२३ चैत , एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएका छन् । इजरायलले भविष्यमा गाजाका नागरिकहरुलाई देखाउने व्यवहारबाट इजरायलको समर्थन वा बिरोध गर्ने र त्यसका लागि अमेरिकाले नीति नै परिवर्तन गर्नेसम्मको चेतावनी बाइडेनले दिएका हुन् ।
इजरायलले मानवीयता बिर्सिएको खण्डमा अमेरिका इजरायलबिरुद्ध कदम चल्न बाध्य हुने भन्दै बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चेतावनी दिए । गाजामा सहयोग पु¥याउने मानवीय कामदारहरू र गाजामा समग्र मानवीय अवस्थामा इजरायली हमलाहरू अस्वीकार्य रहेको बताइडेनले बताएका छन् ।
इजरायली सेनाले सोमवार हवाई हमला गरेपछि गाजामा नागरिकहरूलाई खाना वितरण गर्न जाँदै गरेको परोपकारी समूह वल्र्ड सेन्ट्रल किचेनका सात सदस्यहरू मारिएका थिए ।