×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

‘क्वार्ज किष्टल’ बन्यो भगवती शिला, प्रधानमन्त्रीले गरे प्रतिस्थापन

२३ चैत्र २०८०

२३ चैत , काठमाण्डौ ।

गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सो ‘क्वार्ज किष्टल’ लाई गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गराएका हुन् ।

अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कुलदेवता मानेर पूजा गर्दै आएका थिए । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको सर्वपक्षीय बैठकले क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रुपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो ।

आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसरभित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरुले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेका थिए । भूगर्भविद्को टोलीले दुई दिन लगाएर उक्त परीक्षण गरेको थियो । विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो ।

परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गा ५२ किलो तीन सय ३० ग्रामको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिने आफू पहिलो प्रधानमन्त्री बनेको बताएका छन् । गोरखा दरबारको क्रिष्टल क्वार्ज प्रतिस्थापनपछि बोल्दै उनले अहिले आफू नयाँ ढंगले सुशासन प्रत्याभूति गराउँदै आमनेपालीहरुलाई सामाजिक न्याय दिने, समृद्धिको यात्रा सुरु गर्ने प्रक्रियामा अघि बढेको बताए ।

उनले भने, ‘यहाँहरुलाई थाहा छ, मैले गोरखा जिल्लाको जनप्रतिनिधिको रुपमा तेस्रो पटक देशको प्रधानमन्त्रीको जिम्मेवारीसहित तेस्रो पटक विश्वासको मत लिने झण्डै चौध महिनाको अन्तरालमा पहिलो प्रधानमन्त्री भए जस्तो लाग्छ ।’ उनले आफू गोरखाको ऐतिहासिकतालाई पनि अगाडि बढाउन केन्द्रित रहेको बताए । बुढीगण्डकी जलविद्युत आयोजना, गोरखकाली रबर उद्योग, विमानस्थललगायत विकास निर्माणमा आफ्नो विशेष ध्यान प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

यस्तो बताइरहदा गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले संसद पदबाट राजीनामा गरेर नयाँ निर्वाचन लड्नुपर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनौती दिएका छन्। गृह जिल्ला गोरखाका पत्रकारहरूसँग हिजो भएको भेटमा भट्टराईले एउटा पार्टीको मतले जितेर अर्को पार्टीसँग मिलेर प्रधानमन्त्री बन्नु अनैतिक हुने हुँदा पुनः चुनाव लडेर जितेर जान चुनौती दिएका छन् ।

एउटा पार्टीको भोट लिएर जितेपछि त्यो अवधिसम्म धोका दिनु नहुने उनको भनाइ छ। चुनाव जितेर गएदेखि फर्केर नआएकाले गोरखा २ का मतदाता प्रधानमन्त्री प्रचण्डसँग रुष्ट भइसकेको डाक्टर भट्टराईको आरोप लगाएको दोस्रो दिननै प्रधानमन्त्री गोरखा पुगेका हुन् ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top