NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

मोदीका कटु आलोचक केजरीवाल पक्राउ, के हो घोटाला प्रकरण ?

शुक्रबार चैत्र ९ , २०८०
Reading Time: 1 min read
A A
दुई महिना निःशुल्क खाद्यान्न वितरण गर्ने दिल्ली सरकारको निर्णय
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ चैत , एजेन्सी।

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् । आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री आतिशीका अनुसार केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो।केजरीवाललाई निर्देशनालयको टोलीले बिहीबार साँझ ९ बजे दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको हो । साँझ ७ बजेर १० मिनेटमा केजरीवालको घरमा पुगेको निर्देशनालयको टोलीले उनीसँग २ घण्टा सोधपुछ गरेको थियो ।

उनलाई मदिरा नीति मुद्दामा पक्राउ गरिएको बताइएको छ । मन्त्री अतिशीले भने मुख्यमन्त्री केजरीवालले जेलबाटै भएपनि सरकार चलाउने बताएकी छन् । मुख्यमन्त्री केजरीवालको कानुनी टिमले भारतीय सर्वोच्च अदालतलाई यो घटनाको तत्काल सुनुवाइ गर्न माग गर्दै अपिल समेत जारी गरेको छ । यसअघि बिहीबार दिउँसो २ ः३० बजे उच्च अदालतले मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो।

Advertisement

केजरीवाल पक्राउ परेसँगै भारतमा चर्को प्रतिक्रिया उत्पन्न भएको छ । भारतमा आमनिर्वाचन सुरु हुन केही साता मात्रै बाँकी रहँदा सरकारको यो कदमलाई विश्लेषकले राजनीतिक प्रतिशोधका रुपमा ब्याख्या गरेका छन् । केजरीवाल भारतका चर्चित राजनीतिज्ञ हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक हुन् । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी ताकिरहेका मोदीले केजरीवाललाई पक्राउ गरेर आफ्ना विरोधीहरुलाई कडा सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।

मोदी सरकारको अनुदार र अतिवादी छविलाई यो घटनाले अझै धेरै प्रस्फुटन गरेको विश्लेषण पश्चिमी मिडियाहरूले गरेका छन् । भारतीय मिडियाहरू भने सधैँजस्तो मोदीकै प्रतिरक्षामा उभिएका छन् । केजरीवाल र उनको आम आदमी पार्टी (आप) माथि मदिरा नीति निर्माण गर्दा अनियमिता गरेको आरोप लगाइएको छ । उनले मदिरा डिलरहरुसँगै आर्थिक लेनदेन गरेर उनीहरूको स्वार्थमा काम गरेको भन्दै छानबिन सुरु गरिएको थियो ।

यद्यपि, केजरीवालले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् र उनको पार्टीले यो गिरफ्तारीमा राजनीतिक षडयन्त्र रहेको बताएको छ । यही विवादमा आपका अन्य दुई जना नेतालाई यसअघि नै गिरफ्तार गरिएको थियो । विजेपीका वरिष्ठ नेता रवि शंकर प्रसादले भने केजरीवाल पक्राउ पर्नु स्वभाविक भएको बताएका छन् । भ्रष्टाचारविरोधी अभियान चलाएर नै नै राजनीतिमा उदाएको हो केजरीवालको आम आदमी पार्टी ।

सन् २०१५ को चुनावमा आपले दिल्लीमा बहुमत ल्याउँदै सरकार बनाएको थियो भने पाँच वर्षपछि दोस्रो कार्यकालका लागि चुनाव जित्यो । १५ वर्षपछि दिल्लीलाई कांग्रेसको हातबाट खोस्दै केजरीवाल, जो एक पूर्व कर आयुक्त थिए, मुख्यमन्त्री बनेका थिए । भारतको मुख्य प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसले विजेपीमाथि कर विभागलाई प्रयोग गरेर आफ्नो पार्टीको वित्तीय प्रणाली अवरुद्ध तुल्याएको आरोप लगाएको केही घण्टापछि नै केजरीवाल गिरफ्तार भएका छन् ।

भारतका थुप्रै विपक्षी नेताहरूले केजरीवाल पक्राउको विरोध गरेका छन् । ‘एउटा त्रसित तानाशाह मृत प्रजातन्त्र सिर्जना गर्न चाहन्छ,’ राहुल गान्धीले एक्समा लेखेका छन् । यो मदिरा घोटाला प्रकरणमा आम आदमी पार्टीका अन्य दुई ठुला नेता मनिष सिसोदिया र सञ्जय सिंह यसअघि नै जेलमा छन् । सन् २०२१ को नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू ग¥यो ।

यसअन्तर्गत राजधानीमा ३२ क्षेत्र बनाएर प्रत्येक क्षेत्रमा बढीमा २७ वटा मात्रै मदिरा पसल खोल्न दिइनु पर्ने थियो । यसरी दिल्लीभर जम्मा ८४९ वटा मात्रै पसल खोलिनु पर्ने थियो । दिल्लीमा ६० प्रतिशत मदिरा पसल सरकारी र ४० प्रतिशत निजीस्तरमा खुलेका थिए । नयाँ मदिरा नीतिले दिल्लीका सबै मदिरा पसलहरूलाई निजी बनाई दियो । यसबाट ३५ अर्ब भारु फाइदा हुने सरकारको तर्क थियो ।

सो प्रकरणमा जुलाई २०२२ मा दिल्लीका तत्कालीन मुख्य सचिवले ‘अन्तःशुल्क नीति’मा अनियमितता भएकोबारे उपराज्यपाललाई एउटा प्रतिवेदन बुझाएका थिए । यस प्रतिवेदनले तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियामाथि नीतिमा अनियमितता गरेको र मदिरा व्यवसायीलाई अनुचित फाइदा दिएको आरोप लगाएको थियो ।

यही रिपोर्टको आधारमा उपराज्यपालले अन्तःशुल्क नीति (२०२१–२०२२) को कार्यान्वयनमा नियमहरुको उल्लंघन र प्रक्रियात्मक त्रुटिको हवाला दिँदै जुलाई २२ मा सीबीआई जाँचको सिफारिस गरियो । यस मामिलामा सीबीआईले सिसोदियासहित १५ जनाविरुद्ध एफआईआर दर्ता गरेको थियो । यसै आधारमा ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको थियो ।

Tags: #केजरीवाल पक्राउ

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.