NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा शनिबार कार्तिक १ , २०८२
जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता शनिबार कार्तिक १ , २०८२
चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त शनिबार कार्तिक १ , २०८२
नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए शनिबार कार्तिक १ , २०८२
Next
Prev

समाचार

गेग्रानले पुरिएको मेलम्चीको हेडबक्स पहाडको खोँचमा सारिने

मङ्लबार असार ४ , २०८१
Reading Time: 1 min read
A A
आजदेखि मेलम्चीको पानी काठमाडौं आउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ असार, काठमाडौँ ।

मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ ।

मन्त्रीपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको हो ।

LS Auto

गत जेठ २४ गतेको मन्त्री परिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

सो निर्णयसँगै आयोजनाले असार मसान्तभित्र सम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनौटका लागि इओआई निकाल्ने गरि तयारी अघि बढाएको आयोजना प्रमुख रत्न लामिछानेले जानकारी दिएका छन् ।

२०७८ साल असार १ गते आएको बाढीपहिरोले हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यसलगत्तै हेडबक्स वरपरको गेग्रान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो ।

अहिलेको हेडबक्सको क्षेत्र नजिकै सधै पहिरो बगिरहने ठूलो पहाड रहेको छ । विषय विज्ञहरुबाट गराइएको विभिन्न अध्ययनहरुले हेडवक्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडबक्स सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ ।

दातृ निकाय एशियाली विकास बैंकले २ वर्षअघि नै हेडबक्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिएको भएपनि सरकारले केही दिनअघि मात्रै यसमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । हेडबक्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन ।

हेडबक्सका पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रवन्ध गरी गेग्रान छानेर पानी पठाउन सक्ने अवस्था नभएपछि विज्ञसँगको लामो परामर्श पछि आयोजनाले हेडबक्सलाई झन्डै १ हजार मिटर माथि सार्ने भएको हो ।

दुईवटा पहाडका बीच खोचमा सार्न लागिएको हेडबक्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्त भित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी दिएका छन् ।

पुरानो हेडबक्स भन्दा झन्डै १ हजार मिटर दूरी अगाडि (माथि) बनाउन लागिएको हेडबक्सका लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाले गरेको छ ।

असार भित्रै हेडबक्सको डिपिआरका लागि परामर्शदाता छनौट गर्न सूचना प्रकाशित गर्ने तयारी गरेको आयोजनाले समयमै काम सम्पन्न भएमा ४ वर्ष भित्र हेडबक्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण गरेको छ ।

मेलम्ची परियोजनासँगै याङ्ग्री र लार्के खोलाको पानी पनि हेडबक्समार्फत नै सुरुङमा पठाइने हुँदा झण्डै याङ्ग्री र लार्के परियोजनाको डिपिआर पनि संगै गरिने प्रमुख लामिछानेले जानकारी दिएका छन् ।

हेडबक्स सारेपनि त्यस भेमाथाङ विपत्तिको क्षेत्र भएकाले मेलम्ची, याङ्ग्री र लार्के परियोजना सम्पन्न गर्न अझै पनि कम चुनौतीपूर्ण छैन । दोस्रो चरणको परियोजना अन्तर्गत याङ्ग्री र लार्केको पानी नदीमा मिसाएर हेडबक्स हुँदै काठमाडौँ ल्याउने सरकारको योजना थियो ।

तात्कालिन समयमा प्राविधिक हिसावले यी दुई खोलाको पानी मिसाउन सकियोस् भनेर हेडबक्स हेलम्बुको पुछारमा बनाइएको थियो । हेडबक्सलाई पानीसँग सम्बन्धित संरचनामा प्राथमिक गेटवे मानिन्छ ।

पानी जम्मा हुने, थिग्रिने, बालुवा तथा ढुंगा छानिने लगायत संरचनाहरु हेडबक्स भित्र रहने गर्दछ । पहिला हेडबक्स बाहिर राखिएको थियो भने अबको संरचना टनेल भित्र नै राख्ने गरी व्यवस्थापन गरिने आयोजनाले जनाएको छ ।

हेडबक्स प्रयोगमा भएको संयन्त्रले बार्षाद्को समयमा पानीमा मिसिएर आउने बालुवालाई छान्ने गर्दछ । भेमाथाङ क्षेत्रमा आएको बाढीले आयोजनाको मुख्य हेडबक्स क्षेत्रमा ठूलो नोक्शान पु¥याएको थियो । त्यहाँ रहेका १९ गेटमध्ये दुई गेट मात्रै खोलेर अहिले काठमाडौंमा पानी ल्याइएको छ ।

मेलम्चीको बाढी आउनु एक वर्षअघि २०७७ चैतमा काठमाडौंमा पानी ल्याइएको थियो । सञ्चालनमा ल्याउने तयारीकै बीच बाढीका कारण हेडबक्स पुरिएपछि हिउँदको समयमा मात्रै वैकल्पिक टनेल बनाएर काठमाडौंमा पानी पठाउँदै आएको आयोजनाले वर्षा हुने क्रम बढ्दै गएपछि बिस्तारै बन्द गर्ने तयारी गरेको छ ।

यसअघि असार १ गते देखि काठमाडौं पठाउदै आएको पानी वितरण रोक्ने बताइएको थियो तर वर्षा र जोखिमलाई आँकलन गरेर मात्रै पानी बन्द गर्ने तयारी गरेको आयोजनाले अहिले नै पानी रोकिसकेको छैन् ।

Tags: #मेलम्ची खानेपानी आयोजना#मेलम्चीको हेडबक्स

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२

विचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप
ताजा समाचार

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता
अन्तर्राष्ट्रिय

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
चीनले माटोबाट पानी बनायो
अन्तर्राष्ट्रिय

चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त

शनिबार कार्तिक १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.