×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

जमानत जोगाउन नसकेका मिलन लिम्बूले साग बेचेरै जनताको सेवा गर्ने

१९ बैशाख २०८१

१९ वैशाख , काठमाण्डौ ।

इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा जितको दाबी गर्ने उम्मेदवार मध्येका एक हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू । तर उनले एमालेका सुहाङ नेम्वाङसँग चुनाव मात्रै हारेनन् जमानत समेत जोगाउन सकेनन् । मिलन र उनले चुनावको मुखमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि यो नतिजा अनपेक्षित थियो। तर दुवैले यसलाई स्वीकारेका छन् ।

Advertisement

रास्वपाले यसको समीक्षामा जुटेको छ । मिलन भने आफूले चुनावमा जनाएको प्रतिवद्धता वमोजिम नै कृषि कर्ममा लाग्ने घोषणा गरेका छन् । लिम्बुले अब साग पसल खोल्ने बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफूले निर्वाचनअगाडि पत्रकारसँग भनेको कुरा स्मरण गर्दै साग बेचेरै भए पनि जनताको सेवा गर्ने प्रतिबद्धता प्रकट गरेका हुन्।

‘निर्वाचनअगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो– पत्रकारिता छोडेर राजनीतिमा आउनुभयो। निर्वाचनमा सहभागी हुनुभएको छ, जित्नुभयो भने त सांसद बन्नुहुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ? मेरो जवाफ हुन्थ्यो– सांसद भए सदनमा जनताको आवाज उठाउने छु। नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु’, लिम्बुले लेखेका छन्, ‘आज पनि भन्छु– साग बेचेरै भए पनि जनताको सेवा गर्छु।’

अब आफू छिट्टै साग पसल खोल्ने तयारीमा लागेको उनको भनाइ छ। ‘हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ। यसका आधारभूत कामहरू सुरु भइसकेका छन्। किसानबाट संकलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ। यसका सम्भावित बजारबारे अध्ययन भएको छ’, उनले भनेका छन्, ‘हामी छिट्टै नै उत्पादन, संकलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ। छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ।’

उनले लेखेका छन्, प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका एउटा उम्मेदवारले ’साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ भन्दै गर्दा धेरैलाई अनौठो लाग्यो। जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम)का सम्भावनाहरू थाहै छैन। जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ। त्यसैले यो विषयलाई ‘ट्रोल’ बनाउने कोसिस भयो। त्यसमा भन्नु केही छैन। इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला हो। तर, यहाँको कृषिजन्य उत्पादनले उचित बजार पाएको छैन।

उत्पादन बढाउँदै बजारसम्म पु¥याएर कृषकको जीवनस्तर उकास्न थोरै भए पनि योगदान गर्नु छ। यो योजना अनुरूप मैले साग बेचेरै भए पनि जनताको सेवा गर्छु भनेको हुँ। उनले साग बेचेर के हुन्छ? भन्ने विषय पनि लेखेका छन्, हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पु¥याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुने छौँ ।

राजनीति पेसा होइन। राजनीतिलाई पेसा बनाउनु हुँदैन। म राजनीतिलाई पेसा बनाउने गलत प्रवृत्तिको पक्षमा छैन । त्यस कारण राजनीति मेरा लागि सेवा हुने छ, जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण मेरो पेसा हुने छ । यसै कर्मबाट नै इलामेली जनताको सेवा गर्ने छु। भन्दै आएको थिए– म अकबरे उम्मेदवार हुँ, म अलैँची उम्मेदवार हुँ म अम्लिसो उम्मेदवार हुँ ,म ओलन उम्मेदवार हुँ अर्थात् इलामका कृषक र कृषि उत्पादनको उम्मेदवार हुँ।

र, आज पनि भन्छु– साग बेचेरै भए पनि जनताको सेवा गर्छु। उपनिर्वाचनमा विजयी सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९४२ मत मात्र प्राप्त गरे । यस्तै पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिम ११ हजार ४५७ भोट ल्याएर तेस्रो हुँदा चौथो स्थानमा रहेका मिलनले ५ हजार ५० भोट प्राप्त गरे ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top