×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

गुजरातको सानदार जितमा राजस्थानको पहिलो हार

२९ चैत्र २०८०

२९ चैत, एजेन्सी ।

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्र्तगत आज मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको चारमध्ये एक खेलमा मात्र मुम्बईले जित हात पार्न सकेको छ । बाँकी तीन खेलमा भने मुम्बई पराजित भएको छ ।

मुम्बईले सुरुको तीन खेलमा लगातार हारको सामना गर्नु परेको थियो । मुम्बई आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले र दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको थियो । मुम्बई आफ्नो तेस्रो खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा भने मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको थियो ।

बैंगलुरुले भने जारी सिजनको आईपीएलमा आफ्नो छैटौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको पाँचमध्ये एक खेलमा मात्र बैंगलुरु विजयी भएको छ । बाँकी चार खेलमा बैंगलुरुले नमिठो हारको सामना गर्नु परेको छ । बैंगलुरु आफ्नो पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग ६ विकेटले हारेको थियो । दोस्रो खेलमा भने बैगलुरुले पञ्जाब किङ्सलाई चार विकेटले हराएको थियो ।

त्यसपछि बैंगलुरु तेस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग सात विकेटले पराजित भएको थियो । यसैगरी बैंगलुरु आफ्नो चौथो खेलमा लखनउ सुपर जाइन्ट्ससँग २८ रनले पराजित भएको थियो । बैंगलुरु पाँचौँ खेलमा पनि राजस्थान रोयल्ससँग ६ विकेटले हारेको थियो । मुम्बई दुई अंकसहित तालिकाको आठौँ स्थानमा छ । समान अंक बटुलेको बैंगलुरु तालिकाको नवौँ स्थानमा आसिन छ ।

इन्डियन प्रिमियर लिगमा हालसम्म यी दुई टोलीबिच कुल ३२ खेल खेलिएको छ । ३२ मध्ये १८ खेलमा मुम्बई विजयी भएको छ । बाँकी १४ खेलमा बैंगलुरुले मुम्बईलाई हराएको छ । यसैबीच गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई पहिलो हार चखाएको छ । गुजरातले बुधबार भएको खेलमा राजस्थान माथि ३ विकेटको जित दर्ता गरेको हो ।

राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ३ विकेट गुमाएर भेट्टायो । अन्तिम ओभरमा १५ रन चाहिएकोमा रासिद खानले आवेश खानको पहिलो तीन बलमा ४,२ र ४ रन प्रहार गरे । चौथो बलमा उनले एक रन लिए भने पाँचौं बलमा ३ रन लिने क्रममा राहुल टेवाटिया रन आउट भए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रासिदले चौका प्रहार गरेपछि गुजरातले खेलमा रोमान्चक जित हासिल गर्यो ।

गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा सर्वाधिक ७२ रन बनाए । यस्तै ओपनर साई सुदर्शनले ३५ तथा रासिदले ११ बलमा २४ रन बनाए । टेवाटियाले २२ रन जोडे । राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए । आवेश खानले १ विकेट लिए । त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो ।

राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए । कप्तान संजु स्यामसनले ६८ रन जोडे । त्यस्तै यशसस्वि जैसवालले २४ रन बनाए । गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान १ विकेट लिए । जित पछि गुजरात ६ खेलमा ६ अंक सहित छैठौं स्थानमा छ । राजस्थान ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top