NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए सोमवार असार २३ , २०८२
रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?   सोमवार असार २३ , २०८२
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी  सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

टी–२० विश्वकपः आज तीन खेल,को–को भिड्दैछन् ?

मङ्लबार जेष्ठ २२ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
टी–२० विश्वकपः आज तीन खेल,को–को भिड्दैछन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ जेठ, एजेन्सी ।

अमेरिका र वेस्टइन्डिजमा जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । जसमध्ये पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच गुयानास्थित प्रोभीडेन्स स्टेडियममा बिहान सकिएको छ । आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अफगानिस्तानले विजयी सुरुआत गरेको छ ।

अफगानिस्तानले दिएको १८४ रनको विशाल लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रन बनाएर अलआउट भएको थियो । त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदैछ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि शुरु हुने छ । त्यस्तै आज तेस्रो खेल समूह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुने छ ।

Advertisement

डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि शुरु हुने छ ।आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो ।

काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड्स भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड्स दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्ड्सले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।

विश्वकपअन्तर्गत अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । त्यसो त नेदरल्याण्ड्स पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्ड्सविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताए ।

नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो । त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्सविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपालले जितको लक्ष्यसहित खेल्ने बताएका छन् । यसैगरी यसपटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन् । उनी मात्र १८ वर्षका छन् ।अमेरिका र वेस्टइन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन् ।

त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् । विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’मा रहेका छन् । नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् । नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समयानुसार आज राति ९ः१५ बजे हुनेछ ।

त्यस्तै समूह ‘डी’मा नै रहेको दक्षिण अफ्रिकाले श्रीलङ्कालाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ ।यस्तै आज साबिक विजेता इङ्गल्यान्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दैछ । खेल बार्बाडसको ब्रिजटाउनस्थित केनसिङ्टन ओभल रङ्गशालामा राति २०ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा खेल्न लागिएको छैटौँ खेल हो ।

इङ्गल्यान्ड र स्कटल्यान्ड प्रतियोगिताको समूह ‘बी’ मा छन् । यो समूहमा यसअघि ओमान र नामिबियाबिच खेल भइसकेको छ । उक्त खेलमा नामिबियाले ओमानलाई ‘सुपर ओभर’ मा हराएको थियो । अस्ट्रेलिया पनि सोही समूहमा छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा इङ्गल्यान्ड तेस्रो स्थानमा आसिन छ । स्कटल्यान्ड भने पछिल्लो आईसीसी वरीयताको १४औँ स्थानमा छ । विश्व क्रिकेटमा धेरै कारणले यी दुवै फरक चरित्र बोकेका टोली हुन् ।

इङ्गल्यान्डले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । इङ्गल्यान्डको यो लगातार नवौँ सहभागिता हो । स्कटल्यान्डको भने टी–२० विश्वकपमा यो छैटौँ सहभागिता हो । विश्वकपको पहिलो संस्करणमा पनि स्कटल्यान्ड सहभागी थियो । यसैगरी क्रिकेटको जननी राष्ट्र मानिने इङ्गल्यान्डले हालसम्म दुईपटक टी–२० विश्वकपको उपाधि चुमिसकेको छ ।

इङ्गल्यान्ड टी–२० विश्वकपको साबिक विजेता पनि हो । सन् २०२२ मा सम्पन्न आठौँ संस्करणको फाइनलमा इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । इङ्गल्यान्डका अतिरिक्त वेस्ट इन्डिजले मात्र हालसम्म दुईपटक टी–२० विश्वकपको उपाधि उचाल्न सकेको छ ।

अर्कोतिर, स्कटल्यान्ड टी–२० विश्वकपको ‘सुपर–१२’ चरणभन्दा अगाडि बढ्न सकेको छैन । सन् २०२१ मा सम्पन्न विश्वकपमा स्कटल्यान्ड ‘सुपर–१२’ चरणमा पुगेको थियो । ‘सुपर–१२’ चरणमा भने स्कटल्यान्ड आफूले खेलेको पाँचवटै खेलमा पराजित भएको थियो । टी–२० विश्वकपमा इङ्गल्यान्डले हालसम्म कुल ४४ खेल खेलिसकेको छ । त्यसमध्ये इङ्गल्यान्ड २४ खेलमा विजयी र १९ खेलमा पराजित भएको छ ।

एक खेल भने अनिर्णीत रुपमा सकिएको छ । स्कटल्यान्डले भने विश्वकपमा हालसम्म १८ खेल खेलेको छ । स्कटल्यान्ड त्यसमध्ये पाँच खेलमा विजयी र १२ खेलमा पराजित भएको छ । स्कटल्यान्डको एक खेल भने अनिर्णीत रुपमा सकिएको छ ।इतिहास र तथ्याङ्कमा स्कटल्यान्डभन्दा इङ्गल्यान्ड निकै बलियो देखिन्छ । त्यसैले साबिक विजेता इङ्गल्यान्ड मंगलबारको खेलमा स्कटल्यान्डलाई हराउँदै नवौँ संस्करणमा सुखद सुरुआत गर्न चाहन्छ ।

तर, इङ्गल्यान्डको यो अभियानमा वर्षा बाधक बन्न सक्ने सम्भावना देखिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, मंगलबार बार्बाडसमा ७० प्रतिशत वर्षाको सम्भावना रहेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म इङ्गल्यान्ड र स्कटल्यान्डबिच एक खेल पनि खेलिएको छैन । त्यसैले यी दुई टोलीबिच पहिलो पटक भिडन्त हुन लागेको हो ।

यस्तै आज विहान भएको खेलमा समूह डीमा रहेको दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । न्यूयोर्कमा भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंका माथि ६ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको हो । ब्याटिङका लागि केही असहज रहेको पिचमा खेलाईएको खेलमा श्रीलंकाले दिएको ७८ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेटायो ।

जितमा दक्षिण अफ्रिकाका लागि क्विन्टन डीककले २० रन बनाए । यस्तै हेनरीक क्लासेन १९ रनमा अविजित रहे । श्रीलंकाका लागि वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा समेटिएको थियो । कुशल मेण्डिसले सर्वाधिक १९ रन बनाए । एन्जेलो म्याथ्युजले १६ तथा कामिन्दु मेण्डिसले १६ रन जोडे । दक्षिण अफ्रिकाका एनरिक नोर्टजे एक्लैले ४ विकेट लिए ।

सोमबरराती भएको खेलमा समूह ‘सी’मा रहेको अफगानिस्तानले विजयी सुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अफगानिस्तानले विजयी सुरुआत गरेको हो । अफगानिस्तानले दिएको १८४ रनको विशाल लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रन बनाएर अलआउट भयो । युगान्डाका रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् ।

युगान्डालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिए । यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । ओपनरद्वय गुर्बाजले ७६ र इब्राहिमले ७० रन बनाए । युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २÷२ र अलेपेश रमजानीले एक विकेट लिए ।

Tags: #worldcupspecial#टी–२० विश्वकप

लोकप्रीय

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२

विचार

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२

थप समाचार

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर
अन्तर्राष्ट्रिय

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.