NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

आईपीएलमा अब दीपेन्द्रलाई कसैले रोक्न नसक्ने !

मङ्लबार बैशाख ४ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
आईपीएलमा अब दीपेन्द्रलाई कसैले रोक्न नसक्ने !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ वैशाख , काठमाण्डौ।
पहिलो पटक त्यो पनि दोहोर्याएर होइन तेहेर्‍याएर इन्डियन प्रिमियर लिग आईपीएल खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने अहिले क्रिकेट मैदान बाहिर छन् । सन्दीप पछि, न अघि कुनै पनि खेलाडीले आईपीएल खेल्ने अवसर अहिलेसम्म पाएका छैनन् ।

जारी १७ औं संस्करणका लागि नेपालबाट आधादर्जन खेलाडीहरुले नाम दर्ता गराएपनि उनीहरु अक्सनसम्म पुग्न सकेनन् । अन्र्तराष्ट्रिय जगतमा समेत विभिन्न कीर्तिमानसहित आफ्नौ छुट्टै क्षमता रहेका नेपाली खेलाडीहरुलाई आईपीएलबाट नजरअन्दाज गरिनु आईपीएलका लाखौं दर्शकहरु बनेका नेपालीहरुका लागि पक्कै पनि बिडम्बनाको विषय हो ।

LS Auto

तर यो अवस्था भोलिका दिनमा नदोहोरिने संभावना बढेको छ । कारण नेपालका विश्वकीर्तिमानी क्रिकेटर विश्वमाझ लोकप्रिय बनिसकेका छन् । ती मध्येका एक हुन् दिपेन्द्र सिंह ऐरी । उनले ब्याटबाट भर्खरै ओमानमा देखाएको जादुबाट हर कोही उनको फ्यान बनेको छ । नेपालमा मात्रै होइन क्रिकेटर, विश्लेषक, कमेन्टेटर, विशेष गरी भारतीय संचारमाध्यामहरुले ऐरीको खुलेर प्रशंसा गरेका छन् ।

हरेक भारतीय संचारमाध्यामहरुले दीपेन्द्रको ६ छक्कालाई खेलकुदको मुख्य समाचार बनाएका छन् । जारी आईपीएलमै ऐरीले ब्याटबाट देखाएको जादुको उदाहरण दिन थालेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारविरुद्ध शानदार जित निकाल्ने क्रममा दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले ।

उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए । पुरुष टी–२० क्रिकेटमा यो उपलब्धि हासिल गर्ने युवराज सिंह र केइरन पोलार्डपछि उनी तेस्रो खेलाडी बनेका छन् । युवराजले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध र पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए ।

दीपेन्द्रले आफ्नो इनिङ्समा कूल ३ चौका र सात छक्का हिर्काए । उनी एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रले यसअघि चीनमा भएको एसियन गेममा मंगोलियाविरुद्धपनि ६ बलमा ६ छक्का प्रहार गरेका थिए । यसकारण दुई पटक ६ बलमा ६ छक्का हान्ने दीपेन्द्र विश्वकै पहिलो ब्याट्सम्यान हुन् ।

उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने इतिहासकै तेस्रो खेलाडी भए भने सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं खेलाडी बनेका छन् । हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक एकै खेलाडीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ बल तथा एकै ओभरमा ६ छक्का हान्ने कीर्तिमान भारतका युवराज सिंहले बनाएका थिए ।

उनले सन् २००७ मा भएको विश्वकपमा इङ्ल्यान्डविरुद्ध उक्त सफलता हात पारेर विश्व कीर्तिमान बनाएका थिए ।उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ बलमा अर्धशतक बनाएर सबैभन्दा कम बलमा अर्धशतक पूरा गर्ने ब्याट्सम्यान बनेका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने दोस्रो खेलाडी थिए वेस्ट इन्डिजका कायरन पोलार्ड ।

पोलार्डले सन् २०२१ मार्चमा एन्टिगुवामा आयोजित टी–२० श्रृंखलाको खेलमा श्रीलंकाविरुद्ध उक्त सफलता हात पारेका थिए । त्यसयता गत अगष्ट २७ तारिखमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका थिए नेपालका दीपेन्द्रसिंह ऐरी । १९ औं एसियाली खेलकुदअन्तर्गत उनले मंगोलियाविरुद्ध उक्त सफलता हात पारेका थिए उनले यही खेलमार्फत ९ बलमा अर्धशतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा मान्यता प्राप्त सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान भने दक्षिण अफ्रिकाका हर्सल गिब्सको नाममा छ । गिब्सले नेदरल्यान्ड्सविरुद्ध सन् २००७ मा भएको विश्वकपमा उक्त सफलता हात पारेका थिए । त्यसपछि नेपालका दीपेन्द्रले शनिबार कीर्तिमान बनाएकै मैदानमा अमेरिकाका जसकरन मल्होत्राले तीन वर्षअघि पीएनजीविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गिब्स र जसकरनले मात्र एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । दीपेन्द्रले एक ओभरमा ६ छक्का हानेको समाचारलाइ अन्तराष्ट्रिय रुपमा आईसीसी, क्रिकइन्फोदेखि थुप्रै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कभर गरेका छन् । भारतका मिडियाले अझै बढी यसलाई प्राथमिकता दिए । यसले दीपेन्द्रका लागि आगामी दिनमा आईपीएलसहित अन्तराष्ट्रिय फ्रेन्चाईचको ढोका खुल्ने विश्वास लिइएको छ ।

Tags: #आईपीएलमा अब दीपेन्द्र#टाइगर दीपेन्द्र

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

सोमवार कार्तिक २६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.