×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

युरोपकै ठूलो जापोरिज्जिया पावर प्लान्टमा हमला,विस्फोट भए के हुन्छ ?

२६ चैत्र २०८०

२६ चैत , एजेन्सी ।

युक्रेनको जापोरिज्जिया पावर प्लान्टमा फेरि आक्रमण भएको छ । ड्रोन हमलापछि ‘ठूलो आणविक दुर्घटना’ हुने खतरा बढाएको छ । यसबारे संयुक्त राष्ट्रको आणविक निगरानी निकायले चेतावनीसमेत दिएको छ । रुसले तीन जनाको ज्यान जाने गरी भएको आक्रमणमा युक्रेनको हात रहेको दाबी गरेको छ । युक्रेनले यी आरोपहरूलाई अस्वीकार गरेको छ ।

६ रिएक्टर भएको युक्रेनको यो प्लान्ट अहिले रुसको नियन्त्रणमा छ र रुस–युक्रेन द्वन्द्वको अग्रपङ्क्तिमा छ । युरोपको सबैभन्दा ठूलो र विश्वको शीर्ष १० मा पर्ने यो संयन्त्रले युक्रेनको आणविक विद्युतको झण्डै आधा विद्युत उत्पादन गर्छ । जुन अहिले रुसको कब्जामा छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले बारम्बार यस्ता आक्रमणहरू विरुद्ध चेतावनी दिँदै आएको छ ।

आईएईएका प्रमुख राफेल ग्रोसीले आइतबारको ड्रोन हमला ‘प्लान्टलाई ध्यान नदिई लापरवाहीपूर्वक‘ गरिएको र अब ‘आणविक सुरक्षाको लागि खतरा बढेको’ बताएका छन् । दक्षिणी युक्रेनमा अवस्थित जापोरिज्जिया आणविक प्लान्ट युरोपको सबैभन्दा ठुलो प्लान्ट हो । सन् २०२२ मा युक्रेनमा हमला गरेपछि रुसले यसमा कब्जा गरेको थियो । जापोरिज्जियामा रहेको आईएईए टोलीले रिएक्टरसहित प्लान्टमा ‘ड्रोन हमलाको प्रभाव’ पुष्टि गरेको छ ।

प्लान्टका रुसी–स्थापित अधिकारीहरूले विकिरणको स्तर सामान्य रहेको र कुनै गम्भीर क्षति नभएको बताएका छन् । आईएईएले आणविक सुरक्षामा अहिलेसम्म कुनै क्षति नभए पनि यो घटनाले रियाक्टरहरूलाई कमजोर बनाएको र गम्भीर खतरा खडा गरेको चेतावनी दिएको छ । धेरै युक्रेनीहरुलाई अहिले जापोरिज्जिया केन्द्रमा भएका सैन्य गतिविधिले चेर्नाेविल आणविक केन्द्रमा भएजस्तै दुर्घटना दोहोरिने हो की भन्ने चिन्ताले सताएको छ ।

युक्रेनमै रहेको सोभियतकालिन चेर्नोविल आणविक संयन्त्र सन् १९८६ मा विस्फोट हुँदा युक्रेनको उत्तरी आकासमा विकिरण फैलाएको थियो । ‘आणविक संयन्त्रका रियाक्टरहरुलाई नियमित ठण्डा बनाइरहनु पर्छ । यदी रियाक्टरलाई चिस्याउन त्यसतर्फ पठाइएको पानीको धार बन्द गरियो, रोकियो वा घटाइयो भने रियाक्टर चिसो हुन पाउँदैन र त्यहाँस्थित इन्धन पग्लिन्छ । त्यसले उच्च दबाब सिर्जना गर्छ र अन्तत विस्फोट हुन्छ ।

रेडियोधर्मी विकिरण कुन दिशातर्फ बढि बहन्छ भन्ने कुरा त्यस समयको मौसमले पनि धेरै असर गर्छ । जापोरिज्जिया आणविक संयन्त्र युरोपको मध्य भागमा रहेकाले यो युरोपको सबै भागमा पुग्न सक्ने बताइँदैछ । केही विज्ञले भने रियाक्टर विस्फोट नभइकन पनि रेडियोधर्मी विकरिण संयन्त्रबाट चुहिन सक्ने र त्यसले पनि ठूलो असर गर्ने चिन्ता गरिरहेका छन् ।

आणविक संयन्त्र विष्फोट भए वा रेडियोधर्मी विकिरण चुहिए, लगत्तै अदृश्य रेडियोधर्मी बादल फैलिन थाल्छ । त्यसबाट बच्न ठूलो संख्यामा मानिसहरु त्यस क्षेत्रबाट बाहिरिनेछन् । उच्च परिणामको रेडियोधर्मी विकिरणको सम्पर्कमा आएका व्यक्तिमा तत्काल विषाक्त असर पर्छ । मध्यमस्तरको विकिरण विषाक्तताबाट पीडित मानिसहरु भने केही दिनदेखि हप्ता वा अझ महिनौपछि निको हुन्छन् ।

न्युन र मध्यमस्तरको विकिरणको सम्पर्कमा आएका मानिस रेडियोधर्मी विषाक्तताबाट मुक्त भएपछि उनीहरूलाई वर्षौं अझ दशकौंपछि क्यान्सर देखिन सक्छ । विकिरणको सम्पर्कमा आउनासाथ तुरुन्त मर्ने संख्या कम भए पनि यसका दीर्घकालिन असरहरू हुनेछन् । जसमा विभिन्न घातक रोग र विशेषत क्यान्सर रोगको सम्भावना पर्छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्न सैन्य सहायतालाई अनुमति नदिए किभले रुसविरुद्धको युद्ध हार्ने प्रतिक्रिया दिएका छन् । कांग्रेसमा रिपब्लिकनले महिनौँदेखि किभका लागि अर्बौँ डलरको सैन्य सहायतामा रोक लगाएपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन्। जेलेन्स्कीले सहायताबिना युक्रेनको अस्तित्व जोगाउन कठिन हुने बताए । युक्रेनले युद्ध हार्यो भने अन्य राज्यमा पनि हमला हुने उनले बताए ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top