×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

कोशीका सरकारी कार्यालयमा लेखाको काम ठप्प, कर्मचारीको पेनडाउन

७ असार २०८१

६ असार, विराटनगर । प्रदेश निजामती सेवा ऐनको पहिलो संशोधनबाट कर्मचारीको बृत्तिविकासका लागि बढुवाको ढोका बन्द भएको लगायतका विषयमा असन्तुष्टि जनाउँदै कोशी प्रदेशका लेखा समूहका कर्मचारीहरु आन्दोलित भएका छन् ।

पटक पटक मुख्यमन्त्री, प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री तथा सचिव लगायतलाई आफ्ना मागका विषयमा ध्यानाकर्षण गराएपनि सम्बोधन नभएको भन्दै प्रदेशका १४ जिल्लामै कार्यरत २५० भन्दा बढी लेखा समूहका कर्मचारीहरु आन्दोलित भएका हुन् । उनीहरुले बिहीबार हातमा कालोपट्टी बाँधेर पेनडाउन गरेका छन् ।

Advertisement

माग सम्बोधन नगरे प्रदेशभरका सरकारी कार्यालयहरुमा लेखाबाट हुने सम्पूर्ण काम बन्द गर्न बाध्य हुने उद्योग कृषि तथा सहकारी मन्त्रालयको लेखा अधिकृत मुना दाहाल भट्टराईले बताइन्

लेखाका कर्मचारीहरुले शुक्रबार समेत कामठप्प पारी कालोपट्टी बाधेर आन्दोलनलाई निरन्तरता दिने उनले बताएकी छन् ।

भट्टराईले बुधबार मात्रै कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई प्रदेश निजामति सेवा ऐनको पहिलो संशोधनबाट लेखा समूहका कर्मचारीहरुलाई पर्ने समस्याका बारेमा ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएपछि बाध्य भएर पेनडाउन गर्नु परेको जानकारी दिइन्

डिल्ली प्रसाद संजेलको अध्यक्षतामा रहेकोे कोशी प्रदेश लेखा समूहले प्रदेश निजामती सेवा ऐन २०७९ को पहिलो संशोधन २०८० को दफा ७ को उपदफा ४ वमोजिम दरबन्दी स्वीकृत गर्दा विभिन्न सेवामा आठौं तहमा कार्यरत कर्मचारी नवौं तहमा बढुवा हुन्का लागि सम्बिन्धत सेवाका कर्मचारीको संख्याको अनुपात र कार्यबोझ समेतलाई आधार मानी यो ऐन प्रारम्भ भएपछि व्यवस्थापन र सर्वेक्षण स्वीकृत गरी दरबन्दी स्वीकृत गरेर प्रदेश सरकारले सवै सेवाका नवौं तहमा पदपूर्ति गर्नेछ भन्ने व्यवस्था रहेकोमा प्रदेश लोकसेवा आयोगले नवौं तहको विभिन्न पदमा बढुवा तथा खुला पदमा विज्ञापन गरेपछि लेखा समूहमा कार्यरत कर्मचारीहरुको नवौं तहमा बढुवाको कुनै संभावना नदेखिएको बताएको छ ।

यसका लागि अहिलेको विज्ञापनलाई स्थगन गरी प्रदेश निजामति सेवा ऐनमा रहेको नवौं तह प्रशासन सेवाको समूह हटाइ प्रशासन सेवा मात्रै कायम गरी बढुवाको समान अवसर प्रदान गर्नेगरी ऐन नियम सुधार गरी विज्ञापन प्रक्रियामा समेत समावेश गरी बढुवा प्रक्रिया सुचारु गर्न माग गरिएको छ ।

प्रदेश लोकसेवा आयोगले भने गत वर्षको चैत २६ गते नवौं तहको विभिन्न पदमा बढुवा तथा खुला पदका लागि विज्ञापन प्रकाशन गरेको थियो ।

उनीहरुले चौथो तहमा कर्मचारी समायोजन ऐन २०७५ वमोजिम राजपत्र अनंकित द्धितीय श्रेणीबाट पाँचौ तहमा समायोजन भएकालाई ५ वर्ष पुगेको मितिबाट ज्येष्ठता कायम गरी पाँचौ तहमा बढुवा गरी पदास्थापन गर्न समेत माग गरेका छन् ।

यसैगरी छैठौ तहका लागि स्थानीय सेवा ऐनमा जस्तै छैठौं तहमा कार्यरत कर्मचारीहरुलाई एक पटकका लागि सातौं तहमा मिलान गर्ने र न्यूनतमा ५० प्रतिशत बढुवाको व्यवस्था गर्न माग गरिएको छ ।

यसैगरी आठौं तहका लागि संघीय सेवाको प्रशासन तर्फ राजपत्राकिंत प्रथम श्रेणीको प्रचलन अनुशार प्रदेश निजामति सेवामा एक तह मुनिको अभ्यास गरेवमोजिम प्रदेश सेवाको नवौं तहमा प्रशासन सेवामा समूह नरहने व्यवस्था गर्न भनिएको छ ।

 

६ र ७ गते कामकाज बन्द गरी माग सम्बोधनका लागि दबाबको कार्यक्रम तय गरेका लेखाका कर्मचारीहरुले माग सम्बोधन नभए आइतबारदेखि सामूहिक बिदामा बसी माग सम्बोधनका लागि दबाब दिने घोषणा गरेका छन् ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top