NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

इँटाभट्टामा ह्दयविदारक नरसंहारः भट्टामा पोलेको प्रमाण भेटिएन ,अफताबलाई जन्मकैद

शुक्रबार बैशाख १४ , २०८१
Reading Time: 1 min read
A A
आलमको मुद्दामा आज सुनुवाइ हुँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ वैशाख , विराटनगर।

विश्वका क्रुर नेता एडल्फ हिटलर र उनको शासनकालमा भएको नरसंहार । इतिहासमा र अहिले पनि धर्मका नाममा भएका लडाइँहरुमा मानवहरुको विभत्स हत्या । इजरायल–हमास युद्धलाई एउटा ताजा उदाहरणका रुपमा हेर्न सकिन्छ । यस्तै राजनीति, शक्ति(त्यो वैध, अवैध जे पनि हुनसक्छ), सत्ता र सम्पत्तिका लागि अनि कतै सामाजिक प्रतिष्ठा र प्रतिशोषका लागि पनि हामीले हाम्रै समाज वा विश्वमा यस्ता कयौं विक्षिप्त पार्ने खालका र अकल्पनिय घट्ना देख्दै सुन्दै आएका छौं ।

यस्तै घटनाहरुमा आधारित वास्तविक वा काल्पनिक कथाहरु भएका सिनेमाहरु पनि खुबै चलेका छन् । तर विश्वमा कतै टाढा घटेका वा सिनेमामा देखाइएका यस्ता दृश्य जति डर लागे पनि चाखलाग्दो गरि हेर्ने गरिन्छ यस्तै प्रकृतिका घटना जब आफ्नै समाजमा, आँखै अगाडी, स्वयंमाथि, आफ्नै परिवारमाथि आइलागे के हुन्छ ? पक्कै पनि होसहवास् उड्छ । विक्षिप्त बनाउँछन्, अनि संसार नै सकिएको आभास हुन्छ ।

नेपाली समाज र विशेषगरि राजनीतिमा पनि यस्ता क्रुर र अकल्पनिय घटनाहरु नभएका होइनन् । ति घटनाहरुमा सबैभन्दा माथि छ रौतहटमा पहिले बम विस्फोट गरी नरसंहार अनि त्यसमा परेर घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा लगेर पोलेको विभत्स घटना । जो भन्दा, सुन्दा पनि मुट ढक्क भएर फुल्छ । कति ह्दयविदारक र आततायी थियो होला त्यो घटना ।

यसै घटना घटाएको अभियोगमा पुर्पक्षका लागि लामो समयदेखि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् । यद्यपि उनीमाथि पोलेको भन्ने अभियोग पुष्टि नभएको अदालतले फैसला गरेको छ । आलमसहित ४ जनालाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर ठहर गर्दै उक्त सजाय सुनाएको हो। यसमा घाइतेलाई इँटा भट्टामा लगेर पोलेको भन्ने अभियोग पुष्टि नहुने फैसला जिल्ला अदालतले गरेको छ। अदालतका तहसिलदार दुर्गाबहादुर कार्कीका अनुसार, सोही मुद्दामा उनका भाइ मोहम्मद महताब आलमले पनि जन्मकैदको सजाय पाएका छन्।

यो सजाय पाउनेमा अर्का अभियुक्त शेख सरोज भन्ने शेख सराज र बद्री सहनी पनि छन्। सहनी इँटा भट्टाका मुन्सी थिए। इँटाभट्टामै काम गर्ने मुक्ति साहले भने सफाइ पाएका छन्। फरार रहेका ६ जनाको मुद्दा मुल्तबीमा राख्ने निर्णय अदालतले सुनाएको छ। अभियुक्त फेला परेपछि उनीहरूको मुद्दा पनि ब्युँतिनेछ। यो मुद्दा २०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा घटेको हो ।

जतिबेला आलमले चुनावको नतिजालाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराउने योजना बनाएका थिए । र त्यसका लागि बम बनाउँदै गर्दा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सो बम विस्फोटको घटना सार्वजनिक हुने डरका कारण आलमले उक्त विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएर मारेको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो । २०६४ चैत २८ गते संविधानसभाको निर्वाचन हुँदै थियो ।

निर्वाचनको एक दिनअघि चैत २७ गते मौनअवधि शुरू भयो । सुरक्षा निकायलगायत सरकारी अधिकारी भोलिपल्ट हुने निर्वाचनको तयारीमा थिए । कांग्रेस नेता आलम रौतहट क्षेत्र नं. २ बाट उम्मेदवार बनेका थिए । उनलाई चुनाव जसरी पनि जित्नु थियो । त्यसका लागि बुथ कब्जा एक मात्र विकल्प थियो । त्यसैका लागि उनले बम बनाउने कालिगढ भारतस्थित बिहारबाटै ल्याएका थिए ।

बम बनाउने ठाउँ आफ्ना काका इद्रिसको गाईगोठ रोजिएको थियो । उनी पनि पूर्वसांसद थिए । जोरजाम गरिएका स्थानीय र बिहारबाट ल्याइएका युवाको सहयोगमा २७ चैत ०६४ को साँझ गोठमा बम बन्दै थियो । त्यही वेला अचानक बम विस्फोट हुन पुग्यो । केही युवा घटनास्थलमै ढले । घाइतेहरू ज्यान बचाउन भाग्न थाले । घटना बाहिरिने डरले आलमका सहयोगीले घाइते खोजी–खोजी समाते । अचेत हुने इन्जेक्सन दिए । बोरामा प्याक गरे । एक–एक गर्दै सबैलाई ट्रयाक्टरमा लोड गरे ।

सशस्त्र प्रहरीको स्कर्टिङ गाडीसँगै ट्रयाक्टरलाई आफताबका भाइ महताबले सञ्चालन गरेको इटाँभट्टा लगियो । बोरामा प्याक घाइतेलाई तातो भट्टीमा हालियो । घाइतेमध्ये केहीका शरीर भट्टीमा छिरेन । उनीहरूलाई बन्चरोले गिँडियो । टुक्रा गरी पुनः भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नस्ट गरियो । बम विस्फोटको १२ वर्षपछि रौतहट प्रहरीले घटनालाई नयाँ ढंगले अनुसन्धान ग¥यो ।

त्यो बम आलमले नै बनाउन लगाएको प्रहरी अनुसन्धानको निचोड थियो । घटना बाहिर आए आफूले चुनाव हार्ने र राजनीति नै धरापमा पर्न सक्ने देखेर आलमले घाइतेलाई जिउँदै जलाएको मृतकका परिवारहरुले बताएका थिए । सो घटनामा हत्या गरिएकामध्ये दुई जना, पिन्टु भनिने त्रिलोकप्रताप सिंह (२४) र ओसी अख्तर (२२) थिए । पिन्टुका बुवा श्रीनारायण छोरालाई प्रचार प्रसारका लागि नलैजान आग्रह गर्दा पनि जबरजस्ती लगिएको बताउँछन् ।

तर छोरा बेपत्ता भएपछि सोधीखोजी गर्दा केही पत्तो नलागेको उनको भनाइ छ । त्यसपछि श्रीनारायण न्यायका लागि गुहार माग्दै हिँडेका थिए । घटनापछि पीडितहरु जिल्ला प्रहरी कार्यालय पुगे पनि प्रहरीले जाहेरी लिनै मानेन । हत्याको दुई सातापछि श्रीनारायण र ओसी अख्तरकी आमा रुक्साना खातुनले २०६५ वैशाख ९ गते जिल्ला हुलाक कार्यालयमार्फत् आलमलगायत विरुद्ध जाहेरी दिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले वैशाख १० मै उक्त जाहेरी बुझेको जनायो, तर दर्ता गरेन । त्यसको आठ दिनपछि वैशाख १७ गते बल्ल जाहेरी दर्ता ग¥यो । तर गतिलो अनुसन्धान नहुँदा जिल्ला सरकारी वकिलको कार्यालयले आलमविरूद्ध मुद्दा नै नचल्ने निर्णय ग¥यो । त्यतिबेला आलम संविधानसभा निर्वाचनमा विजयी भइसकेका थिए । उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग नजिक थिए ।

सत्ता र शक्तिको प्रयोग गरेर उनले आफूविरूद्धको मुद्दा कमजोर बनाएको भन्दै त्यहीबेला पनि विरोध भएको थियो । त्यहीकारण सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयले २०६५ असार ३० गते उक्त घटनामा प्रमाण नपुग्ने निष्कर्ष निकालेर मुद्दा नचल्ने निर्णय गरेको थियो । जसबाट आलमले उन्मुक्ति पाएका थिए । राज्यशक्तिको दुरूपयोग गरेर आफूविरूद्ध मुद्दा नै नचल्ने निर्णय गराउन आलम सफल भए पनि जाहेरीकर्ता श्रीनारायण र रूक्सानाले न्यायको आशा मारिसकेका थिएनन् ।

मुद्दा नचलाउने निर्णयविरूद्ध पीडितहरू रिट लिएर २०६६ साउनमा सर्वोच्च पुगे । अधिवक्ता पुष्पराज पौडेलले पीडितको तर्फबाट सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । तर जाहेरीकर्तामध्यकी एक रूक्साना खातुनको रौतहटमै २०६७ सालमा गोली हानी हत्या गरियो । यसबाट अर्का जाहेरीकर्ता श्रीनारायण पनि त्रसित बने । तर उनी थाकेनन् ।

सर्वोच्चमा परेको रिटमा सुनुवाइ गर्दै २०६९ जेठ १६ गते तत्कालीन न्यायाधीश (पछि प्रधानन्यायाधीश) सुशीला कार्की र डा.भरतबहादुर कार्कीको संयुक्त इजलासले महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गरी गम्भीर रूपले शुरूदेखि नै अनुसन्धान गर्न आदेश दियो । तर सर्वोच्चले दिएको उक्त आदेश तीन वर्षसम्म कार्यान्वयनमा आएन । आदेश नै कार्यान्वयन नभएपछि जाहेरीकर्ताको तर्फबाट अधिवक्ता पौडेलले नै सर्वोच्चको फैसला कार्यान्वयन इकाईबाट पटक–पटक ताकेता गराएका थिए।

निरन्तरको ताकेताले पनि यस मुद्दाको प्रक्रिया अघि बढ्न सकेन । अदालतको आदेश कार्यान्वयन नगरेर अवहेलना गरिएको भन्दै अधिवक्ता पौडेल २०७२ जेठ १८ गते रिट लिएर पुनः सर्वोच्च पुगेका थिए । उक्त रिट हालेको चार वर्ष बितिसक्दासमेत कुनै आदेश हुन सकेको थिएन । तर २०७६ असार ६ गते सर्वोच्चका तत्कालिन न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सो हत्याकाण्डको अनुसन्धान गरी प्रतिवेदन बुझाउन आदेश ग¥यो ।

सर्वोच्चको आदेश पालना नगर्दा मुद्दा खेप्नु पर्ने त्रासका बीच तत्कालीन महान्यायाधिवक्ता, प्रहरी प्रमुखलगायत आदेश कार्यान्वयन गर्ने निष्कर्षमा पुगे । यही बेला रौतहट प्रहरीको कमान्ड सम्हाल्न पुगेका थिए तत्कालीन प्रहरी उपरीक्षक (एसपी) भुपेन्द्र खत्री । खत्री रौतहट पुगेलगत्तै आलमविरूद्धको मुद्दामा सर्वोच्चले गरेको आदेश र अनुसन्धानका कागजात अध्ययन थाले ।

अदालतको आदेशलाई कार्यान्वयनमा लैजानुपर्ने ठानेपछि उनकै नेतृत्वमा रौतहट प्रहरीले २०७६ असोज २६ गते आलमलाई पक्राउ गरेको थियो । सो बेला आलम पक्राउ परेर प्रहरीले गाडीमा हालेरै लैजादै गर्दा उनले प्रहरी अधिकारीलाई थर्काएको भिडियो पनि सामाजिक संजालमा निकै भाइरल भएको थियो ।

पछि प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएपछि २०७६ कात्तिक १८ गते आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणसम्बन्धी तीन वटा कसुरमा मुद्दा दायर गरिएको थियो । अदालतले मुद्दा दर्ता भएको ११ दिनपछि कात्तिक २९ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोही दिन रौतहटबाट काठमाडौँ ल्याइएका आलम त्यसयता आलम नख्खु कारागारमा थुनामा छन् ।

Tags: #इँटाभट्टामा ह्दयविदारक नरसंहार#अफताबलाई जन्मकैद#भट्टामा पोलेको प्रमाण भेटिएन

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

थप समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने
समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान
समाचार

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.