×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026

भारतदेखि अमेरिकासम्मका ११ राजदूत फिर्ता,को को परे ?

२५ जेष्ठ २०८१

२५ जेठ ,काठमाण्डौ।

सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत र अमेरिकासहित ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । फिर्ता हुनेमा भारतका शंकर शर्मा, अमेरिकाका श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्यसमेत छन् ।

सञ्चारमन्त्री रेखा शर्माका अनुसार अमेरिका, भारत, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो । फिर्ता हुनेमा इजरालयकी कान्ता रिजाल, साउदी अरवमा नवराज सुवेदी, कतारका नरेश ढकाल, मलेसियाका डिल्लीराम पौडेल, डेनमार्कका रामस्वार्थ राय, स्पेनकी शर्मिला पराजुली, पोर्चुगलका शनिल नेपाल र दक्षिण कोरियाका डा. ज्योती प्याकुरेल समेत छन् ।

फिर्ता भएकामा नवराज सुवेदी र रामस्वार्थ राय जसपाको कोटाबाट राजदूत नियुक्त भएका थिए भने बाँकी काग्रेसकै कोटाबाट राजदूत नियुक्त भएका थिए । एमालेसँगको सहकार्यमा रहेको वर्तमान सरकारले राजदूतहरुलाई फिर्ता बोलाएको हो । एमाले सरकारमा सहभागी भएको तीन महिना पुगिसकेको र अघिल्लो सरकारको राजनीतिक नियुक्ति पुनरावलोकन नभएको भन्दै ओलीले प्रधानमन्त्रीसँग गुनासो गरेका थिए ।

आइतबारको भेटघाटमा पनि उनले यो कुरा दोहोर्याएपछि प्रधानमन्त्रीले ती राजदूतहरुको फिर्ताका लागि तयारी थाल्न परराष्ट्रलाई आग्रह गरेका थिए । सरकारमा दलहरुको गठबन्धन फेरिने बित्तिकै यसको असर राजदूतहरुमाथि पर्ने गरेको छ । यसअघि २०७८ मा पनि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूतलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो ।

तत्कालिन ओली सरकारले ११ जना राजदूत नियक्त गरेको थियो । तत्कालीन समयमा कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया) सुम्निमा तुलाधर (अष्ट्रेलिया) रमेशचन्द्र पौडेल (श्रीलंका), नारायणप्रसाद संग्रौला (म्यानमार) कुलप्रसाद नेपाल (ब्राजिल), सुमित्रा सुवेदी ( डेनमार्क) मेराज मुसलमान (साउदी अरेयिबा) र जंगबहादुर चौहानलाई (रसिया)बाट फिर्ता बोलाइएको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top