै केजरीवाल गिरफ्तार भएका छन् ।

भारतका थुप्रै विपक्षी नेताहरूले केजरीवाल पक्राउको विरोध गरेका छन् । ‘एउटा त्रसित तानाशाह मृत प्रजातन्त्र सिर्जना गर्न चाहन्छ,’ राहुल गान्धीले एक्समा लेखेका छन् । यो मदिरा घोटाला प्रकरणमा आम आदमी पार्टीका अन्य दुई ठुला नेता मनिष सिसोदिया र सञ्जय सिंह यसअघि नै जेलमा छन् । सन् २०२१ को नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू ग¥यो ।

यसअन्तर्गत राजधानीमा ३२ क्षेत्र बनाएर प्रत्येक क्षेत्रमा बढीमा २७ वटा मात्रै मदिरा पसल खोल्न दिइनु पर्ने थियो । यसरी दिल्लीभर जम्मा ८४९ वटा मात्रै पसल खोलिनु पर्ने थियो । दिल्लीमा ६० प्रतिशत मदिरा पसल सरकारी र ४० प्रतिशत निजीस्तरमा खुलेका थिए । नयाँ मदिरा नीतिले दिल्लीका सबै मदिरा पसलहरूलाई निजी बनाई दियो । यसबाट ३५ अर्ब भारु फाइदा हुने सरकारको तर्क थियो ।

सो प्रकरणमा जुलाई २०२२ मा दिल्लीका तत्कालीन मुख्य सचिवले ‘अन्तःशुल्क नीति’मा अनियमितता भएकोबारे उपराज्यपाललाई एउटा प्रतिवेदन बुझाएका थिए । यस प्रतिवेदनले तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियामाथि नीतिमा अनियमितता गरेको र मदिरा व्यवसायीलाई अनुचित फाइदा दिएको आरोप लगाएको थियो ।

Advertisement

यही रिपोर्टको आधारमा उपराज्यपालले अन्तःशुल्क नीति (२०२१–२०२२) को कार्यान्वयनमा नियमहरुको उल्लंघन र प्रक्रियात्मक त्रुटिको हवाला दिँदै जुलाई २२ मा सीबीआई जाँचको सिफारिस गरियो । यस मामिलामा सीबीआईले सिसोदियासहित १५ जनाविरुद्ध एफआईआर दर्ता गरेको थियो । यसै आधारमा ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको थियो ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top