NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ? बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो बुधबार भदौ १८ , २०८२
पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै बुधबार भदौ १८ , २०८२
Next
Prev

समाचार

घाँटीको हड्डी बन्यो पोखरा विमानस्थल, आम्दानी चाराना खर्च बाराना

शुक्रबार जेष्ठ १८ , २०८१
Reading Time: 1 min read
A A
पोखरा विमानस्थलको ८४ प्रतिशत काम सकियाे, जनवरीदेखि उडान गर्ने तयारी

sf:sL, @# c;f]h . kf]v/fdf lgdf{0ffwLg /fli6«o uf}/jsf] kf]v/f If]qLo cGt//fli6«o ljdfg:ynsf] cfGtl/s tyf afXo 6ld{gn ejg . t:jL/ M s[i0f bjf8L, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ वैशाख, विराटनगर ।

व्यावसायिक उडान भरिरहेका, आशिंक सञ्चालनमा रहेका, निर्माणाधीन र बन्द भएकासमेत गरी अहिले देशमा ५६ विमानस्थल छन् । अझै तेह्थुम, धरान, धनकुटा, उदयपुरमा विमानस्थल थप गर्नुपर्ने आवाज उठिरहेको छ । तीनवटा अन्तराष्ट्रिय विमानस्थल रहेपनि २ वटा विमानस्थल निर्माण सम्पन्न भएर थन्किएपनि अझै बाराको निजगढमा विमानस्थल बनाउनुपर्नेमा नेता देखि सरकारसम्म जोड दिईरहेको छ ।

यस्तोमा चिनियाँ एक्जिम बैंकबाट ५ प्रतिशत ब्याजदरमा २८ अर्ब रुपैयाँ भन्दा बढी ऋण लिएर बनाएको पोखरा र आसपासको क्षेत्रको आर्थिक अवस्था नै कायापलट गराउँछ भन्ने विश्वास लिइएको पोखरा अन्तराष्ट्रिय नेपालका लागि घाँटीको हड्डी जत्तिकै बनेको छ । पछिल्लो समय चिनियाँ राजदूतले पोखरा विमानस्थलका लागि लिइएको ऋणको ब्याजदरका विषयमा एक पत्रकारले दिएको अभिब्यक्तिलाई लिएर आलोचना गरेपछि यसले धेरैको ध्यान खिँचेको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङ र पत्रकार गजेन्द्र बुढाथोकीबीच सामाजिक सञ्जालमा भएको विवादका कारण पोखरा विमानस्थल फेरि चर्चामा छ । बुढाथोकीले पोखरा विमानस्थलका लागि नेपालले पहिले उल्लेख गरेको ब्याजभन्दा बढी रकम चिनियाँ बैंकलाई तिर्नुपर्ने बताएका छन् । उनले नेपाल र चीनबीच भएको दस्तावेजमा पोखरा विमानस्थलका लागि कुल २१ करोड ५९ लाख डलर ऋण लिएको उल्लेख गरेका छन् ।

यस ऋणमा पहिले दुई प्रतिशत ब्याज तिर्नुपर्ने बताइए पनि अहिले सरकारी कागजातले नेपालले ५ प्रतिशत ब्याज तिर्नुपर्ने खुलासा भएको गजेन्द्रले बताएका छन् । पोखरा विमानस्थल तयार भए पनि हालसम्म यस विमानस्थलमा कुनै पनि व्यावसायिक उडान अवतरण नभएकाले नेपालले पैसा कमाउन सकेको छैन । योनेपालका लागि आम्दानी चाराना खर्च बाराना बनेको छ ।

यही अवस्था रहिरहने हो भने पोखरा विमानस्थल आर्थिक संकटको कारण बनेको छ । जापानी एजेन्सी जाइकाले यो विमानस्थल दुई चरणमा निर्माण गर्न ८५ मिलियन डलर खर्च हुने अनुमान गरेको थियो । सन् २०१३ मा नेपालले गरेको अध्ययनमा २२ करोड ८० लाख डलर खर्च हुने बताएको थियो ।

बुढाथोकीले सामाजिक सञ्जालमा ५ प्रतिशतको ब्याजदरको विषय उल्लेख गरेपछि उनलाई चिनियाँ राजदूत चेङ सोङले माफी माग्न भनेका छन् । त्यसमा गजेन्द्रले प्रमाण पेश गर्दै चीनले नेपाललाई ऋणको नाममा लुटिरहेको स्पष्ट पारेका छन् ।चीनले २ होइन ५ प्रतिशत ब्याज लिएको खुलासापछि नेपालका लागि चिनियाँ राजदूत छन् सोङले एक्समा पोष्ट गर्दै भनेका छन्, ‘हामी तपाईंलाई औपचारिक रुपमा माफी माग्न आग्रह गर्दछौं ।

त्यसमा गजेन्द्रले पनि उचित जवाफ दिँदै चिनियाँ राजदूतले मलाई धम्की नदिनु पर्ने बताएका छन् । चिनियाँ राजदूत छन् सोङले प्रमाण छ भने सार्वजनिक गर्न भनेका छन् । यदि तपाईंसँग प्रमाण छैन् र यसलाई फेला पार्न समय चाहिन्छ भने, तपाईंको नियत के हो? पहिले झूट फैलाउनुहोस्, त्यसपछि अफवाह शान्त हुनको लागि पर्खनुहोस् र त्यसपछि यसलाई उक्साउनुहोस्। त्यसपछि गजेन्द्रले पनि प्रतिवाद गर्दै सरकारको कागजात एक्समा राखिदिएका छन् । जहाँ चीनले सरकारलाई ५ प्रतिशत ब्याजमा ऋण दिएको स्पष्ट लेखिएको छ ।

प्रणय राणाले चिनियाँ राजदूतलाई खुलेर धम्की दिएको लेखेका छन् । यो कूटनीतिक मापदण्डभन्दा बाहिरको कुरा हो । कुनै पनि राजदूतले पत्रकारलाई आक्रमण गर्न एक्सको प्रयोग गर्नु हुँदैन। यदि तपाइँको कुनै चिन्ता छ भने, तपाइँ एक औपचारिक बयान जारी गर्न सक्नुहुन्छ वा नेपालको परराष्ट्र मन्त्रालयमा तपाइँको चासो राख्न सक्नुहुन्छ। सन् २०१३ को अगस्टमा एक चिनियाँ कम्पनीले यस परियोजनामा विमानस्थल निर्माण गर्न २६ करोड ४० लाख डलर लाग्ने बताएको थियो ।

चिनियाँ कम्पनीले पछि यसलाई बढाएर ३० करोड ५० लाख डलर पुर्यायो। यस विमानस्थलको खर्चको अनुमानमा नेपालले आपत्ति जनाएपछि चिनियाँ कम्पनीले खर्चको अनुमान ३० करोड डलरमा झारेको थियो । त्यसपछि नेपालले चीनको एक्जिम बैंकबाट २१ करोड ६० लाख डलर ऋण लिएको थियो । जसमा २५ प्रतिशत सहुलियत दर र २ प्रतिशत ब्याजदरमा ७५ प्रतिशत कर्जा दिइएको थियो ।

पोखरा विमानस्थल निर्माणको ठेक्का सन् २०१६ मा चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङलाई दिइएको थियो । सन् २०२३ मा तयार भई उद्घाटन भइसकेको यो विमानस्थल अहिले कुनै पनि उडान अवतरण हुन नसक्दा आर्थिक संकटमा परेको छ । यति मात्र होइन, नेपालले चिनियाँ ऋणमा २ होइन ५ प्रतिशत ब्याज तिर्नुपर्नेछ । यसैले यो विमानस्थल सेतो हात्ती बनेको छ ।

यति मात्र होइन,यस विमानस्थलको अर्को विवाद भनेको चीनले यसलाई बीआरआई परियोजनाको हिस्सा भनेको छ तर नेपालले अस्वीकार गर्दै आएको छ । यसअघि चिनियाँ राजदूतले त सार्वजनिक रुपमा नै पोखरा विमानस्थल बीआरआई अन्र्तगत रहेको बताएका थिए । पछिल्ला महिनाहरूमा नेपालले पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई आग्रह गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले नै चिनियाँ पक्षसँग पोखरा विमानस्थलको ऋणलाई अनुदानमा बदल्न आग्रग गरेका छन् । तर चिनियाँ पक्ष यसका लागि तयार देखिएको छैन् । गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सो ऋणलाई अनुदानमा परिणत गराउने वा त्यसका सर्तहरू बदल्ने प्रयास गरिएका थिए।

तीनमा अझै जवाफ नआइसकेको उल्लेख गर्दै नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले अहिलेकै परिस्थितिहरू कायम भयो भने प्राधिकरणको अन्य आम्दानीहरूबाट पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण तिर्न सक्ने अवस्था नरहेको बताएका छन् ।नेपालका दुई पोखरा र गौतमबुद्ध विमानसथलबाट अन्तराष्ट्रिय उडान सुरु हुन् नसक्नुमा भारत पनि त्यतिनै जिम्मेवार रहेको बताइन्छ ।

भारतले नेपाललाई आफ्नो निकटको छिमेकी भन्ने गर्छ र प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आफ्नो ‘छिमेक पहिलो विदेश नीति’ को प्राथमिकतामा काठमाण्डौं पनि रहेको बताउने गरेका छन् । यसैले उनले आफ्नो सपथग्रहणमा छिमेकी देशका सरकार प्रमुखलाई निमन्त्रणा गरेका थिए । तर यी दुई विमानस्थलका लागि भारतले हवाइ रुट दिएको छैन् ।

विज्ञहरू भने नेपालका उड्डयन क्षेत्रमा बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न पनि दिल्लीले हवाई रुटसहितका विषय अघि नबढाएको बताउँछन् । यसका लागि नेपाली पक्षले भारतसँग गम्भीर छलफल गर्न समेत सकेको छैन् । २८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएर पोखरा विमानस्थल निर्माण गरिएको छ। त्यसको ब्याज तिर्ने समय सुरु हुन लागिरहँदा त्यहाँबाट एकाधबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

यसैगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा मात्रै १० अर्ब २३ करोड रुपैयाँ भन्दा धेरै खर्च भएको छ। तर त्यहाँबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान भइरहेको छैन। यी दुवै विमानस्थलमा भारतबाट वा भारततर्फको उडान सुरु हुन सकेको छैन।विमानस्थलले कमाएर ब्याज पनि तिर्ने ढाँचामा सहमति गरिएको भए पनि एकाध चार्टरबाहेक नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ब्याज नागरिक उड्डयन प्राधिकरणले अघिल्लो वर्षबाट तिर्दै आएको छ।

उक्त ऋणको सावाँ ब्याज तिर्ने समयतालिका अघिल्लो चैतबाट सुरु भएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे चिनियाँ एक्जिम बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुसार सात वर्षको ग्रेस अवधि अर्थात कुनै पनि ब्याज तिर्नुनपर्ने समय सहित २० वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्छ।

सरकारले विक्रम संवत् २०८६ बाट साँवा र ब्याज दुवैको भुक्तानी गर्नुपर्ने हुन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले डेढदेखि दुई अर्ब रुपैयाँसम्म र जग्गा अधिग्रहणका लागि सरकारले थप आठ अर्ब रुपियाँसम्म खर्च गरेका बताइन्छ।

तर उक्त विमानस्थल सञ्चालनमा आएयता जम्मा सात वटा अन्तर्राष्ट्रिय उडान भएका छन् भने करिब चार लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । ऋण खोजेर बनाएका विमानस्थल ठप्प प्राय छन् । ब्याजसहित सावा तिर्न सुरु भईसकेको छ तर आम्दानी शुन्य बराबर छ । यसबारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #पोखरा विमानस्थलघाँटीको हड्डी बन्यो पोखरा विमानस्थल

लोकप्रीय

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२

विचार

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२

थप समाचार

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए
अन्तर्राष्ट्रिय

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो
ताजा समाचार

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै
अन्तर्राष्ट्रिय

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए
अन्तर्राष्ट्रिय

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.