×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

रघुवीरले ओलीलाई बजेट कम भयो भनेर पोल सुनाएपछि

२० जेष्ठ २०८१

२० जेठ , काठमाण्डौ ।

प्रतिनिधि सभामा आजदेखि आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमाथि छलफल सुरु भएको छ । अर्थमन्त्री वर्षमान पुनले आव २०८१–८२ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सो क्रममा उनले सीमित साधन स्रोतलाई जिम्मेवारीपूर्वक विनियोजन गर्ने प्रयत्न आफूले गरेको बताए ।

Advertisement

उनले बजेट बनाउँदै गर्दा स्रोतको निकै संकुचनको अवस्था रहेको पनि उल्लेख गरे । अर्थतन्त्र लयमा फर्किँदै गएको भए पनि अहिलेसम्म पूरै लयमा आइनसकेको र सरकारले मेहेनत गरिरहेको उनले बताए । मन्त्री पुनले निजी क्षेत्रको मनोबल उच्च हुने गरी आफूले बजेट ल्याएको दाबी गरे । बजेट अघि निजी क्षेत्रले मनोबल उकास्न सक्छ कि सक्दैन भन्दै खबरदारी र सुझाव दिने काम गरिरहेको उनले स्मरण गरे ।

अर्थमन्त्रीले आफूले मेहेनतका साथ बजेट ल्याएको बताइरहँदा यता सत्ता साझेदार सबैभन्दा ठूलो दल नेकपा एमालेले नै यसमा असन्तुष्टि जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले नै बजेट अर्थमन्त्रीको हो कि उनको दलको भन्दै प्रश्न गरेका छन् । ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्तो देखिएको टिप्पणी गरेका छन् ।

शनिबार एमाले संसदीय दलको बैठकमा ओलीले बजेटमाथि असन्तुष्टि पोखेका हुन् । सरकारमा सहभागी दलहरुसँग परामर्श नगरि बजेट आएको उनले यो अर्थमन्त्रीको बजेट हो ? भन्दै प्रश्न गरे । बजेटको निर्माण प्रक्रियामा नै कमी रह्यो, जसले गर्दा त्यो कमी नरहनु पर्दथ्यो, रहन जाँदा यसमा गम्भीर त्रुटीहरु रहे,’ ओलीले भने,’ हामीले समाजवाद निर्माणको बाटो लिएका छौं ।

त्यसका लागि समाजवाद निर्माणका आधारहरु तयार गर्ने, समाजवाद उन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरु, ती कुराहरु बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ ।’ तर माओवादी नेताहरु भने ओलीको भनाइलाई स्वीकार गर्न तयार छैनन् । माओवादी सचिव देवेन्द्र पौडेल सल्लाहमै बजेट आएको दाबी गर्छन् ।

पौडेल सल्लाह नगरी आएको भए भौतिक मन्त्रालयमा सबैभन्दा धेरै बजेट विनियोजन कसरी सम्भव भएको भन्दै प्रश्न गर्छन् । ओलीले रकम बाँडफाँटमा बजेट एकातिर ढल्किएको जस्तो आरोप लगाइरहँदा पौडेल भौतिक मन्त्रालयले गतवर्षभन्दा दोब्बर बजेट पाएको र उक्त मन्त्रालयको नेतृत्व गर्दै एमाले सरकारमा सहभागी भएको बताउँछन् ।

१ खर्ब १३ अर्ब रुपैयाँको सिलिङ पाएको मन्त्रालयले १ खर्ब ५० अर्ब रुपैयाँको बजेट पाएको छ । यातायात मन्त्री महासेठले आफ्नै क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढीको बजेट हालेका छन् । तर सिलिङभन्दा बढी बजेट पाउँदा पनि उनी खुसी छैनन् । उनले १ खर्ब ५५ अर्ब रुपैयाँ मागेका थिए । करिब ५ अर्ब रुपैयाँ कटौती भएको छ ।

उनले मागे जति बजेट नपाएको गुनासो एमाले अध्यक्ष ओलीसँग गरेका थिए । उनले एमालेले अघि सारेका ५ अर्ब जतिका कार्यक्रमको बजेट काटिदिएपछि ओलीसँग गुनासो गरेका हुन् । सरकारको नेतृत्व गरेका पार्टीका सचिव महासेठले गुनासो गरेपछि ओलीले त्यसलाई सार्वजनिक रुपमा अभिव्यक्त गरेका हुन सक्ने माओवादी नेताहरुको भनाइ छ ।

ओलीले चाहेका केही योजना छुटेका कारण पनि उनी रिसाएको हुन सक्ने माओवादी नेताहरु बताउँछन् । ओलीले ब्यक्तिगत रुपमा बजेट माओवादीतर्फ झुकेको टिप्पणी गरेपनि एमालेकै उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले भने बजेट संन्तुलित रुपमा आएको बताएका छन् ।

Advertisement

बजेटमाथिको छलफलमा भाग लिँदै पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताए । उनले २० खर्बको हाराहारीमा बजेट आउने बाहिर आशका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु पनि सन्तुलित आकारको बजेट आएको दाबी गरेका छन् ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top