नेपालमा विदेशी पर्यटक बढे ,सबैभन्दा धेरै  भारतबाट, चीनबाट कति आए ?

१८ चैत ८०, सोमबार

१९ चैत , काठमाण्डौ ।

यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको संख्या २८ हजार ७ सय ४१ ले बृद्धि भएको हो । यो कारोना महामारीपछि पर्यटक आगमनमा सुधार भएको हो ।

यसअघि सन् २०१८ को नोभेम्बरमा एक लाख ४७ हजार ८५९ पर्यटक नेपाल भित्रिएका थिए । तर, विश्वभरी नै कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प भएको थियो । गत वर्षको मार्चमा भने ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल आएका थिए । यो मार्चमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

मार्चमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । यस महिनामा भारतबाट ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट १२ हजार ९३ जनाले नेपाल भ्रमण गरेका छन् । तेस्रो स्थानमा रहेका यूएसएबाट १० हजार ७६३, चौथो स्थानमा रहेको यूकेबाट सात हजार २४१ पर्यटक नेपाल आएका छन् ।

श्रीलंकाबाट पाँच हजार ७४१, जर्मनीबाट चार हजार २५५, थाइल्यान्डबाट चार हजार ५६७, अस्ट्रेलियाबाट चार हजार ३४५ फ्रन्सबाट तीन हजार २४० र म्यानमारबाट तीन हजार १३१ पर्यटक नेपाल आएका छन् । क्षेत्रीय हिसाबले हेर्दा एसिया(सार्क) बाट ४० हजार ७२७, एसियाका अन्यक्षेत्रबाट २८ हजार ६४८, युरोपबाट २७ हजार ५८२, ओसनियाबाट ४ हजार ७८० र क्यानडा र अमेरिकाबाट १२ हजार ६१४ जना पर्यटक नेपाल आएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top