×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

मस्कले भारतमा ३ अर्ब डलरको कारखाना खोल्ने

२२ चैत्र २०८०

२२ चैत ,एजेन्सी।

विश्वकै शीर्ष धनाढ्य मध्येका एक एलन मस्कको इभी कार निर्माता अमेरिकी कम्पनी टेस्लाले भारतमा कारखाना स्थापना गर्ने भएको छ । टेस्लाले यसका लागि भारतमा यो महिना आफ्नो एउटा टिम पठाउने भएको छ । जसले भारतमा २ देखि ३ अर्ब डलरको कारखाना स्थापनाका लागि उपयुक्त ठाउँको पहिचान गर्नेछ । ब्रिटेनको फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार ईभी कार निर्माण कारखानाका लागि उक्त टीमको ध्यान महाराष्ट्र,गुजरात वा तमिलनाडु जस्ता अटोहब राज्यमा केन्द्रित हुन सक्छ ।

यी राज्यहरुमा बन्दरगाह पनि नजिक पर्ने भएकाले कारखानाका लागि यी स्थानहरु कम्पनीको रोजाइमा पर्ने सक्ने रिपोर्टमा उल्लेख गरिएको छ । भारतको केन्द्र सरकारले भारतलाई ईभी उत्पादनको हब बनाउनका लागि नयाँ ईभी नीतिलाई स्वीकृती प्रदान गरेसँगै टेस्लाले भारत प्रवेश गर्ने खबर बाहिरिएको हो । नयाँ ईभी नीतिमा कम्तिमा ४ हजार १५० करोड लगानीको प्रावधान राखिएको छ र अधिकतममा कुनै पनि सीमा तोकिएको छैन ।

नीतिका अनुसार विदेशी कार उत्पादन कम्पनीहरुले भारतमा व्यवसाय सुरु गर्नका लागि ३ वर्षभित्र भारतमा आफ्नो उत्पादन र ईभीको व्यवसायिक उत्पादन सुरु गर्नुपर्ने हुन्छ । मिडिया रिपोर्टका अनुसार टेस्लाले भारतमा ईभी कारका साथै ब्याट्री स्टोरेज सिस्टम पनि बनाउने र बिक्री गर्ने इच्छा जाहेर गरेको छ । कम्पनीले यसका लागि भारतीय अधिकारीहरु सामु प्रस्ताव पेश गरिसकेको छ ।

गत वर्ष टेस्ला कम्पनीका सीईओ एलन मस्कले भारतीय प्रधानमन्त्री एलन मस्कसँग भेटवार्ता गरेका थिए । उक्त भेटका क्रममा मस्कले भारत विश्वको अन्य ठूला देशहरुको तुलनामा अधिक सम्भावना भएको देश भएको बताएका थिर्ए । टेस्लाले सन् २०२२ मा नै भारत आउने इच्छा जाहेर गरेको थियो । टेस्लाले भारत सरकारलाई पूर्ण रुपमा एसेम्बल गाडीहरुमाथि लाग्ने गरेको आयात कर सय प्रतिशतबाट घटाएर ४० प्रतिशत कायम गर्न माग गरेको थियो ।

कम्पनीले आफूले उत्पादन गर्ने कार लक्जरी कारको श्रेणीमा नपर्ने भएकाले करमा छुटको माग गरेको थियो । कम्पनीले उत्पादन गर्ने कार ईभी श्रेणीमा पर्ने जनाएको थियो । नेपालमा पनि आसन्न लगानी सम्मेलनबाट विदेश लगानी भित्र्याउन सरकारले कानूनमा ब्यापार परिवर्तन गर्ने तयारी गरेको छ । आज मात्रै प्रधानमन्त्री पुष्पकमहल दाहाल प्रचण्डले लगानी सम्मेलनमार्फत धेरै लगानी ल्याउनको लागि कानून संशोधनलाई प्राथमिकतामा राखेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले नेपालका ऐन र कानूनी जटिलता भएकाले लगानीमा समस्या ल्याएको भन्ने विषय बाहिर गएको भन्दै लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह गर्न अध्यादेशबाट भएपनि अपरिहार्य र अनिवार्य रुपमा ऐनहरु संशोधन गर्नुपर्ने बताएका छन् । आगामी वैशाख १६ र १७ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा सरकारले विभिन्न देशका दर्जनौँ उद्यमी एवं सरोकारवालाहरु गरी ९०० भन्दा बढीलाई निमन्त्रणा पठाएको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top