NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित सोमवार मंसिर ८ , २०८२
फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण सोमवार मंसिर ८ , २०८२
जापानको ’टाउको काट्ने’ चीनको धम्की सोमवार मंसिर ८ , २०८२
Next
Prev

समाचार

राजदूत बन्ने भए आवेदन दिनुस्, रास्वपाले गर्याे प्रयोग

सोमवार असार १० , २०८१
Reading Time: 1 min read
A A
राजदूत बन्ने भए आवेदन दिनुस्, रास्वपाले गर्याे प्रयोग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० असार , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाउँदै इच्छुकबाट आवेदन मागेको छ। (रास्वपा) ले पार्टीबाट राजदूतका नाम सिफारिस गर्न मापदण्ड बनाएको छ । मापदण्डसहित राजदूतका लागि आवेदन माग गरिएको यो संभवत नेपालमा पहिलो पटक हो । यसका लागि पार्टीका सांसद शिशिर खनाल संयोजक रहेको र सांसद सोविता गौतम र प्रा.डा अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले मापदण्ड निर्धारण गरेको हो ।

कार्यदलले मापदण्ड तय गरी सोमबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् । राजदूतका लागि पहिलो मापदण्डमा नेपालको संविधान, प्रचलित काननू तथा राजदूत नियक्तिसम्बन्धी निर्दैशिकाले तोकेको व्यक्ति हुनुपर्ने रहेको छ ।

LS Auto

जसमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायी÷अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्नेछ । त्यस्तै भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नियुक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको हुनुपर्नेछ ।

नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको, कालोसूचीमा नपरेको, लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रले नियुक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए सोबाट अवकाश लिएको १० वर्ष पूरा भएको हुनुपर्नेछ । कूटनीतिक भूमिका वा अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेख्य अनुभव भएको हुनुपर्नेछ ।

अन्तर्राष्ट्रिय व्यापार र अर्थ शास्त्रको ज्ञान उपयोग प्रयोग गरी नेपालको व्यापारिक हित प्रवर्द्धन गर्न, लगानी आकर्षित गर्न र विकास वित्तको आर्थिक सहयोगलाई सहज उपलब्धतामा बनाउन मद्दत गर्न सक्ने हुनुपर्नेछ । राजदूत हुनका लागि राजनीतिक कुशाग्रता चाहिने मापदण्डमा उल्लेख छ । नेपालको आन्तरिक राजनीति, परराष्ट्रनीति, राष्ट्रिय सुरक्षा भू–राजनीति, र अन्तर्राष्ट्रिय सम्बन्धबारे गहन ज्ञान भएको, सम्बन्धित विषय र जिम्मेवारीको सन्दर्भमा स्पष्ट भिजन भएको, टिमलाई सफलतापूर्वक नेतृत्व गर्न सक्ने र आपतकालीन अवस्थालाई कुशलतापूर्वक कूटनीतिक क्षमताको प्रयोग गर्दै व्यवस्थापन गर्ने क्षमता भएको हुनुपर्ने उल्लेख छ ।

वार्तालाप तथा द्वन्द्व व्यवस्थापनमा विशिष्ट क्षमता भएको हुनुपर्ने मापदण्डमा उल्लेख गरेको छ । कार्यदलले राजदूतको छनौट विधि समेत बनाएको छ । अन्तिम सूचीबाट आएका व्यक्तिहरूबाट योग्यता क्रमको आधारमा रास्वपा सचिवालयबाट अनुमोदन पश्चात नियुक्तिको सिफारिस गर्ने उल्लेख छ । यसैबीच रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रीय विभागले सर्वसाधारणबाट पनि राजदूतसम्बन्धी सुझाव मागेको छ ।

सर्वसाधारणले गुगलडक्समा फारम भरेर सुझाव दिन सक्नेछन् । सिफारिस गर्दा त्यस्ता व्यक्तिहरूको कूटनीतिक र नेतृत्व क्षमता, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा अध्ययन, अनुसन्धान, नैतिक चरित्र आदिको आधारमा गर्न रास्वपाले अनुरोध गरेको छ । रास्वपाको यो नयाँ प्रयोगले दलीय राजनीतिमा हावी भएका नेताको साटो कुटनैतिक बुझेका ब्यक्तिहरु राजदूत हुन् सक्ने विश्लेषण गरिएको छ ।

सरकारले हालै ११ देशमा रहेका राजदूत फिर्ता गरेको थियो । तीमध्ये गत शुक्रबार ८ देशका राजदूत सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो । सत्ता गठबन्धनबीच भएको सहमतिमा रास्वपाले दुई जना राजदूत पाउने भएको छ । यसअघि दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस भएका शुशील प्याकुरेलले भने आफूसँग सल्लाह नगरी राजदूत नियुक्त गरिएको भन्दै प्रधानमन्त्रीलाई राजदूत अस्वीकार गरेको पत्र नै बुझाएका छन् ।

Tags: #राजदूत बन्ने के छ मापदण्ड ?#राजदूतका लागि रास्वपाले माग्यो आवेदन#राष्ट्रिय स्वतन्त्र पार्टी#रास्वपाले माग्यो आवेदन

लोकप्रीय

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

विचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

थप समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित
खेलकुद

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण

सोमवार मंसिर ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.